Posted by: ynepal November 12, 2018
वोकिल *** नेपालसंग सतर्क रहनुहोश
Login in to Rate this Post:     0       ?        
ल अफिस अफ यज्ञ नेपालको अनुरोध
नेपाली केटोको अपरचित नाम बाट एक जना ब्यक्तिले म र मेरो ल फर्मको दुस्प्रचार गर्ने नियतले यो पोस्ट गरेको र साझा डट कमका साथीहरुले खास तथ्य नै नबुझी एसलाई राखिदिनुभएकोले तेस्मा आपती जनाउदै म अत्यन्तै सम्यमता र बिनम्रतापुर्बक एस्को खन्डन गर्दै छु ।

सर्बप्रथम त हाम्रो ल फर्म सन फ्रान्सिस्को बे एरियामा बिगत ८ बर्ष देखी स्थापित र सन्चालित एक प्रचलित फर्म हो र म तथा मेरो टिमले सयौ नेपाली, इन्डिएन तथा अन्य बिभिन्न देशका मानिसहरुको इमिग्रेसन समस्याहरुको हल गर्दै आएको तथा आफ्नो पेशागत मर्यादा तथा नियमहरुको पालन गर्दै आएको कुरा जानकारी गराउन चाहन्छु ।

एस्मा मेरो आलोचना गर्ने ब्यक्तिले आफुलाई के भएको हो भन्ने कुरा भन्दा पनि अरुको कुरा बढी लेख्नु भएको छ, जो अत्यन्तै हचुवा, आधारहिन तथा गलत छ, यदी कसैलाई मर्का परेकोनै भए जसलाई परेको हो उसैले गर्ने हो, तपाईंले अरुको ठेक्का लिने होइन । दोश्रो कुरा तपाईंले भने जस्तो यदी हामीले हाम्रा क्लाएन्टस हरुबाट फी लिएर उनिहरुको काम नगरेको वा अदालत नगएको भए आज हामी अमेरिकामा एती सफल हुन र आफ्नो पेशालाई अरु मर्यादित बनाउन अबस्य सक्दैनथियौ । यो देश कानुन अनुसार चल्ने देश हो र कानुनको पालन नगरने कोही पनि टिक्न सक्दैन भन्न्ने सबैलाई थाहा छ । हामीलाई आफ्नो पेशगत धर्म तथा कर्तब्य के हो भन्ने कुरा राम्रो सँग थाहा छ र यही एरियामा काम गरेको ८ बर्ष भन्दा बढी भईसकेकोले राम्रो अनुभब तथा क्षेमता प्राप्त गरिसकेका छौ ।

जहाँ सम्म तपाईं वा तपाईंको कोही जेलमा रहेको ब्यक्तिको हाम्रो अफिसले कनुनी सेवा गर्ने जिम्मा लिएको भए हामीले अबस्य पनि तेस्मा हामीले गर्नु पर्ने सबै कानुनी प्रकृया पुरा गरेका छौ । तरपनी वकिल, न्यायधिस तथा अन्य जो कोही पनि मानब भएको र काम गर्ने क्रममा हाम्रो तर्फबाट केही ढिलासुस्ती भएको भए हामी तेस्मा क्षेमाप्रार्थी छौ । तैपनी तपाईं वा तपाईंको ब्यक्तिले सोचे अनुसार मुद्दा वा धरौटीमा सफलता पाउन नसकेकोले तपाईंले आफ्नो रिस पोख्न यो सब गरेको हुनपर्दछ तर मित्र, तपाईंले के बुझ्नु प्रर्छ भने निर्णय गर्ने न्याएधिसले हो, ओकिलले होइन र हाल अमेरिकाको अध्यगमन निती अत्यन्तै कडा हुँदै गएकोले तपाईंको ब्यक्तिले धरौटी नपाएको हुन सक्छ । तैपनी हरेक समस्याको समाधान हुन्छ र तेस्का लागि अपिल वा अन्य के प्रकृया गर्नुपर्ने हो त्यो गर्न सकिन्छ । म तपाईंलाई एसरी सोसल मिडियामा रोइकराइ गर्नु भन्दा मलाई पुन संपर्क गर्नुहोला, म आफ्नो पेशागत धर्म र कानुनी प्रकृया अनुसार जे गर्नुपर्ने हो त्यो सब गर्न र तपाईंलाई सहयोग गर्न तयार छु । धन्यवाद ।


Read Full Discussion Thread for this article