Posted by: AnandNepal February 5, 2019
रवि लामिछानेले २५ बर्षे बिवाह तोडेको निकिता पौडेल संग बिहे गर्न रे ..
Login in to Rate this Post:     0       ?        
लौ राजिनामा आयो

https://www.youtube.com/watch?v=BSbdFD1Hlwc

Fulls statement is like this :

भोलि माघ २३ गतेदेखि लागू हुने गरी मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यू समक्ष राजिनामा पेश गरेकी छु। ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ।

खुल्ला प्रतिस्पर्धा गरी लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसँगै, म २५ मङ्सिर २५ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु।

योसँगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनुपनि मेरालागि विशेष अवसर भएका छन्।

यस बाहेक,आजसम्म दिइएका सम्पूर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै सफलतापूर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु।

उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठुलो उपलब्धि भएको छ।

सम्पूर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु।

बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा,सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, ,बिशिस्ट चलचित्रकर्मीकालागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जातजाती, भाषाभाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन्।

यो छोटो कार्यकाललाई महत्वपूर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सञ्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटाज्यू, सञ्चार सचिवज्यू लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु।

मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानीय प्रधानमन्त्रीज्यूप्रति आभार प्रकट गर्दछु।

साथै, नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलब बापतको रकम मेरा श्रीमान् श्री रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको ‘रास्कोट सामुदायिक अस्पताल’ लाई दिन चाहन्छु।

यो सँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु।
Read Full Discussion Thread for this article