Posted by: ktmpost October 3, 2018
नक्कली कथा बनाएर एसाइलम स्वीकृत गराउनेहरुका १३ हजार ५ सय केसहरुबारे छानविन भइरहेको
Login in to Rate this Post:     0       ?        

अमेरिकामा नक्कली कथा बनाएर एसाइलम स्वीकृत गराउनेहरुका १३ हजार ५ सय केसहरुबारे छानविन भइरहेको र उनीहरुले देशनिकालकाको सामना गर्न सक्ने जनाइएको छ । अमेरिकामा एसाइलममार्फत ग्रिनकार्ड प्राप्त गर्नेमा नेपालीहरु अग्रपंक्तिमा रहेका छन् ।

एनपीआरको विस्तृत रिपोर्ट अनुशार केहीबर्ष पहिले नै स्वीकृत भइसकेका त्यस्ता एसाइलमका केसहरुबारे अमेरिकी सरकारले पुन छानविन सुरु गरेको छ । एसाइलमका नक्कली र मिल्दाजुल्दा कथाहरु पेश गरेर एसाइलम स्वीकृत गराएका तथ्यहरु भेटिएपछि त्यस्ता केसहरुबारे अनुसन्धान सुरु भएको जनाइएको छ ।

अमेरिकामा एसाइलम गर्न खोज्नेहरुका लागि रकम लिएर नक्कली कथाहरु बनाइदिनेहरुको बिगबिगी बढेपछि युएससीआईएसले अनुसन्धान सुरु गरेको हो । यस्तो अनुसन्धानमा नेपालीका समेत कैयन केसहरु रहेको कानुन व्यवसायी केशव सेडाईले खसोखासलाई जानकारी गराउनुभयो ।

केहीसमय अगाडि अपरेशन फिक्सनका क्रममा पनि झण्डै ३५ सय नक्कली एसाइलमका कथाहरु लेखिएको अमेरिकी सरकारको अनुसन्धानबाट पत्ता लागेको थियो । एसाइलम स्वीकृत भइसकेपछि उनीहरुका परिवारलाई प्रदान गरिएको डेरिभेटिभ एसाइलम स्टाटसको सन्दर्भमा समेत १० हजार भन्दा धेरै केसमा अनुसन्धान भइरहेको युएससीआईएसले जनाएको छ ।

खासगरी अहिले अनुसन्धानको क्रममा रहेका एसाइलमका १३ हजार ५ सय केसहरु सन् २०१२ भन्दा अगाडि नै एसाइलम स्वीकृत भएका केसहरु रहेको जनाइएको छ । यदि ती केसहरु अनुसन्धान गर्दा नक्कली एसाइलमका कथाहरु बनाएर स्वकृत भएको प्रमाणित भएमा त्यसरी एसाइलम पाउनेहरुले अमेरिकाबाट देशनिकालाको समेत सामना गर्न सक्नेछन् ।

युएससीआईएस, आईस अफिस र एक्जुकेटिभ अफिस र इमिग्रेशन रिभ्युले स्वीकृत भइसकेका एसाइलमका केसहरु समेत नक्कली भए नभएको छानविन गरिहरेका युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले जनाएकी छिन् । पुराना एसाइलमका केसहरु नक्कली रहेको आशंका लागेमा आइसका वकिलले त्यस्ता केसहरु पुन खोल्नका लागि एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युमा मोसन टु रिओपन फाइल गर्ने टिकचेकले जनाएकी छिन् । यसरी केस पुन खोलेपछि न्यायाधिसले या त केसबारे पुन स्वीकृति दिनसक्नेछन् या त आवेदकको एसाइलम स्टाटस खारेज गरेर देशनिकाला गरिनेछ ।

अमेरिकी सरकारका एजेन्सीहरुले एसाइलमका हरेक केसहरु सावधानीका साथ पुन हेरिरहेको प्रवक्ता टिकचेकले जनाएकी छिन् ।

बुधबार, अशोज १७, २०७५ मा प्रकाशित

https://www.khasokhas.com/64219

Read Full Discussion Thread for this article