Posted by: ktmpost June 8, 2019
कामुक अन्तर्वार्ता दिएर लोकप्रियता कमाएकी मोडेल सोनीकासंग पारस शाह
Login in to Rate this Post:     0       ?        

मोडल सोनीका रोकायसँग लिक्वड लाउन्च बारमा यसरी रमाए पुर्व युवराज पारस, १४ तस्वीर सहित



काठमाडौ,२५ जेठ । 

नेपाल पर्यटकीय सम्भावना भएको देश हो । नेपालमा पर्यटन व्यवसायको राम्रो भविष्य रहेको धेरैको बुझाई छ । अहिले रिल्याक्स हुनको लागि मानिसहरु थाइल्यान्ड लगायतका देशहरुमा लाखौं, करोडौं खर्च गरेर जान्छन ।

यदी थाइल्यान्डमा भएको जस्तो वातावरण नेपालमा पनि हुने हो भने नेपालीहरुले बाहिर जानुपर्ने आवश्यक्ता कम मात्रामा हुन सक्छ । यसै पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्नको लागि अनेक प्रयासहरु सरकारी र नीजी दुवै क्षेत्रबाट भएका छन् ।

पछिल्लो समय नेपाली समाजमा आमुल परिवर्तनका पक्षमा आवाज बुलन्द गर्दै आउनु भएकी चर्चित युट्यबर एंव व्यवसायी सोनीका रोकाया अहिले धेरै व्यस्त हुनुहुन्छ ।

जब साँझ पर्दै जान्छ, अनी काठमाडौंको दरवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार एवम उच्च ओहदाका व्यक्तिहरुको चहलपहल सुरु हुन्छ ।

जति रात छिप्पिदै जान्छ, म्युजिक र मदिराको कक्टेलले वातावरणले फरक अनुभव गराउँन सहयोग गर्दछ । दिनभरीको थकान कम गर्नको लागी साथीभाईहरु जमघट अनी मनोरञ्जनका लागी पछिल्लो समय लिक्इड लाउन्च बारमा नपुग्ने सायदै होलान् । लिक्इड पारिवारिक वातावरण र सस्तोमा उच्च गुणस्तरको सेवाको लागी आम मानिसको रोजाइ बन्न पुगेको छ ।

शान्त वातावरणमा मदिराको स्वाद त्यसमा पनि हरेक मौसम अनुसारको स्वादका पारखीको लागि यो त एक छुट्टै संसार हो । यहाँ परिवारसहित मान्छेहरु थकान कम गर्नको लागि साथै यमाइलो गर्नको लागि पनि आउँने गर्छन । हिजो साँझ लिक्इड लाउन्च बारमा पुर्व युवराजधिराज पारस शाह पुग्दा त्यहाँको दृश्य केही फरक देखिएको थियो ।

त्यहाँ उपस्थित कलाकार मात्र हैन विदेशी पर्यटकसमेतको मुहारमा पनि एक प्रकारको मुस्कान देखिएको थियो । भव्य चहलपहलमा रम्न–रमाउन सोनिका (सञ्चालक) ले युवराज पारसलाई बोलाएकी थिइन । सधै छोटो कपडामा देखिने रोकायलाई हिजो भने केही फरक पहिरनमा देखिएको थियो ।

साथमा चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेतलाई पनि साथमा देखिएको थियो । यहाँ विशेष गरेर कलाकारहरुको मुख्य आर्कषण देखिन्छ । बारमा खानासँगै लाइभ म्युजिक हुन्छ ।

सोही ठाउँमा संगीत र डान्सको कक्कटेल मिसाउन सकिन्छ । यहाँ डिजेइङसँगै लाइभ म्युजिकसमेत जमेको हुन्छ । हल्का मदिराको मातमा पार्टनरसँग लपक्क टाँसिएर कम्मर मर्काउन चाहनेका लागि लिक्इड लाउन्च बार राम्रो छनोट हुन सक्ने रोकाय बताउनुहुन्छ










http://www.hamrosandesh.com/2019/06/17674/
Read Full Discussion Thread for this article