Posted by: ktmpost June 6, 2019
विदेशमा सांस्कृतिक कार्यक्रम गर्दा नेपाली कलाकारहरु पक्राउ
Login in to Rate this Post:     0       ?        


साङ्गितिक कार्यक्रमका लागी मलेसिया पुगेका कलाकारहरु पक्राउ परेका छन् ।

एस.एस.ओ.जी. ग्रुपले इदको अवसरमा आयोजना गरेको कर्यक्रममा सहभागी हुन मलेसिया पुगेका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेलाई त्यहाको अध्यागमन विभागले पक्राउ गरेको हो । सहित स्थानीय कलाकार र आयोजक पक्राउ परेको हुन् ।

पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपाली कलाकारसमेत छन् ।

मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्पेल्क्समा भएको उक्त कार्यक्रममा अध्यागमनले स्थानीय समय अनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित बनेको थियो भने दर्शकहरुमा त्रास फैलिएको थियो ।

पक्राउ परेका आयोजक र कलाकार हरुलाई पुत्राजाया अध्यागमनमा लगिएको बताएको छ ।

http://www.hamrosandesh.com/2019/06/17594/

Read Full Discussion Thread for this article