Posted by: Nepe December 1, 2004
A paradox?
Login in to Rate this Post:     0       ?        
Kunsang Kaka Ubaacha... अहिले थापाकाजीका पाइला पछ्याउन एक हूल प्रा. डा. अर्थात् प्राध्यापक-डाक्टरहरू यात्रामा निस्केका छन् । यी प्रा. डा. हरूको कथा सरल छ । जब लोकतन्त्र दर्ुबल भयो, राजदरबारमा मात्र यिनले बल देखे । र, शक्तिका यी भक्तहरूलाई हिजोका लाभदायक दिनहरूको झल्झली सम्झना भयो । यीमध्ये अधिकांश प्रा. डा. हरू हिजो महेन्द्रपथका पथिक थिए । यी उमङ्गसाथ महेन्द्रस्तुति लेख्थे, र सट्टामा केही मीठो दानापानी हातलागी गर्थे । यी मुक्तकण्ठले चाूदनी-भजन गाउूथे र ज्यालास्वरूप अलिकता प्रसाद र आशर्ीवाद प्राप्त गर्थे । यी दरबारको खुफिया विभागको सेवा गर्थे र मेवाले भिक्षाको झोली भर्थे । पञ्चायत रजत महोत्सवमा यी एकतन्त्रको महिमा मण्डन गर्थे र छातीमा गोदवा भिर्थे । अहिले अर्को भेषमा जब पञ्चायत दोहोरियो, यी प्रा. डा. हरूका लोभी नाकमा दरबारको भतेरको मग्मग् बासन आयो । र अतीतको स्मरण गर्दै र ओठ चाट्दै यिनले एक स्वरमा सल्लाह गरे( अरे भाइ, जाऔू दरबारको दक्षिणीद्वार, खाऔू फेरि बक्सिस परिकार ?दासताप्रेमी प्रा. डा. हरूको नजर दरबारको गजुरमा स्थिर भएका थिए । ती साइतको प्रतीक्षामा थिए । नभन्दै साइत लिएर एक जोडी जोई-पोइ आइलागे । 'माथि' को खटनबमोजिम ती आए ।
Read Full Discussion Thread for this article