Posted by: nepaliketo12 November 12, 2018
वोकिल *** नेपालसंग सतर्क रहनुहोश
Login in to Rate this Post:     3       ?         Liked by
यज्ञ जी, सर्बप्रथम, यो फोरम मा reply गर्नु भयो, त्येसको लागि धन्यबाद | तर के कुरा प्रस्थ पार्न चाहन्छु: म तपाइको client को मान्छे होइन, त्यो भएर कुनै रिसिबीमा यो लेखेको होइन | म आदलतमा काम गर्छु, तपाई जस्तो धेरै वोकिलहरु देखेको छु | को राम्रो छ को नराम्रो छ एकदम राम्रो संग थाहाछ| अनि राम्रो संग थाहछ मुद्धा कसरि चल्छ, निर्णय कसले गर्छ भन्ने कुरा, त्यो भएर "तैपनी तपाईं वा तपाईंको ब्यक्तिले सोचे अनुसार मुद्दा वा धरौटीमा सफलता पाउन नसकेकोले तपाईंले आफ्नो रिस पोख्न यो सब गरेको हुनपर्दछ तर मित्र, तपाईंले के बुझ्नु प्रर्छ भने निर्णय गर्ने न्याएधिसले हो, ओकिलले होइन" भन्ने मा मेरो आपति छ|

तपाई ले भनेको यो कुरा चाही म मान्छु, "एस्मा मेरो आलोचना गर्ने ब्यक्तिले आफुलाई के भएको हो भन्ने कुरा भन्दा पनि अरुको कुरा बढी लेख्नु भएको छ |" अनि तपैले लेखेको "यदी कसैलाई मर्का परेकोनै भए जसलाई परेको हो उसैले गर्ने हो" यो चाही, उनीहरुले गर्दा तपैले call उठाउनु भएन त्यो भएपछि कसलाई गर्ने? अनि अर्को "तपाईंले अरुको ठेक्का लिने होइन ।" वोकिल जी, तपाई को वोकिल दिमाग ले समाज का सबै आफ्नो मात्र सोच्ने मान्छे हुन्छन | सबै फाइदा को लागि काम गर्छन भन्ने सोच छ जस्तो लग्यो तपाई को, त्येस्तो होइन | आफ्नो सिधै सरोकार नभए पनि येदि मैले कोइ अन्यायमा परेको देखे भने बोल्छु | निरिह मान्छे को सहयोग गर्न म सधै तयार, त्येस्लाई तपाइको दिमाग ले ठेक्का देखे ठेक्कानै सहि | तर तपैले आफ्नो ठेक्का राम्रो संग गरेको भए मैले यो ठेक्का लिन पर्थेन होला |

तपाई को ल office कति वर्ष पुरानो हो, त्यो तपाई को कुरा, मेरो मतलब को कुरा होइन | तपाई कतिको कहलिएको वोकिल हो, तपाईको कुरा, मेरो मतलब को कुरा होइन | तपैले राम्रो काम गर्नु होश, client ले आदलतमा आएर यज्ञ ले मेरो एकदम राम्रो संग देखभाल गर्यो भनुन, सबै भन्दा पहिला तपाइको लागि ताली मैले बजौचु |

अब रह्यो तपैले पैसा लगेर मुद्धा अलपत्र परेको कुरा, एकपटक आफुले को-कसको पैसा लिएर काम गर्नु भएन हेर्नु होश, पक्कै देख्नुहुंचा होला, होइन भने भन्नुहोश म याद गराउछु | अन्तिममा अनुरोध, मुद्धा अलपत्र पार्न छ, राम्रो संग काम गर्न सकिदैन भने कृपया गरिब नेपाली जसले धेरै दुक्ख गरेर यॆह सम्म आएको छ, त्येस्तो मान्छे को पैसा फिर्ता दिने गर्नुहोश |
Read Full Discussion Thread for this article