Posted by: ktmpost March 19, 2019
प्रचण्ड बिरुद्ध अमेरिकामा आतंकबादको ऊजुरी| के प्रचण्डलाई FBI ले समात्लान?
Login in to Rate this Post:     0       ?        

काठमाडौं- पत्नि सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षविरुद्ध गत आइतबार अमेरिकामा उजुरी पर्‍यो। केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध उजुरी गरेका हुन्। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका थिए।

उनले दायर गरेको उजुरीपत्रमा प्रचण्डलाई आतंककारी भनिएको छ। ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।

श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ। उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए। उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन गरेका थिए।

विद्यालयीय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन्।

यस्तो छ प्रचण्डविरुद्ध दायर भएको उजुरी

 

Dr. Tilak Shrestha March 17, 2019


Subject: A terrorist is visiting USA Federal Bureau of Investigation Baltimore,
MD Dear Madam \ Sir,


Regards It is to report the visit of a known terrorist Mr. Pushpa Kamal Dahal, also known as ‘Prachand’, from Nepal this week. Earlier, he was in the American terrorists list. His insurgency killed over 17,000 poor Nepalese. He is visiting ‘John Hopkins Hospital \ John Hawkins Hospital’ for the medical treatment of his wife Mrs. Sita Dahal. Please consider American stand on terrorism, our moral values, internal and international legal obligations on terrorism. I don’t know where I am supposed to report. Please forward it to the relevant office. Thank you very much.
Sincerely,


Tilak B. Shrestha,
Ph.D. Research Associate Kentucky State University Frankfort, KY

http://www.etajakhabar.com/03/19/264084

Read Full Discussion Thread for this article