Posted by: controversial August 21, 2018
तेसका बाजे नयाँ समाजबादी मुलुकी एेन: कान्छी श्रीमती कसरी ल्याउने ?
Login in to Rate this Post:     0       ?        
यो पनि ! नयाँ निरकुँश शासनको नया नेपाल को कानुन । यति जाबो पनि सेयर गर्न नापाइने रे !

५ भदौ, काठमाडौं । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका हौं’ उनले भने । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

सिग्देलले सेयर गरेको कार्टुन

https://scontent.fmci1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/39760650_2203457969923458_7520673269293252608_n.jpg?_nc_cat=0&oh=d5fba6e3b695024f927d3a027e4856d6&oe=5BECDE12


२०७५ भदौ ५ गते १८:४२ मा प्रकाशित
Last edited: 21-Aug-18 09:24 AM
Read Full Discussion Thread for this article