Posted by: ktmpost March 28, 2019
अमेरिकामा नेपालीले नेपालीलाई हेप्दा रहेछन - प्रचण्ड
Login in to Rate this Post:     0       ?        

नेकपाका अध्यक्ष केपी ओलीका उत्तराधिकारी एवम दोस्रो बरियताका अध्यक्ष प्रचण्ड अमेरिकामा आफ्नी श्रीमतिको उपचार एवम राजनीतिक भेटघाट सकेर आज अपरान्ह 5 बजे नेपाल आइपुगे पछि अन्तरास्ट्रिय बिमानस्थलमा पत्रकारहरुलाई अमेरिका भ्रमण र त्यहाँ को उपलब्धी बारे जानकारी गराएका छन । आफुलाई अमेरेकामा उजुरी गरेको विषयलाई लिएर केही राजदुतहरु चिन्तित भुमिगत तरिकाबाट आफुलाई सेभ गर्ने बाताबरण बनाउने सोचले काम गरिरहेको भएपनी अमेरिकाले नो इन्भेस्टिगेसन नोटिस जारी गरिदिएकाले कुनै अरु समस्या नपरेको बताए।

अमेरिकामा बस्ने थोरै २ ४ नेपाली मान्छेहरु नेपाल बाट जुनै राष्ट्र प्रमुख भ्रमणमा गए पनि बदनाम गर्न खोज्ने र देश को बद्नामी मा रमाइलो मान्ने चरित्रका भएको त्यस्तै केही ब्यक्तिहरुले नियोजित हत्कण्डा गर्न खोजिए पनि त्यो सफल नभएको बताए । श्रीमति को उपचारको विषयमा समेत जानकारी गराएका प्रचण्ड ले अमेरिकाको हस्पिटलले सिङ्गापुर मा जुन तरिकाले उपचार प्रक्रिया गरेको थियो त्यही रिपोर्ट र प्रक्रिया नै सहि भएको र जटिल प्रक्रियाको समस्या भएकाले उपचार त्यही अनुरुप जारी राखिरहनु पर्ने सल्लाह प्राप्त भएको जानकारी गराएका थिए ।

https://www.youtube.com/watch?v=SZ1WvsQsUvk

 

http://www.etajakhabar.com/03/28/266495

Read Full Discussion Thread for this article