Posted by: ktmpost December 3, 2018
अमेरिकामा भिडियो लाइभ गरेर नेपाली युवाद्धारा आत्महत्या
Login in to Rate this Post:     0       ?        

Sad Story. Rest In Peace

सानफ्रानसिस्को (अमेरिका) – सामान्यतया आत्महत्या गर्नेहरूले सुसाईड नोट लेख्ने, निराशाजनक सन्देश पठाउने, आफन्त, साथीभाइ वा कसैले कुनै परोक्ष वा प्रत्यक्ष सूचना दिने गरेका धेरै घटनाहरू भेटिन्छन् । तर अमेरिकाको पश्चिम तटिय सहर सानफ्रानसिस्कोमा बसोबास गर्दै आएका एक नेपाली विद्यार्थीले आत्महत्या गर्नु अगाडि साथीलाई लाइभ भिडियोमा जोडेर मृत्युबरण गरेका छन् ।

सन्निभेल स्थित हाइल्याण्डर अपार्टमेन्टमा बसोबास गर्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार दिउसो साथीसँग लाइभ भिडियो वार्ता गर्दै आत्महत्या गरेका हुन् । परीक्षाको तयारीमा रहेकी साथीलाई लाइभ भिडियो जोडे । आफ्नै कोठामा बसेर कुराकानी गरिरहेका गणेशले आफ्नो मोबाइललाई साथीसँग लाइभ भिडियो मोडमा नै राखेर वार्ता गर्दै झुण्डिएर आत्महत्या गरे ।

उनीसँगै बसोबास गर्दै आएका कृष्णले भने- “पत्याउनै नसकिने” ।” एकजना केटी विद्यार्थी साथीसँग भिडियो लाइभमा कुरा गर्दै आत्महत्या गरेछन् ।” लाइभ कुराकानी कै बिचमा गणेशले आत्महत्या गरे भन्दा मलाई पनि विश्वास लागिरहेको छैन । तर त्यो भिडियो प्रहरीले प्राप्त गरिसकेको छ ।

गणेशले जीवनको अन्तिम लाइभ संवाद गरेकी केटी साथीसँग प्रहरीले आवश्यक जानकारी लिइसकेको छ । सनाखत, पोष्ट मार्टम र आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरेपछि शनिवार प्रहरीले गणेशको शव नेपालीहरूको स्थानीय संस्था सन्निसगरमाथा समाजलाई अन्तिम संस्कारका लागि बुझाउने भएको छ । गणेशका परिवारका सदस्यलाई अन्तिम संस्कारका लागि अमेरिका बोलाउने तयारी भइरहेको छ ।

नेपाली केटी विद्यार्र्थीसँग गणेशले परिवार भित्रको समस्याले आफू तनावमा परेको बताएका छन् । उनले नेपालमा मनपराएकी एक जना केटीसँग पारिवारिक नाता जोडिएपछि उनी तनावमा थिए । पछिल्लो समय गणेश सानफ्रानसिस्को साउथ बे एरिया रहेको सेभेसन्ट सिक्स ग्यास स्टेसनमा काम गर्दै थिए । क्यालिफोर्निया आउनु अगाडि उनि मिनिसोटा स्टेट युनिभर्सिटीमा कम्प्युटर साइन्समा अध्ययनरत थिए । तीन वर्ष बिचमा चार जना नेपाली विद्यार्थीले सानफ्रानसिस्कोमा आत्महत्या गरिसकेका छन् । तीन महिना अगाडि गत सेक्टेम्वरमा अर्का नेपाली विद्यार्थी सन्जित भट्टले समुन्द्रमा हामफालेर आत्महत्या गरेका थिए ।

दुरबिन नेपालबाट

http://www.himalpationline.com/9236/?fbclid=IwAR1smZRfeZQXeeif54rE3W5mT_rAa-JNpGZPNBMXQ8HOCkpFWRCpziCjbK4

Read Full Discussion Thread for this article