Posted by: AnandNepal December 29, 2018
‘हत्या आरोपी’ मेयर जेलबाट छुटेको खुशीयालीमा सार्वजनिक विदा
Login in to Rate this Post:     0       ?        
कहिँ नभएको जात्रा, हाँडीगाउँमा भन्ने नेपाली आहान रौतहटको कहटरियामा चरितार्थ भएको छ ।

कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ । कारण छ-हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा सफाई । जेलबाट छुटेपछि हेलिकोप्टर चढेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा भोलि ….. विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वाचित भए ।

तर, अदालतको फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ गरे । त्यसविरुद्ध सर्वोच्च गएका उनले शुक्रबार सफाइ पाएका थिए ।


काशी तिवारी हत्याकाण्डमा दोषी ठहर भइ जेलमा रहेका सियाराम कुशवाहलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरे पनि सर्वोच्च अदालतले उक्त फैसला उल्ट्याएको हो । उनलाई सर्वोच्चमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सफाइ दिएको हो. ।

कुशवाह तत्कालिन नेकपा माओवादीबाट रौतहटको कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।

हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो ।

my video report:

https://www.youtube.com/watch?v=OlOqv3uXnbo
Read Full Discussion Thread for this article