Posted by: Kancho December 1, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
गायक, साधक राणाकालको अन्त्यपछि, सन् १९५० को दशकदेखि, आधुनिक युगमा प्रवेश गरेको नेपालमा आधुनिक सङ्गीतको सुरुआत पनि त्यहीताका भयो । यो साङ्गीतिक, सांस्कृतिक यात्राको कोशेढुङ्गा सङ्गीतको संसारमा डुबुल्की मार्ने स्रष्टाहरू नै हुन् । उनीहरूको चेतना, अभिव्यक्ति, मौलिकता र प्रस्तुतिले नै समग्र आधुनिक युगको सङ्गीतको महल ठड्याएको हो । भाग्यवश नेपाली आधुनिक सङ्गीतका शुरुदेखि नै समर्पित स्रष्टा अम्बर गुरुङ आज पनि नेपालीहरूका माझमा छन्, र सुनिन्छ उनी ६६ वर्षो उमेरमा पनि नयाँ अल्बमको तयारीमा जुटेका छन् । अम्बर गुरुङः अम्बर गुरुङलाई नेपाली आधुनिक सङ्गीत आन्दोलनका महामानव भन्न मिल्छ । सम्पर्ूण्ा विधालाई परिभाषित गर्ने सङ्गीतकार, 'स्टाइलिष्ट' प्रस्तुतकर्ता हुन् उनी । भोलिका लागि गाउँछु भन्ने समसामयिक गायकहरूले भाव र सीपको खानी फेला पर्ने गुरुङका कृतिहरूलाई फर्केर सुन्नु उचित हुन्छ । विभिन्न साङ्गीतिक संस्कारहरूलाई सिलाइ नदेखिने गरी नेपाली आधुनिक गीतहरूमा मिसाएर प्रस्तुत गर्नु उनको विशेषता हो । कसैले उनलाई उत्कृष्ट सङ्गीतकार तर ठिकठिकैको गायक ठान्दछन्, जुन सरासर गलत मूल्याङ्कन हो । साधारण पुरुषको जस्तो छैन उनको स्वर । उनको गायनमा शब्द र धूनको उत्कृष्ट मिलनले मुटु छुन्छ, मनमा तरङ्ग ल्याउँछ । स्वर, कम्पोजिशन् र गायन तीनैको कलात्मक नियन्त्रणबाट कहिले लहर कहिले तरङ्ग, म दूर भएर के भो - या डाँडापारि हिउँ परेछ जस्ता गीतहरू उत्पादन हुन्छन् । आधुनिक नेपाली सङ्गीतमा कम्पोजिशन्को महत्त्व बढी हुन्छ, त्यसपछि मात्र शब्द चयन र स्वरको कुरा आउँछ । जत्तिकै राम्रो शब्द या स्वर भए पनि राम्रो सङ्गीत नहुँदा गीतलाई बचाउन सकिन्न । स्वरसम्राट नारायणगोपालका केही गीतहरूमा समेत कम्पोजिशन्को कमी पाइन्छ । अम्बर गुरुङको खुबी भनेको आफ्नो मेलोडीलाई असाध्यै राम्रो लिरिक -शब्द) ले सिंगार्न र उपयुक्त भावसहित स्वर दिन सक्नु हो । यो थाहा पाउन नौ लाख तारा उदाए या म भूलमा परेँ सुने पुग्छ । मेलोडीको जगमा शब्द र स्वरलाई उभ्याउन सफल अम्बर गुरुङ जस्ता श्रष्टा थोरै छन् र सम्झनुपर्दा, गोपाल योञ्जनकै नाम अगाडि आउँछ । दीप श्रेष्ठः अम्बर गुरुङ जस्तै नेपाली आधुनिक सङ्गीतका स्रष्टा र साधक हुन् दीप श्रेष्ठ । तुलनात्मक रूपमा सरल