Posted by: AnandNepal July 24, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
I guess, spamming with too many threads with my stuffs is not a good idea.
So, I will share all of my thoughts in this thread. I hope people will be happier that way. 

https://www.youtube.com/watch?v=_gn_djXrZJg

मिस भुटान युयसमा किन नेपालि युवति हरु मात्रै छन?
(आनन्दको कुरा - भिडियोको स्क्रिप्ट ड्राफ्ट)

जुलाइ २२, २०१८ मा ग्रेटर कोलम्बस कन्भेन्सन सेन्टरमा सम्पन्न भएको कार्यक्रममा मिस भुटान युस २०१८ चुनिएकि छिन प्रतियोगि नम्बर ८ सुचिता प्रधान। मिस भुटान युयस, नेपालि नाम छ अनुहार पनि नेपालि जस्तै छ । अभिनेत्रि प्रियंका कार्किको कोरियोग्राफिक्मा सम्पन्न भएको सो प्रतियोगिता सबै प्रतियोगि नेपालि जस्तै छन - कोलम्बस ओहायोकि सितल अधिकारि, नर्थ डेकोटाकि निशा आचार्य, ओहायोकि निर्मला दहाल, ओहायोकै नर्वदा गौतम, पेन्सिलभेनियाकि मोनिका सरु, म्यासेचुसेट्सकि कुमारि माझि, पेन्सिलभेनियाकि गंगा दुलाल, न्यु योर्ककि दुर्गा कटेल, कोलोराडोकि बिनिता देउरालि, नेब्रास्काकि अश्मिता सुब्बा, अनि उपाधि जित्ने नर्थ क्यारोलाइना कि सुचिता प्रधान - यि सबै ११ जना प्रतियोगिहरु नेपालि जस्तै छन । भुटानका भन्ने बित्तिकै भोटबाट झरेका बख्खु लगाएका युवति हुनु पर्ने होइन भनेर धेरैले सोध्छन । यो बर्षको मात्रै होइन सन २०१४मा शुरु भएको यो प्रतियोगितामा कोरियोग्राफि गर्ने सबै नेपालकै सेलिब्रेटि थिए भने प्रतियोगिहरु पनि अहिलेकै जस्तै नेपालि नाम भएका युवतिहरु थिए - ल हेर्नुस :

सन २०१४ मा भएको पहिलो मिस भुटान युसको उपाधि प्रक्रिति राइले जितिन । त्यस बर्षका प्रतियोगिहरुलाइ मिस नेपाल २००२ माल्भिका सुब्बाले कोरियोग्राफि गरेकि थिइन । त्यसपछि सन २०१५ मा भएको दोश्रो मिस भुटान युस प्रतियोगितामा मिस नेपाल २०११ मलिना जोशिले कोरियोग्राफि गरेकि थिइन भने सो प्रतियोगिता नुमा लिम्बुले जितेकि थिइन । अनि सन २०१६ मा भएको मिस भुटान युएस को तेस्रो संस्करणमा बिमला सिवाकोटिले उपाधि जितिन अनि प्रतिस्पर्त्धिहरुलाइ कोरियोग्राफि गरेकि थिईन नेपालि अभिनेत्रि प्रियंका कार्किले । त्यसपछिका २०१७मा भएको चौथो मिस भुटान युएस र अहिले भर्खर भएको पाँचौं संस्करणमा पनि प्रियंकाले नै कोरियोग्राफि गरेकि हुन । अघिल्लो बर्ष आरति घिसिंग तामांग ले उपाधि जितिन भने अहिले सुचिता प्रधानले ।

यसरि हेर्दा मिस भुटान युएस नेपालि युवतिहरुकै प्रतियोगिता होला कि भन्ने शंका लाग्न सक्छ । तर त्यसो होइन । यि सबै भुटानि युवतिहरु हुन । भुटानले नागरिकता नदिएर लखेटेका भुटानि युवति हरु । अझ त्यो भन्दा पनि दुखको कुरा - यि नेपालि मुलका युवतिहरु हुन जसलाइ भुटानले त अन्याय गर्यो गर्यो नेपालले त झन ठुलो अन्याय गरेका युवति हुन।

पहिले देखि नै अतिथिलाइ देवता मान्ने हाम्रो संस्कारको बिपरित । हाम्रो आँफ्नै स्थापित मान्यताको बिपरित । दुखमा परेका आँफन्तलाइ हामि आँफैले झन दुख दिएका भुटानि युवतिहरु हुन यि । शरणमा आएकालाइ शरण दिन पनि कन्जुस्याइ गरिएका। आँफ्ना भनेर आएकालाइ दुत्कारिएका, यि प्रतियोगिहरुसंग त हामिले सरि भन्नु पर्ने हो, माफि माग्नु पर्ने हो।

यो कुरा अझै पनि धेरैले बुझेकै छैनन । तेसैले पुरनो कुरा एकपट फेरि कोट्याउने जमर्को गरेको छु । ....

What do you think guys??

https://www.youtube.com/watch?v=LunN9-73DDw
Last edited: 25-Jul-18 06:11 PM
Read Full Discussion Thread for this article