Posted by: ktmpost March 29, 2019
अष्ट्रेलियामा नेपालीहरुले कुटाकुट गरेको भिडियो
Login in to Rate this Post:     0       ?        

http://sindhulisaugat.com/big-news/78752


अष्ट्रेलियामा उच्च अध्ययनका लागि आउने विदेशी विद्यार्थीमध्ये सर्वाधिक तेश्रो नम्बरमा नेपालीहरु रहेका छन् । धेरै संख्यामा रहेका नेपाली विद्यार्थीहरुको हर्कत कहिलेकाहि यसरी बाहिरिन्छ कि त्यसले पुरै नेपाली समुदायको बेइज्जत हुने गरेको छ । गत वर्ष अष्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा होलीको अवसरमा कार्यक्रम आयोजना गरेर नेपाली समुदायले फोहोरको डंगुर छोडेपछि सो स्थानका मेयरले आइन्दा यस्ता ‘फोहोरी कार्यक्रम’ आयोजना गर्न नदिइने बताएपछि नेपाली समुदायकै बेइज्जत भएको थियो ।

 

अहिले समाजिक संजाल फेसबुकमा फेरि त्यस्तै एउटा भिडियो भाइरल भएको छ । फुटबल खेल्ने क्रममा नेपाली समर्थक र खेलाडीहरुबिच कुटाकुट भएपछि फेरि पनि नेपाली समदुायको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत भएको छ ।

 

गत वर्षको होलीमा पनि बेसाइडका मेयर बिल साराभिनोव्स्कीले रकडेल बाइसेन्टेनियल पार्कलाई ‘फोहोर फाल्ने खाल्डो’ जस्तै बनाएर छोडेकोमा सो कार्यक्रमका आयोजकको आलोचना गरेका हुन् ।

 

गत मार्च ३ शनिबारका दिन त्यहाँ होली मनाइएको थियो । ‘रकडेल कलर फेस्टिवल’ नाम दिइएको सो कार्यक्रमको आयोजना कमेरो इभेन्ट्स नामक संस्थाले गरेको थियो ।

 

 

 

कार्यक्रम सकेपछि उनीहरुले फोहोर सफा नगरी सो स्थान छोडेका थिए ।

 

भोलिपल्ट आयोजकका तर्फबाट केही मानिस पार्क सफा गर्न गए पनि त्यो पर्याप्त नभएको बताउँदै आयोजकमाथि जरिवाना लगाइएको थियो ।

 

बेसाइड काउन्सिलले पार्क भाडामा दिँदाका सर्तहरुको अध्ययन गरिने जनाएको छ ।

 

‘म यसबारेमा साह्रै निराश छु। हाम्रो क्लिन अफ अष्ट्रेलिया डेमै हाम्रो मुख्य पार्क कसरी फोहोर फाल्ने खाल्डोजस्तो बनाइयो, म जान्न चाहन्छु,’ मेयरको भनाइ लिडरले उधृत गरेको थियो ।



https://www.youtube.com/watch?v=EZhpRYqha0s
Read Full Discussion Thread for this article