Posted by: _ March 13, 2019
न्युयोर्कमा एभ्रेष्ट वे बनाएछन भनेर मख्ख पर्या - बेलायतमा झन मेरै नामको पनि बाटो रहेछ ;)
Login in to Rate this Post:     0       ?        
आनन्दजी,

रमाइलो होला जस्तो छ; भिडीयो फुर्सदमा हेर्नेछु।

झण्डै ९० हजार स्थानिय सरकार भएको अमेरिकामा सहरहरू बढ्दै जाँदा अरुतिर नजुध्ने सडकको नाम जुराउन निक्कै हम्मे पर्छ। बेलायत र अरु देशमा पनि त्यस्तै समस्या होला।

कुनै देश वा क्षेत्र बिशेषबाट आएका आप्रवाशीले अमेरिकातिर नयाँ ठाउँमा बस्ति बिकास गर्दा आफ्नै देश-क्षेत्रको नाम पनि राख्ने गर्दछन। नयाँ बिकास गरिएको सडकको नाम निर्धारित मापदण्डभित्र रहेको र अर्को सडकको नाम सित नाजुधेको भए स्थानिय निकायले स्वीकृति दिने रहेछ। कुनै अर्को नाम भएको सडक वा क्षेत्रको नाम समेत सरोकारवालाको सहमतिमा परिवर्तन गर्न पाइने रहेछ।

Read Full Discussion Thread for this article