Posted by: sajha onion July 23, 2018
क्यालिफोर्निया समुन्द्रको किनारामा धर्मात्मा नेपालीले शिव लिङ्ग बनाउदा सार्वजनिक अस्लिलताको अभियोगमा पक्राउ
Login in to Rate this Post:     0       ?        
श्रावन ७, २०७५ क्यालिफोर्निया

गर्मीको मौसममा समुन्द्रको किनारमा बसेर बालुवामा खेल्नुको मज्जै अर्को | तर एक जना हिन्दु धर्मात्मा नेपालीले नचिताएको कुरा भोग्नु परेको छ |

एक महिना अगाडी मात्र आफ्नो एक मात्र छोरीको ग्र्यादुयेसनको लागि सान दिगो आएका दामोदर चापागाईं परिवार संग समुद्रको किनारमा पहिलो चोटी पुगेका थिए | धर्मात्मा चापागाईंले समुन्द्र किनारको बालुवाबाट ठुलो शिव लिङ्ग बनाइ ढोग गरी राख्दा घुडसवार प्रहरीले सार्वजनिक अस्लिल्ताको अभियोगमा हथ्कडी लगाएर प्रहरी चौकीमा चलान गरेका थिए |

चापागाईंका पत्नी र छोरीले कैयौं बुझाउन खोजे पनि प्रहरीले उनलाई हिरासतमा लिए | पुरुषको लिङ्ग आकारको प्रतिमा सार्वजनिक स्थलमा देख्दा उता आउने बाल बच्चाका आमाबाउहरुले प्रहरीलाई बोलाएका रहेछन |

आयिन्दा यस्तो हर्कत नगर्ने सम्झौतामा दामोदर चापागाईंलाई रिहा गरिएको छ |

यस केसमा चापागाईंको व्यक्तिगत हक हनन भएको भनि क्यालिफोर्निया वकिल संगठनका अध्येक्ष्य हार्दिक दिक्षितले "हाम्रो धर्मले कसैलाई पनि शिव लिङ्ग ठाडो पार्ने हक दिएको छ|" भनेर प्रेस बिज्ञप्तिमा जनाएका छन् |


बैकल्पिक समाचार समितिबाट साभार 
Last edited: 23-Jul-18 01:03 PM
Read Full Discussion Thread for this article