Posted by: _ March 19, 2019
Login in to Rate this Post:
0
?
अमेरिकामा बिहे गरेर बसेको ३ बर्ष भन्दा अघि नागरिकता नपाइने रहेछ. अनि नेपालमा?
बिदेशी नागरिक बेहुलीसित नेपाली बेहुलाले एकाबिहानै बिहे सकेर १० बजे बिहे दर्ता गरेर ११ बजे नागरिकताको निवेदन दिने हो भने बिहे गरेकै दिन बेहुलीले प्रितिभोज अगाडी नेपालको नागरिकता पाउने रहिछिन्. अझ टेक्निकल्ली त्यहि दिन मन्त्रि समेत नियुक्त हुनसक्ने रहिछिन्.
संविधानको धारा २९८ अनुसार मन्त्रि त हुन पाइने रहेछ तर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन भने अंगिकृत नागरिकता पाएकी बिदेशी मूलकी नेपाली बुहारीले नपाउने रहिछिन.