Posted by: Nepe December 1, 2004
A paradox?
Login in to Rate this Post:     0       ?        
इतिहासको पन्तुरोमा यस्ता गौरवमय दृष्टान्त अरू पनि छन् । तर पाडा बन्न जिरह गर्ने प्रा. डा.हरूले इतिहासको यो उदात्त प्रकाश देखेनन्, दरबारको हरियो घाूसमात्र देखे । आफूलाई प्रा. डा., लेखक, कलाकार, सङ्गीतकार आदि भन्नेहरूको यो निर्लज्ज पाडो प्रवृत्ति नेपाली साहित्य र कलाको निधारमा लागेको ज्यादै फोहोर कलङ्क हो ।कुन्साङ काका लख काट्छन्( थापाकाजीको नयाू पञ्चपार्टर्ीी एउटा पाडो परिषद् हुनेछ । र, प्रज्ञा प्रतिष्ठानलाई लगेर नारायणहिटीमा बुझाउन दरबारको दक्षिणी द्वारमा पुगेका बिन्तीपत्रे पाडाहरू उक्त परिषद्मा पदेन नियुक्त हुनेछन् । मतिअनुसार यिनका लागि सुहाउूदो ठाउू त्यही हो( पाडा परिषद् । गजपको ठाउू, हकि ?प्रा.डा.हरू जब पाडा औतारमा प्रकट भए, लोकका स्वतन्त्रताप्रेमी नागरिकले तिनको अखण्ड निन्दा गरे । तर सकल पाडाहरू दरबारको गजुर हर्ेर्दै मौन मुद्रामा प्रतिक्रियाहीन रहे । बबुरा प्रा.डा. डी. पी. भण्डारीमात्र एक्लै रोइरहे । पश्चात्तापले पिरोलिूदै यी बूढा भण्डारी नारायण गोपालको गीत गुनगुनाइरहेका छन्( मेरो बेहोसी आज मेरो लागि पर्दा भो । जीवनमा भूल गर्नु मानव स्वभाव हो । र आप\mनो भूल सम्झेर रुनु हृदयको पवित्रताको प्रमाण हो । काकाका 'रिपु' भण्डारी बाजे रोऊन्, रोइरहून् । (Excerpts from yesterday's Kantipur Daily)
Read Full Discussion Thread for this article