Posted by: ktmpost May 30, 2019
जय शम्भो दुर्लभ रोगका कारण मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान
Login in to Rate this Post:     0       ?        
दुर्लभ रोगका कारण मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान

मृत्युको मुखमा पुगिसकेकी अमेरिकाको एरिजोनाकी १२ वर्षकी एनालिस लुजानको ज्यान गाँजाले बचाएको छ ।लुजान त्यतिबेला मृत्युको मुखमा पुगिसकेकी थिइन् जब उनलाई निकै दुर्लभ एपिलेप्सी सिन्ड्रोम नामको रोग लागेको थियो । यो रोगका कारण दिमागले ठिकसँग काम गर्दैन र लगातार बेहोसी तथा झट्काका कारण व्यक्तिको मृत्यु हुन्छ ।

१२ वर्षकी एनाजिस एक जिम्नास्टिक मिटमा थिइन् । यत्तिकैमा उनलाई उल्टी हुन थाल्यो र खुट्टाले काम गर्न छाडे । उनका आमाबाबुले उनलाई तत्काल अस्पताल लिएर गए ।

अस्पतालमा उनको मस्तिष्कलाई मर्नबाट बचाउनको लागि डाक्टरहरुले यसलाई अचेत गरिदिए । जाँचपछि डाक्टरहरुले बताए एनालिसलाई निकै विचित्र किसिमको रोग लागेको छ । डाक्टरले उनको उपचार सुरु गरे तर उनीमाथि कुनै औषधीले असर गरिरहेको थिएन ।

औषधीले असर नगरेपछि डाक्टर र एनालिसको परिवार दुवै चिन्तित थिए । यही बीचमा एनालिसकी आमाले एक किताबमा लेखिएको अनुसन्धानमा पढिन् गाँजाको तेलबाट बनेको औषधी क्यानाबिडियलबाट यो रोगको उपचार सम्भव छ ।

एनालिसकी आमाले यस बारेमा डाक्टरसँग कुरा गरेपछि अस्पतालको अनुमतिमा यो औषधी परीक्षण गरियो । आश्चर्यको कुरा एनालिस यो औषधीको ३ डोजले ठिक भइन् । यो मेडिकल  साइन्समा निकै ठूलो उपलब्धी थियो । एजेन्सी


http://www.chhuchchinanishow.com/?p=4836

Last edited: 30-May-19 02:01 PM
Read Full Discussion Thread for this article