Posted by: ktmpost September 21, 2018
मेरिल्याण्डमा हिजो भएको गोलीबारीमा नेपाली वृन्दा गिरीको मृत्यु
Login in to Rate this Post:     0       ?        

दुखद समाचार :बन्दुकधारीको गोलीबारीमा नेपाली मूलकी बृन्दा गिरीको मृत्यु

मेरील्याण्ड राज्य को हारफोर्ड काउन्टीमा रहेको राइट एड औषधी वितरण केन्द्रमा बन्दूक़ धारीको  गोलीबारीमा नेपाली मूलकी बृन्दा गिरीको मृत्यु भएको खवर छ ।

बन्दुकधारी महिला रहेको कुरा अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।
काममा असन्तुष्ट रहेको एक कर्मचारीले काममा अन्धाधुन्ध गोली चलाउँदा तीनजना अरु कर्मचारीसहित उनको पनि निधन भएको छ ।

वृन्दा गिरी करिब चार महिनाअघि मात्र नेपालबाट अमेरिका बसाइ सर्नु भएको थियो भनि स्थानीय संचार माध्यम ले लेखेका छन ।

वृन्दा गिरीको दुइजना सन्तान रहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । गत विहिवीर बिहान सेप्टेम्वर २० तारिख उक्त घटना घटेको हो ।

अनुहार किताबमा मृतकको नाम बिन्दा गिरी रहेको छ ! घटनामा परी  अर्का नेपाली पूर्ण आचार्य पनि घाइते भएको खबर छ
विस्तार जानकारी को प्रतीक्षा गर्नु होला ।

 


More news: http://www.baltimoresun.com/news/maryland/bs-md-giri-profile-20180921-story.html




credit: http://enepalese.com/2018/09/199484.html

Last edited: 21-Sep-18 04:41 PM
Read Full Discussion Thread for this article