Posted by: AnandNepal October 12, 2018
अचम्मको देश, ६० लाख पर्ने गाडी नेपाल भित्रिने बित्तिकै ४ करोड यसरी पर्दो रहेछ ..
Login in to Rate this Post:     0       ?        
डिसि एभेन्टि भारतमा ३६ लाख रे
नेपालि मा कन्भर्ट गर्दा ६० लाख जति होला
त्यहि गाडि नेपालमा ल्याए पछि ४ करोड पर्ने रहेछ !

यो गाडिको बारेमा साझा मा चर्चा भएको थियो केहि दिन अघि । ल्याम्बोर्घिनि भन्दै ।

साँच्चै नै इटलिको लग्जरि गाडि - ल्याम्बोर्घिनि नेपालमा ल्याउनु पर्यो भने कति पर्छ होला ?
ल्याम्बोर्घिनि गाडि कति पर्दो रहेछ भनेर गुगलमा खोज्दा सबै भन्दा सस्तो नै २००,००० डलर पर्ने रहेछ - जसलाइ नेपालि मा परिवर्तन गर्दा करिव साढे दुइ करोड हुन आउँछ।

यसलाइ नेपाल भित्र्याउँदा भन्सर शुल्क २५० देखि ३०० प्रतिशत तिर्नु पर्ने हुन्छ । यस हिसावले सबै भन्दा सस्तो मोडल पनि नेपाल भित्र्याँदा ७ करोड जति त भंसार मात्रै पर्ने रहेछ ।

त्यसमा खरिद मुल्य जोड्दा झण्डै ९-१० करोड मुल्य पर्न आउँने रहेछ । यो त सबै भन्दा सस्तो मोडल भयो ।

महंगो मोडल अमेरिकामा सवा ५ लाख डलर सम्म पर्नेलाइ नेपालमा ल्याउँदा 18 करोड जति भन्सार मात्रै तिर्नु पर्ने हुनाले - यसरि सो गाडि को मुल्य नै २५ करोड रुपैयां जति पर्न सक्ने रहेछ।

को चढ्ने होला त्यस्तो गाडि, त्यो पनि नेपालको बाटोमा ?


४ करोडको गाडि यहि हो (फोटो खिच्ने मान्छे को हो थाह भएन) 
 
Last edited: 12-Oct-18 02:25 PM
Read Full Discussion Thread for this article