Posted by: Nepe December 4, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
अनुप पहाडी ज्यू, आशु लगायत सबैको जिज्ञासाको प्रतिक्रिया दिनर्ुभई मेरो ज्यान जोगाइदिनु भयो, म त कृतज्ञ भएं लौ । आशा छ, जिज्ञासु बन्धुहरुका जिज्ञासा केही हदसम्म शान्त भए । यसै पोस्टिङ मार्फ यो पनि पुष्टि गरिदिनु उचित लाग्यो कि उल्लेखित लेखको प्रचार्रार्थ गरिएको सामुहिक बिजुली सूचनामा लेखको लिमिटेशनबारे शालिन डिस्क्लेमर गरिएकै हो । मूल लेखमा हराएको भए दैव जानुन । तर मूल कुरा नेपाली संगीतबारे त्यति विस्तृत कुरा पढ्न पाईएको पहिलो पटक थियो । म त अनुपको रुचि, ज्ञान र जांगर देखेर छक्क न छक्क परेको हुं । अनि आशुले मलाई गाली गरेर साझाका एकवाक्यी संगीत समिक्षकहरुको मुटुमा कब्जा जमाउन खोज्या होला । भो, त्यत्तिकै । त्यती लाटा नठानम् न यार, तिनीहरुलाई । मैले उनीहरुलाई कम्ती आंकेको कम र अल्लि बढ्ता बोल्न प्रोत्साहन गरेको बढ्ता हो भन्ने नबुझ्ने लाटा को होला, अति बाठा मान्छे आशु बाहेक ? अनि तै तै, यो रिक्त (ब्ल्याङ्क) ज्यूले आशु र नेपेलाई मीत लगाईदिएको भन्या ? अब त्यस्तो रमैलो कुरामा पनि किन झोक्किएको नि आशु फेरि ?
Read Full Discussion Thread for this article