Posted by: Ban Dana September 25, 2018
आर्थिक स्वतन्त्रता सूचीमा नेपालको सुधार
Login in to Rate this Post:     0       ?        
विश्व आर्थिक स्वतन्त्रता सूचीमा नेपालले ५ स्थान सुधार गरेको छ । क्यानडाको फ्रेजर इन्स्टिच्यूटले आज सार्वजनिक गरेको आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपालले ५ स्थान सुधार गरेर १ सय २ औं स्थानमा पुगेको हो । सूचीमा यो बर्ष १ सय ६२ वटा मुलुक रहेका छन् । गत वर्ष १ सय ५९ मुलुकमध्ये नेपाल १ सय ७ औं स्थानमा थियो । सबैभन्दा बढी आर्थिक स्वतन्त्रता भएको मुलुकमा हङकङ रहेको छ । यस्तै, सिंगापोर, न्युजिल्यान्ड, स्विट्जरल्याण्ड, आयरल्याण्ड, अमेरिका, जर्जिया, मरिसस, बेलायत, अष्ट्रेलिया र क्यानडा दश उत्कृष्टमा परेका छन् । सुडान, गिनी–बिसाउ, अंगोला, सेन्ट्रल अफ्रिकी रिपब्लिक, कंगो, सिरिया, अल्जेरिया, अर्जेन्टिना, लिबिया र भेनेजुएला अन्तिम १० स्थानमा छन् । उत्तरी कोरिया, क्युबा लगायत मुलुकको भने आंकडा प्राप्त नभएकाले मापन नभएको प्रतिवेदनमा जनाइएको छ । सरकारको आकार, न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षा, स्वस्थ मुद्रा माथिको पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता तथा कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थाको आधारमा प्रत्येक वर्ष आर्थिक स्वतन्त्रता सूची प्रकाशन हुँदै आएको छ । अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ ।


Read Full Discussion Thread for this article