कम्पोजिशन्बाट अति मीठो गीत प्रस्तुत गर्ने विशेषता छ श्रेष्ठको- साइँली बरी चिया बारीमा, सुनिदेउ सानो छँदाको कथा, एउटै बाटो र जति हाँसूँ भन्छु -अञ्जली मास्केसँग) । मल्टी ट्र्याक रेकर्डिङ र विभिन्न इन्स्ट्रूमेन्टस्हरूको आड लिने समसामयिक सङ्गीतकारहरूले उनको गायन शैली अध्ययन गर्नु जरुरी छ । प्रविधिमा भर नपरी र चाहिने भन्दा बढी आधुनिक इन्स्ट्रूमेन्टको प्रयोग नगरी श्रोतालाई सङ्गीतको सागरमा लिएर जाने दीप श्रेष्ठको हुनुपर्ने जति कदर भएको छैन । नेपथ्यः नेपाली 'रक' विधाको 'युनिभर्सल मिडियम' हुन पुगेको छ नेपथ्य । विविधता छँदाछँदै पनि यसले सबैलाई समेटेर एउटै धारमा लिएर जानसक्छ र यसको प्रभावलाई हतपत पन्छाउन सकिँदैन । विश्वका अन्य युवा सङ्गीतकार जस्तै नेपथ्य समूहका सदस्यहरू पनि राम्रो रक सुनेर हर्ुर्केका हुनु पर्दछ । उनीहरू नेपाली लोक सङ्गीतमा पनि राम्ररी भिजेका छन् । नेपथ्यले प्रस्तुत गर्ने सङ्गीतमा रकको स्वाद र शक्ति एकातिर छ भने अर्कोतिर नेपाली लोकसङ्गीतको ध्वनि र मिठास छ । जुनसुकै रक ब्याण्डको जस्तो नेपथ्यको ध्वनि पनि चर्को र विद्युतीय हुन्छ । तर उसको प्रस्तुति सृजनशील र भावुक पनि छ, जसले रक र लोकसङ्गीतको सबैभन्दा सबल पक्षलाई एकैठाउँमा ल्याएको छ । साँच्चिकै, 'लोक-रक' को अग्रिम पंक्तिमा नेपथ्य र यिनका मूल गायक अमृत गुरुङ पर्दछन् । नेपथ्यका एक किसिमका गीत सीधै लोकसङ्गीतमा आधारित छन् भने अर्कोखाले गीत आधुनिक पपुलर विधामा आधारित अधिकांश रक, तर कतै ब्लूज् र रेगे पनि छन् । आफ्नो पछिल्लो अल्बममा सेलो, रेगे, देउडा, रक र झयाउरेको बीचमा सजिलैसँग तैरन सक्ने क्षमता देखाएको छ यो समूहले । गिटारिष्ट हरि महर्जनको 'रिफ' बाट शुरु भएको 'सा कर्ण्ााली' गीतलाई अमृत गुरुङले देउडाको फाँटमा लैजान्छन् । पूरै ब्याण्ड सम्मिलित भइसक्दा नेपालको पश्चिम पहाडको देउडामा अडिएको 'सा कर्ण्ााली' लिभरपुल, दिल्ली वा लण्डनका पारखीले झुम्न हुने भइसकेको हुन्छ । नेपथ्यको खुबी नेपाली लोक सङ्गीतको मौलिक ताल र सूरहरू समेट्दै समुन्द्रपारका गैर नेपाली श्रोताहरूलाई पनि उत्तिकै आकषिर्त गर्नु हो । आजका नेपालीलाई भोल्रि्रति आश जगाउने कोशिश गरेको नेपथ्यको हालैको 'रङ्गीन चरा' गीत १९७४ एडीको 'पहिलो जुनीमा' र 'सम्बोधन' जस्तै पप क्लासिक हुनसक्छ । सुकमित गुरुङः सुकमित गुरुङले गाउन शुरु गर्दा 'नेपाली पप' विधा