Posted by: Dinesh Karki September 26, 2018
आज - ११ आश्विन २०७५ बिहिवारको राशिफल
Login in to Rate this Post:     0       ?        
आज - ११ आश्विन २०७५ बिहिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक भेटघाटमा रमाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ सचेत रहनुहोला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । पेसा र व्यवसायबाट लाभ हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धार्मिक यात्राको योगछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल
Read Full Discussion Thread for this article