Posted by: ktmpost November 6, 2018
नेपालीले विदेश घुम्न जाँदा पाउँने सटही सुविधा घट्यो
Login in to Rate this Post:     0       ?        

काठमाडौं । विदेश घुम्न जाने नेपालीको संख्या बढेपछि राष्ट्र बैंकले अमेरिकी डलरको सटही सुविधामा कटौती गरेको छ ।

राष्ट्र बैंकले भारत बाहेक अन्य देश जाने नेपाली नागरिकलाई राहदानी वापत प्रत्येक पटक १५ सय अमेरिकी डलरमात्र सटही सुविधा दिने व्यवस्था गरेको छ । यसभन्दा अगाडि २५ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिने गरिएको थियो ।

गत आर्थिक वर्षमा यसरी घुम्न जानको लागि मात्र ७९ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १९ अर्ब रुपैयाँ घुम्न जाने नेपालीले खर्च गरेका छन् ।

राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले स्वदेश भ्रमणलाई प्रोत्साहन गर्नको लागि अमेरिकी डलरको सटही सुविधामा कटौती गरिएको बताए ।

‘पहिला स्वदेश अनि मात्र विदेश घुम्ने नीतिलाई कार्यान्वयनको लागि यो व्यवस्था लागु गरिएको हो,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ।

खासगरी पछिल्लो समय देशबाट भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटा ६ वर्षकै उच्च छ । २५ अर्ब रुपैयाँले भदौ महिनासम्ममा शोधानान्तर घाटामा छ ।

https://clickmandu.com/2018/11/66037.html?fbclid=IwAR2sEwMyRf5zYta1dl6s6OaG9xmgQT4wgL-ogoggFduYWUrdrvX_687WmSs

Read Full Discussion Thread for this article