जन्मिएकै थिएन । नेपाली पपको जग बसाल्ने काममा उनको ठूलो देन छ । ओ मेरो प्रियतम, ढुकढुक र रेलिमाई गीतहरूले नेपाली पपको जग नै बसाइदिए । सन् १९८० को दशकका यी गीतहरूले आज पनि रेडियो, क्यासेट या लाइभ अडियन्स्लाई जगाइदिन्छन् । अरूसँग दाँज्नु पर्दा सुकमित गुरुङ नेपाली सङ्गीतकी टिना र्टनर हुन्- प्रभावशाली, भावपर्ूण्ा र स्टेजमा सफल गायिका । सुकमित गुरुङको गला पाएपछि ठिकठिकै कम्पोजिशन् पनि अलौकिक बन्दछन् । नयाँ गायक र गायिकाले रोल मोडल खोज्नुपर्दा सुकमित गुरुङलाई हेरे हुन्छ । रामकृष्ण ढकालः नेपाली आधुनिक सङ्गीतमा नयाँ श्रोताहरू आकषिर्त भइरहेको कुरा रामकृष्ण ढकाल जस्ता युवा नेपाली गायकहरूको सफलताबाट देखिन्छ । उनका आधुनिक गीतहरू आज बर्म्बईका स्टूडियोहरूमा रर्ेकर्ड गरिन्छन् । बलियो र उचो स्वरका धनी ढकाल स्टेजमा आँखा चिम्लन्छन्, हातले ताल दिन्छन् र एकपछि अर्को गर्दै आफूलाई सफलताको चुलीमा पुर्?याउने गीतहरू गाउँछन् । निःसन्देह, रामकृष्ण ढकालको स्वर उनको सम्पत्ति हो । तर उनका लागि सङ्गीत दिनेहरूले कहिलेकाहीँ उनको स्वरको गहिराइ, मिठास र सम्भावनाहरू नबुझेको देखिन्छ । 'फर्मूला' अर्न्तर्गत गाउने गरेका ढकालले आफ्नो गीतको छनौटमा बढी ध्यान दिनुपर्ने देखिन्छ । कुन्ती मोक्तानः नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका खुट्टा तान्दै गर, माथि माथि सैलुङ्गेमा र निष्ठुरी मायालु जस्ता गीतहरूले चितवन होस् वा वासिङ्गटन डीसी, जहाँको अडियन्स्लाई जर्ुमुराउन र झुम्न बाध्य बनाइदिन्छन् । कुन्तीको सफलताका हिस्सेदार शिलाबहादुर मोक्तान पनि हुन्, जसको सृजनाले उनका गीतको मेलोडीलाई गहकिलो बनाएको छ । नेपाली सङ्गीत जगतमा कुन्तीको सफल यात्राका पछाडि दुइटा स्वरहरू स्पष्ट छन्, पर्दा अगाडि उनको आफ्नै तथा पर्दा पछाडि पारिवारिक र साङ्गीतिक सहयात्री शिलाबहादुरको, जसलाई गायिकाको स्वर, झुकाव र रेञ्ज प्रस्ट थाहा छ । 'कर्ीर्ति' र 'कुसुम' अल्बमहरू मोक्तान परिवारको मीठो साङ्गीतिक बन्धनका प्रमाण हुन् । सपनाश्रीः कलाकारको हिसाबले सपनाश्री, कुन्ती मोक्तान र सुकमित गुरुङ भन्दा धेरै नै फरक देखिन्छिन् । उनका विशेष सौगात मायाप्रीतिका मधुर र भावुक गीत हुन् । उनको नामदेखि गायनकलासम्ममा, साङ्गीतिक नोटहरूलाई केलाई-केलाई विचार पुर्?