Posted by: logan June 5, 2019
अमेरिका आएर पनि अमेरिकन जिवन बाच्न नसकेका हामी नेपाली !
Login in to Rate this Post:     0       ?        
घण्टा हान्ने संग के को ऋस, श्रम को मूल्य र मान्यता भएको देशमा काम गरेर खाएका छन् गर्ब गर्नु पर्ने मा छुद्रता भनौ वा टेबुलमा बसेर गरिने काम मात्र ले ठुलो मान्छे हुने मान्यता बाट अलग शोच बनाउन असमर्थ Typical नेपाली मानसिकता बाट ग्रसित व्यक्ति हुनु पर्छ | चोरि चकारी , छल कपट , चण्डाल दिमाग बाट सर्ब सामान्यलाई दुख दिदै कमाउने चलन र प्रबृत्ति लाइ सामाजिक चरित्र ठान्ने अनि तेस्लाई मान्यता दिने मात्र नभएर आफु पनि संलग्न हुने दिमागी व्यक्तित्व बोकेका व्यक्तिको लेखाइ हो जस्तो लाग्यो |
१२ कक्षा सम्म ट्युसन तिर्नु पर्दैन भन्दैमा दाना पानि अरुले भरि दिदैंन , निम्न काम गरे पछि न्यून आम्दानिमा पर्ने भए पछि : सबै फ्री ? हा हा , गलत अफाह फैलाउन तिमीलाई लाज लागेन ? तिमीले भने झैँ हुने भए आज बिस्वमा सबै भन्दा बढी कलेज डिग्री लिने देश मा अमेरिका पर्नु पर्ने हो तर छैटौ मा पर्छ | काला र ळ्याटिना हरु किन कम कलेज डिग्री लिएका छन् ? त्यो बारेमा लेखको भनाई के छ ? फुल scholarship पाए पछि पनि चार बर्सको पढाइ सिध्याउन लाइ अर्को ४० - ५० हजार ऋण बोक्नु पर्ने कुरा तिम्रो मानसपटलमा आयो कि आएन ? औसत पढाइ ऋण ३७१७२ छ |

छोटो लेखाईमा : मुख छ भन्दै मा छाडा कुरा बोल्न हुदैन अनि कलम चल्छ भन्दैमा भ्रमात्मक मात्र हैन छुद्रता युक्त कुरा लेखि पाठकलाई गलत् खुराक प्रदान गर्नु ट्रंप मार्का कुरा हुन् |
Last edited: 06-Jun-19 10:42 AM
Read Full Discussion Thread for this article