Posted by: Dinesh Karki September 26, 2018
विश्वचर्चित आठ लेखक, जसले गरे आत्महत्या
Login in to Rate this Post:     0       ?        
विश्वचर्चित लेखक–कलाकार पनि आममान्छेजस्तै विभिन्न समस्यामा जेलिएका हुन्छन् । तर पनि उनीहरू सिर्जनात्मक कार्यमा भने लागिरहेकै हुन्छन् । विश्वसाहित्यलाई एकपटक हेर्ने हो भने धेरै सफल लेखकहरूले आत्महत्या गरेका छन् ।

वर्षौंसम्म डिप्रेसनमा रहेर आफैंलाई मार्ने लेखकहरूको सूची पनि लामो छ । आफ्नो लेखनबाट विश्वमा चिनिएका यी लेखकहरूले डिप्रेसनलगायतका कारणहरूले आत्महत्या गरे ।

१. अर्नेस्ट हेमिङवे
अर्नेस्ट हेमिङवे निकै प्रसिद्ध र सफल लेखकमा चिनिन्छन् । उनको चर्चित कृति ‘द ओल्ड मेन एन्ड द सी’ले नोबेल पुरस्कार प्राप्त गरेको थियो । सन् १८९९ मा जन्मिएका हेमिङवेले ६१ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । अमेरिकाको इडाओ प्रान्तको केटचुम भन्ने ठाउँमा सन् १९६१ जुन २ मा उनले आफैंलाई गोली हानेर आत्महत्या गरे । उनको ‘द ओल्ड मेन एन्ड द सी’ सँगै ‘ए फेयर वेल्स टु आम्स’, ‘द सन अल्सो राइजेस’ चर्चित कृति हुन् ।

२. भर्जिनिया उल्फ
सन् १८८२ मा जन्मिएकी भर्जिनिया उल्फले आफू ५९ वर्षको उमेरमा पानीमा डुबेर आत्महत्या गरेकी हुन् । उल्फले आफ्नो सुसाइड नोटमा लेखेकी थिइन्, ‘प्रिय, म महसुस गरिरहेकी छु कि म फेरि बौलाउँदै छु । मलाई लाग्छ हामी फेरि यस्तो समयबाट पार हुन सक्दैनौं । र म समयलाई रोक्न पनि सक्दिनँ । म आवाज सुन्न थालेकी छु र म ध्यान दिन सक्दिनँ । त्यसैले मलाई जे गर्दै छु त्यही सहीजस्तो लाग्छ । तिमीले मलाई आफूले सक्ने सबै खुसी दिएका छौ ।’
उल्फले सन् १९४१ मा अमेरिकाको लेविसमा आत्महत्या गरेकी हुन् । उनका ‘अ रुम अफ वान्स ओन’, ‘मिसेस डेल्लोवे’, ‘टु द लाइटहावस’ उनका प्रमुख कृतिहरूमा पर्छन् ।
http://www.onlinedarpan.com/index.php?topic=darpanbisesh&id=1993
Read Full Discussion Thread for this article