Posted by: ktmpost March 28, 2019
टीपीएस पुन दर्ता नगरेका नेपालीले पनि आवेदन दिन सक्ने
Login in to Rate this Post:     0       ?        

अन्तिम पटक टीपीएस पुनदर्ता नगरेका नेपालीले समेत अब पुनदर्ताका लागि आवेदन दिन सक्ने भएका छन् । सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म टीपीएस रि रजिस्ट्रेशन नगरेका नेपाली टीपीएसवाहकले अहिले टीपीएस रिरजिस्ट्रेशनका लागि फर्म आई ८२१ आवेदन दिनसक्ने युएससीआईएसले जनाएको छ ।

तर त्यतीबेला रि रजिस्ट्रेशन गर्न नसकेकोबारेमा भने आवेदकले राम्रो कारण पेश गर्न सक्नुपर्नेछ । ढिलो रि रजिस्ट्रेशन गर्दा तोकिएको समयमा रि रजिस्ट्रेशन गर्न नसक्नाको कारणसहितको पत्र युएससीआईएसमा पठाउनुपर्नेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस अन्त्य गर्ने घोषणा गरेका कारण तोकिएको अवधिमा रि रजिस्ट्रेशन नगरेकाहरुले सरकारी घोषणाले आफूलाई पारेको प्रभाव र त्यसका कारण आफू रि रजिस्ट्रेशन गर्न असफल भएको बारे पनि उल्लेख गर्नुपर्ने जनाइएको छ । तोकिएको समयमा रि रजिस्ट्रेशन नगरेकाहरुले दिएको आवदेनमा गर्न नसक्नुको कारण उपयुक्त लागेमा युएससीआईएसले त्यस्तो आवेदन स्वीकृत गर्ने जनाएको छ ।

टीपीएसको खारेज गर्ने सरकारी घोषणाका तपाईले ढिलो फाइल गर्नुपर्नाको कारण होइन भने यो बिषय आवेदनमा समावेश नगर्न तथा इमान्दारिताका साथ कारण खुलाएर आवेदन पठाउन युएससीआईएसले सुझाव दिएको छ ।

टीपीएसबारे तपाईका कुनै जिज्ञासा छन् भने हामीलाई khasokhas@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

बिहिबार, चैत्र १४, २०७५ मा प्रकाशित 

https://www.khasokhas.com/81435

Read Full Discussion Thread for this article