Posted by: AnandNepal August 14, 2018
लेखेर राख्नुस - प्रधानमन्त्रि भएरै छोड्छु
Login in to Rate this Post:     0       ?        
मैले भन्या होइन --

रेखा थापा को प्रधानमन्त्रि हुने दावि
(आनन्दको कुरा - भिडियोको लागि स्क्रिप्ट पहिलो ड्राफ्ट)

के तपाइलाइ रेखा थापा याद छ ? हो, आजकल रेखाको बारेमा त्यति सुनिंदैन । कुरा गर्दा पनि कसैले खासै चासो दिंदैन । किनकि एक जमानामा एक नम्बरकि अभिनेत्रि रेखाको चार्म अहिले घटिसकेको छ। छवि ओझाको फिल्मबाट सिने क्षेत्रमा भित्रिएकि रेखालाइ उनैले सबै भन्दा सफल हिरोइन बनाएको चर्चा चल्थ्यो । रेखा आँफै पनि क्षमतावान अभिनेत्रि भएको हुनाले मलाइ पनि उनको सफलतामा छविको कुनै हात छैन जस्तो लाग्थ्यो । तर, सत्यता भने त्यहि रहेछ किनकि, रेखाले छविलाइ छोड्ने बित्तिकै उनको करियर ओरालो लाग्यो । कतिसम्म ओरालो लाग्यो भने आजकल उनलाइ सुन्ने मानिस धेरै कम छन । तर, रेखाको जोश जाँगरमा भने कुनै कमि छैन । उनि उत्तिकै जोशिलो पारामा फिल्म निर्माण गरिरहेकि छिन । उत्तिकै जोशिलोपारामा भाबि प्रधानमन्त्रि मै हुँ भनेर दावि पनि गरिरहेकि छिन ।

रेखा थापाले नेपाली रेडियो नेटवर्कले आयोजना गरेको एक कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले उनको समय नसकिएको दावि गरेकि छिन।

उनले भनिन “लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।” उनले भनिन । कोटा वा किस्तिमा दिइएको पदले नभै आफ्र्न क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफु देशको नेतृत्व तहमा पुग्ने उनको दावि रहेको छ ।

उनले चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति असन्तुष्टी व्यक्त गर्दै आफु जस्ता धेरै नारीहरु जो देशको नेतृत्व गर्ने क्षमता राख्ने भन्दै उनले थपिन ‘म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु ।”

रेखाले शुरुमा प्रचण्ड निकट भएर नेकपा माओबादि प्रवेश गरेर राजनिति गर्न खोजेकि थिइन । त्यसपछि नेकपा माओबादि छोडेर कमल थापाको निकट बन्दै राप्रपामा प्रवेश गरेकि थिइन । तर, जव पार्टि फुटेर दुइ टुक्राभयो उनले कमल थापालाइ छोडेर पशुपतिशमशेर राणाको निकट बन्न पुगिन ।

यसरी पार्टी फेर्दै हिँड्ने मान्छे कसरी क्षमतावान हुन्छ भन्ने प्रश्नमा थापाको जवाफ थियो : “प्रचण्ड पनि यही देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यही देशका नागरिक हुन् । म विदेशी मान्छेसँग त छैन नि ।”

उनले पार्टी परिवर्तन गरे पनि देश परिवर्तन नगरेको रेखाको दावि छ । हुन त, नेपाल चलचित्र बिकास बोर्डमा नियुक्ति नपाएपछि अमेरिका पुगेकि रेखाले त्यो बेलामा अमेरिकामा पेट्रोल पम्प किनेर उतै बस्ने मनस्थिति बनाएको पनि हल्ला चलेको थियो । तर हल्लको पछि लाग्नु हुँदैन।

भिडियो हेर्नुस -
https://www.youtube.com/watch?v=0uzcoyUIsao
Read Full Discussion Thread for this article