Posted by: AnandNepal July 29, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
अमेरिकाको क्याबिनेट मिटिंगमा कम्प्युटर प्रयोग हुँदैन - नेपालमा ढाँचा बढि भन्ने आशयको बिचार राख्नु भयो पत्रकार दिल निशानि मगरले । उहाँलाइ त म्याकबुकमा गोप्य चिप्स राखिएको हुन सक्नेमा पनि शंका गर्नु भएको रहेछ । यो अमेरिकाको राष्ट्रपतिले यस्तै गोप्य सुचना बाहिरिने डरमा इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गर्न पाउँदैनन । राष्ट्रपति चुनिएपछि बाराक ओबामाले आँफ्नो ब्ल्याकबेरि फोन प्रहोग गर्न पाउन त्यहाँको गुप्तचर बिभागसंग लड्नु परेको थियो । तेस्तै त्यहाँको क्याबिनेट मिटिंग्मा कम्प्युटर प्रयोग हुँदैन । तेस्तै इन्टरनेटमा फेला परेको फोटोहरुमा बेलायतमा पनि कम्प्युट्र प्रयोग नहुने, भारतमा पनि प्रयोग नहुने देखिन्छ । हुन त भारतको एक प्रान्तमा ४ बर्ष अघि नै पेपरलेस क्याबिनेट बैठक बसेको समाचार फेला परे पनि केन्द्रिय राज्यमा भने अझै पनि कागज कपि नै प्रयोग हुने देखिन्छ ।

नेपालका सरकारि वेबसाइट बारंबार ह्याक भइ रहेको हामिले देखेको भोगि रहेकै हो । यसले , नेपाल अझै पनि सुचना प्रविधिको सुरक्षामा शशक्त हुन सकेको छैन भन्ने देखाउँछ - तर, सुचना लिक होला भनेर नयाँ टेक्नोलोजिले दिने सुविधा उपयोग गर्न चुक्न भने हुँदैन । बरु, सार्वजनिक हुन नहुने सुचनालाइ कम्प्युटर सिस्टम भन्दा बाहिरै राखेर न्याँ सुविधा प्रयोग गर्न सरकार सचेत होला भन्ने आशा र माग गरौं ।

https://www.youtube.com/watch?v=2hNweZSlqtU
Read Full Discussion Thread for this article