Posted by: ktmpost June 4, 2019
भुकम्प देखि राजतन्त्र आउने भाबिस्यबानी गर्दै हिड्ने ढोंगी ज्योतिष पक्राउ - अर्जुन छेत्री
Login in to Rate this Post:     0       ?        

२१ जेठ, काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।

https://www.onlinekhabar.com/2019/06/770868


https://www.youtube.com/watch?v=a5BBfHFbtnc

Last edited: 04-Jun-19 11:08 AM
Read Full Discussion Thread for this article