याएर गाउने गायिकाको अभाव पाइन्छ । स्टेजमा गाउँदा, सपनाश्री धेरै हलचल गर्दिनन्, मानौँ उनको तन र मन गलामै केन्द्रित छ । आफ्नो भित्री मनतिर फर्केर गाउने सपनाश्री लाहोर या दिल्लीमा हर्ुर्केकी भए स्वभावतः सेमि-क्लासिकल गायिका हुनेथिइन्- गजल गीत, ठुमरी या दादरा विधामा । सपनाश्रीको आन्तरिक झुकाव नबुझने सङ्गीतकारहरूले उनलाई नसुहाउँदो कम्पोजिशन् गर्न सक्छन् । उनले अरू कुनै समसामयिक पप कलाकार हुन खोज्नुहुँदैन, किनभने उनको साङ्गीतिक 'जिनियस' अन्तै छ । उनको गायनको मिठास 'मिडटेम्पो' देखि 'स्लोटेम्पो' मा र धेरै मेलोडी भएका गानाहरूमा झल्कन्छ । हर्ेदाखेरी धेरै कष्टै नगरी उनको कण्ठबाट निस्केका गीतले सपनाश्रीका स्वर्गीय पिता मदन परियारको याद दिलाउँछन्, जसले नेपालका नामूद गायकहरूलाई एकोर्डिएनमा साथ दिने गरेका थिए । १९७४ एडीः १९७४ एडी समूहको नाम फैलनुका धेरै कारण छन्, जसमध्ये एक आफैँ गीत रच्ने र गाउने व्यावसायिक ब्याण्ड हुनु हो । एशियामा मौलिक कृतिभन्दा कभर गीतहरू राम्ररी गाउने ब्याण्ड धेरै छन् । १९७४ एडी नउदाएसम्म नेपालमा पनि यही स्थिति थियो । यही समूहले नेपाली सङ्गीतकार र सङ्गीतप्रेमी श्रोतालाई मौलिक कृतितिर डोर्?यायो । यसो गर्न साङ्गीतिक गहिराइ र सृजनशीलता दुवैको खाँचो हुन्छ, जुन १९७४ एडीमा पर्याप्त मात्रामा छ । सुन्नुस्- मायालुले, सम्झी बस्छु, पहिलो जुनीमा या यो मन त मेरो नेपाली हो । यस्ता गीतहरूलाई भाषाको बन्धन हुँदैन र तिनले नेपालमा होस् या बाहिर, जहाँ भए पनि मनको ढुक्ढुकी बोल्दछन् । यो समूहको हरेक सदस्यले अर्को सदस्यलाई केही दिइरहेको र केही लिइरहेको हुन्छ । फिरोज र मनोज दुवै आफैँमा अति दक्ष गिटारिष्ट हुन् र दुवैले आफूलाई हार्मोनी र मेलोडीमा टेवा दिन्छन् । निराकरलाई बास गिटार मन परेको प्रस्ट हुन्छ । निराकर र ड्रमर एड्रिस्न तथा पर्कसनिष्ट सञ्जयले तालको गोरेटो बनाएका हुन्छन् । न्हृयू बज्राचार्यः यो लेखकका गुरु गोपाल योञ्जनले १५ वर्षअगाडि न्हृयू बज्राचार्यलाई इङ्गति गर्दै भनेका थिए- यिनको प्रतिभा हर्ेनलायक हुनेछ । सङ्गीतकारको हिसाबले प्रसिद्ध न्हृयूले स्टेजमा गाउँदा निष्प्रिmक्री भन्न सकिन्छ, योञ्जनले उनको क्षमताको सही आकलन गरेका रहेछन् । न्हृयूको स्वरमा सफ्ट मेलोडीलाई सुहाउँदो 'डिप् व्यारिटोन' छ । उनको पहिलो कम्पोजिशन् 'नआउ सपना भरी' या रामकृष्ण ढकालको सुपरहिट हुनपुगेको ओराली लागेको हरिणको चाल भो ले नै यो कुरा प्रमाणित गर्दछ । न्हृयू बज्राचार्यको सोलो अल्बमको मिठास अतुलनीय छ र सुकमित गुरुङसँगको युगल गायन इन्स्टेन्ट क्लासिक हुन पुगेको छ । आधुनिक नेपाली प्रस्तुतिमा अरू गायक र सङ्गीतकारमा सृजनशीलताको आलस्य र रेकर्डिङ स्टूडियोको उपकरणहरूमा बढी निर्भरता देखिन थालेको बेला न्हृयूका सिर्जनामा कम्पोजिशन् र लिरिकले अवश्य नै प्राथमिकता पाएका छन् । गीत र गजल विधामा जस्तै उनलेे नेपाली आधुनिक सङ्गीतमा पनि 'थोरै गरे धेरै हुन्छ' भन्ने सिद्धान्त अपनाएका छन् । र् र्सजक र श्रोता नेपाली सङ्गीतको धरातल बदलिँदो छ र यस परिवर्तनलाई डोर्?याइरहेछ नेपाली पपले । नेपाली सङ्गीतलाई सुरिलो आवाज र बृहत् आकारतर्फधकेलिरहेछ प्रविधिको विस्तार, गैर-नेपाली साङ्गीतिक प्रवाह तथा सङ्गीत बजारको ब्यापारीकरणले । धेरै वर्षछि पुस्ते फाटो -जेनेरेशन् ग्याप्) पनि उत्पन्न भएको छ यो क्षेत्रमा । आजका नेपाली पपका र्सजक र श्रोता सन् १९९० को दशकअघिका पुस्ताले सुनेका रेडियो नेपालका प्रस्तुति भन्दा भिन्दै सिर्जनाहरू सुनेर हर्ुर्केका छन् । ४० वर्षन्दा माथिको उमेरकाले अधिकांश सुन्दै नसुनेका रक, ब्लूज् र मेटल ध्वनिहरू आजका युवा श्रोता र र्सजकहरूको 'एक्स्पोजर' र फर्माइस पनि हो । स्तर र छनौटको कुरा बाहेक गत दर्ुइ दशकमा सङ्गीतको क्षेत्रमा नेपालमा भएको परिवर्तन भनेको उत्पादन, बिक्री र खपत हुन थालेको सङ्गीतको 'सङ्ख्या' हो । आजको सङ्गीत बजारमा देखिएको जस्तो शैलीगत विविधता र गायक/गायिकाको सङ्ख्या यसअघि कहिल्यै थिएन । नेपाली समाजको अरु क्षेत्रमा नदेखिएको प्रतिस्पर्धा र प्रजातन्त्रको प्रभाव राम्रैसँग देखिएको छ सङ्गीतमा । दशकौँदेखि विद्यमान रेडियो नेपालको 'भ्वाइस् टेष्ट' पास गरेर मात्र नेपाली सङ्गीतको संसारमा प्रवेश गर्न पाइने अवस्था अब छैन । आजका गायक र सङ्गीतकार अब आफ्नो साङ्गीतिक सीप र क्षमताको भरमा अगाडि बढ्ने वा पछि पर्ने गर्दछन् । जनताको कान र ज्रि्रोलाई जित्न सके र्सजकको नाम पनि, र अब आएर दाम पनि, बन्छ । श्रोता अर्थात् बजारले मन पराइदिए भने कसैको केही लाग्दैन । यसरी आजको लोक-रक, नेपाली आधुनिक र नेपाली पपको आधारमा सङ्गीतको स्तर, दायरा, र विधाको गहिराइ र फराकिलोपन बढ्दै जानेछ, र नेपाली जनमानसले मीठो र विविध सङ्गीत पाइराख्नेछन् । -समाजशास्त्री अनुप पहाडी वाशिङ्गटन डीसीमा कार्यरत छन् ।
Read Full Discussion Thread for this article