Posted by: ktmpost February 12, 2019
क्यालिफोर्नियामा नेपाली विद्यार्थी मृत अवस्थामा भेटिए
Login in to Rate this Post:     0       ?        

अमेरिकामा नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएसानफ्रानसिस्को वे एरियामा २ वर्षमा ५ जनाले गरे आत्महत्या

 अमेरिका /

सानफ्रानसिस्को बे एरियाको नेपाली समुदायमा एक पछि अर्को दुखद खबर थपिरहेको छ । अमेरिकामा अध्ययनरत २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्मा हराएको एक महिना पछि मृत अवस्थामा फेला परेका छन् । सिलिकन भ्यालीको सान्तक्लारामा गुडिरहेको ट्रेनसँग ठोकिएर शर्माको निधन भएको प्रहरीले जनाएको छ । स्थानीय न्युज च्यानल एनवीसी र दी मर्करी न्युजले प्रहरीलाई उद्धृत गर्दै पैदल यात्रीका लागि निषेध गरेको ठाउँमा गएर कुशल ट्रेनमा ठोकिएको जनाएका छन् । तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको फिंगरप्रिन्ट अध्ययन गरेर मृतक कुशल शर्मा नै भएको ठहर गरेको थियो ।


घटनाको लगतै उनको ठेगानामा पत्राचार गरी परिवारलाई जानकारी दिन प्रहरीले प्रयास गरेको जनाएको छ । उनको परिवार केही महिना अगाडि अर्को अपार्टमेन्टमा सरेका कारण कुशलको मृत्यु भएको एक महिनासम्म प्रहरी उनको परिवारसँग पुग्न सकेन । परिवार स्रोतका अनुसनर केही दिन अगाडि प्रहरीले कुशलको शव अस्पतालमा रहेको परिवारलाई जानकारी गरायो । गत बुधवार नेपालीहरूको संस्था सन्निसगरमाथा समाजको सहयोगमा परिवारका सदस्यहरूले शव दाह गरेका छन् ।


उनी सन्निभेल स्थित हाइल्यान्डर अपार्टमेन्टमा आमा जयन्ती बस्नेत र बाबा दीपक तिवारीका साथमा वस्तै आएका थिए । कुशल डिएनजा कलेजमा अध्यनरत विद्यार्थी हुन् । डिसेम्बर २५ तारिख आफू वस्तै आएको अपार्टमेन्टमा एक जना मेक्सिकनसँग भएको झगडा पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यस पछि उनी घर फर्किएनन् । उनको खोजीमा गएका परिवारका सदस्यलाई प्रहरीले आवश्यक अनुसन्धान पछि त्यसै दिन छोडेको प्रहरीले बतायो । त्यसको भोलिपल्ट ट्रेनमा ठोकिएर उनको मृत्यु भएको प्रहरीले उपलब्ध गराएको घटना विवरणमा उल्लेख छ । सन्नी सगरमाथा समाजका अध्यक्ष सन्तोष गिरीका अनुसार कुशल नेपाली सङ्घ संस्थाले आयोजना गर्ने खेलकुदमा सहभागी भइरहन्थे । उनी राम्रो फुटबल खेलाडी हुन् ।


दुई महिना अगाडि सन्नीभेलको हाइल्यान्डर अपार्र्टमेन्टमा नै वस्तै आएका अर्का नेपाली विद्यार्थी गणेश तिवारीले झुन्डिएर आत्म हत्या गरेका थिए । त्यस अघि सेक्टेम्वरमा अर्का नेपाली विद्यार्थी सन्जित भट्टले समुन्द्रमा हाम फालेर आत्महत्या गरेका थिए । दुई वर्ष बिचमा सानफ्रानसिस्को बे एरियामा पाँच जना नेपाली विद्यार्थीले आत्महत्या गरिसकेका छन् । डिप्रेसन र लागू औषधको कुलतका कारण यस्ता घटना बढेको हुन सक्ने मनोविज्ञहरुको अनुमान छ । यस क्षेत्रका युवा विद्यार्थीहरूलाई सहभागी गराएर उनीहरूलाई जीवन प्रति आशातीत बनाउन केही कार्यक्रम गर्ने सोचाइमा आफू रहेको सन्निसगरमाथा समाजका अध्यक्ष सन्तोष गिरी बताउँछन् ।


तस्बिर :सन्निसगरमाथा समाजको फेसबुकवाल र दी मर्करी न्युज

http://www.durbinnepal.com/archives/36688

Read Full Discussion Thread for this article