Posted by: Dada_Giri December 2, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        

बिश्लेषकले गरेको बिश्लेषण धैरै हदसम्म युक्तिसगंत छ तर कता कता धरातलयञ गहिराइमा नपुगिकन सतही बिश्लेषण दिन खोजेको अनुभम गर्न सकिन्छ। जस्ले यस क्षेत्रमा न्युन ज्ञान भएका युवा पिढिहरुलाई भ्रमको खाल्डोमा डोर्याउन खोजेको पाइन्छ। नेपथ्यले भेडाको ऊनजस्तो मार्फत देऊडा गितलाई अगाडि ल्यायो यो आँफैमा सर्हानीय कुरा हो तर गित सुनेर मलाई खल्लो लाग्यो सस्तो लोकप्रियताको लागि गित गाएको देखिन्छ। झल्काइदेऊ झल्काइदेऊ कम्पनी गलैको माला झल्काइदेऊ गितमा भाव कम छ । एउटा भाकालाई हु बहु रक अथवा पप मा ढाल्नेदेखि बाहेक अर्को काम गरिएको छैन। यस अर्थमा नेपथ्य पनि गहिराइ भन्दा लोकप्रियताको पछाडि लागको छर्लगं हुन्छ। स्थानीय भाषाको मर्म बुझ्न नसकेको महसुस हुन्छ ।हुन त बजारको लागि त्यसो गरेका होलान् तर गितको भाव र मर्मलाई लतारिने गरी हु बहु नक्कल गर्नुलाई यहाँ बिश्लेषकले बढि महत्त्व दिन खोजेका छन्। जे होस्, मामा नहुनु भन्दा कानो मामा जाती!
Read Full Discussion Thread for this article