Posted by: AnandNepal July 16, 2018
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     0       ?        
पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा मेरो चर्चा साँच्चिकै सफल भएको छ । यसमा साझाको यो थ्रेडको पनि आतिनै ठुलो भुमिका रहेको छ ।

साझालाइ मुरिका मुरि धन्यवाद ॥

अचम्म त - मैले रिप्लाइ गर्दै गर्दा यो पोष्ट [33600 TIMES] हेरिइसकेको रहेछ। अहिले सम्म ६ भाग बनिसक्यो - यो हप्ता सातौं भाग बनाउने छु । खासमा जानकारिको हिसावले पुर्व राजपरिवारमा धिरेन्द्र सबै भन्दा कम जानकारि भएका राजकुमार थिए । उनका बारेमा कोहि पनि बोल्न नचाहने, राज परिवारको बारेमा बोल्न र लेख्न पनि नपाइने समयका राजकुमार भएको हुनाले उनका जानकारि प्राप्त गर्न सजिलो छैन - कतिपय कुरा रे .. रे .. मै सिमित छन । तै पनि यति धेरै सामाग्रि जम्मा होला भनेर मैले सोचेकै थिइन :

भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म
भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर"
भाग ३ - कालो चस्माको किस्सा
भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार
भाग ५ - धिरेन्द्र जस्तै राजकुमारहरु उद्दण्ड चाँहि किन भए? राजतन्त्रमा के थियो त्यस्तो ?
भाग ६ - धिरेन्द्र छोरि शिताष्मा शाहको कथा (प्रेक्षाका छोरिहरु के गर्दैछन)
भाग ७ - (यो हप्ता -- )

अहिलेको मेरा प्राथमिकतामा - प्रियंका कार्किको इन्गेजमेन्ट र डा. केसिको अनसन परेका छन ।
डा. केसिको कुरा बुझाउन अति नै गाह्रो - के मिल्दैन के मिल्दैन । आशा गरौं केहि चाखलाग्दो निस्केला । त्यसपछि धिरेन्द्रको बारेमा चर्चा गर्ने छु - प्रतिक्षा गर्नुहोला । धन्यवाद ।
Read Full Discussion Thread for this article