Posted by: Kancho December 1, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
लोक-रक, आधुनिक र पप हुँदै नेपाली सङ्गीतको स्तर, विधा र क्षेत्र विस्तार हुँदैछ । र, परम्परागत सूरताललाई आधुनिक वाद्ययन्त्रका विविध ध्वनिमार्फ् नयाँ मिठास दिने साङ्गीतिक सिर्जनाहरूले र्सवत्र प्रशंसा पाइरहेका छन् । ड्ड अनुप पहाडी बितेका दर्ुइ दशकमा नेपाली सङ्गीत जगतमा क्रान्ति आएको छ । शहरिया ठिटाठिटी, लाहुरेका छोराछोरी र गाउँले युवाले शहरबजारमा आएर पश्चिमा वाद्यवादनका साधन प्रयोग गर्दै आ-आफ्नो सृजनशीलतालाई उदार र परिष्कृत बनाउनुका साथै लोकसङ्गीत रमाइलो मात्र होइन, बजारमा सफल पनि हुन्छ भन्ने कुरा चाल पाएका छन्, जुन कुमार बस्नेतले झण्डै ५० वर्षघि बुझेका थिए । कुनै समय काठमाडौँ उपत्यकाका केही किशोरहरूको मात्रै पेवा थियो- गितार, किबोर्ड र ड्रम । सन् ६० र ७० को दशकमा गितार झुण्ड्याउँदै हिँड्ने यी केटाहरू रेडियो नेपाल सुनेर देशका विभिन्न अञ्चल र जिल्लाको सङ्गीतसँग केही हदसम्म परिचित भए पनि बिटल्स्को रक एण्ड रोल गाउँदै हेभी मेटल रकमा मिसिन रुचाउँथे । त्यतिबेला दार्जीलिङ्गे युवाहरू मौलिक नेपाली गायनको स्वाद लिन्थे भने काठमाडौँमा पश्चिमा रक ब्याण्डको पकड थियो । त्यसबेलाका उपत्यकाका गिटारिष्ट र ड्रमरहरूलाई न रोदीको ज्ञान थियो न देउडाको । मध्यपश्चिम पहाडको लोकप्रिय झयाउरे शैलीलाई काठमाडौँले पट्यारलाग्दो ठान्दथ्यो । लोकसङ्गीतलाई शहरियाका कानमा पार्ने काम सन् १९५० को दशकको अन्त्यतिर धर्मराज थापा, झलकमान गर्न्धर्व र कुमार बस्नेतजस्ता अग्रज गायकहरूले गरेका हुन् । एक भेगका जनतालाई अर्को भेगको सङ्गीत सुन्ने अवसर रेडियो नेपालले पनि उपलब्ध गरायो । समय बित्दै गयो र प्रेमराजा महत जस्ता जिल्लाबाट आएका नयाँ पुस्ताका कलाकारले लोकसङ्गीतलाई बजारमुखी बनाउन योगदान गरे । तर नेपाली लोकमा पश्चिमा वाद्यवादन सफलतापर्ूवक घुसाउने चाहिँ पहिलो पुस्ताका कुमार बस्नेत नै हुन् । वास्तविक लोकसंस्कृतिमा हर्ुर्किएका, गाउँ र जिल्लाका स्थानीय सङ्गीतबाट प्रभावित युवापीढीले जतिबेला पश्चिमा विद्युतीय यन्त्रहरू हात पारे, क्रान्तिको सुरुआत त्यही समयदेखि भएको हो । मौलिक नेपाली आधुनिक गायनको प्रारम्भ त्यतिबेला भयो, जब ब्याण्डहरूले अरूको नक्कल नगरी आफ्नै गाना रच्न थाले । एउटा उत्कृष्ट नमूना थियो- हङ्गकङ्गको 'द हिमालयन ब्याण्ड' को प्रस्तुति मुसुमुसु हाँसी देऊ, जो आज पनि त्यत्तिकै लोकप्रिय छ । १९८० को दशकको मध्यतिर काठमाडौँका ब्याण्डहरू पनि पश्चिमा गीत-सङ्गीत सार्नु वा नक्कल गर्नुको सट्टा नेपाली लोकसङ्गीतलाई आधार बनाएर अगाडि बढ्न थालेपछि 'नेपाली लोक-रक' भनिने प्रभावशाली विधाको जन्म भयो, जसले गाउँसँग कुनै न कुनै नाता गाँसिएको युवा वर्गलाई तुरुन्तै तानिहाल्यो । आज एकसेएक आधुनिक सङ्गीत रच्ने ब्याण्डले पनि आफ्नो प्रस्तुतिको केही अंश लोकसङ्गीतमा आधारित बनाएका छन् । धेरै त प्रयास गर्दागर्दै पनि सेलो अथवा झयाउरेलाई राम्रोसँग बुझन नसकेर असफल पनि छन् । तर, नेपथ्य या १९७४ एडी समूहहरूको लोक-रक भने नेपालका विभिन्न क्षेत्र र समुदायहरू बीचको सीमा एवं राष्ट्रिय र सांस्कृतिक रेखा नाघेर विश्व सङ्गीत -वर्ल्ड म्यूजिक) कै अङ्ग बन्न सक्ने स्तरको हुन पुगेको छ । विश्व सङ्गीत विश्व सङ्गीत भनेको एक किसिमको मिश्रण -फ्यूजन) हो, जसमा विश्वभरका जनसमुदायहरूका साङ्गीतिक सम्पदालाई यसरी 'रिप्याकेज' गरिएको हुन्छ कि त्यो जताततै फैलिँदै जान्छ । नेपालमा अनेकौँ त्यस्ता साङ्गीतिक सम्पदाहरू छन््, जो दक्षिण एशियाभरि र समुन्द्रपार पनि फैलिन सक्छन् । सेलो र चुट्का, देउडा, सोरठी र धिमे, ढोलक र पञ्चेबाजामा आधारित सङ्गीत यसका केही उदाहरण हुन् । यस्ता स्थानीय साङ्गीतिक सम्पदाको भरमा रचिएका मौलिक र मनोरञ्जनात्मक प्रस्तुति नै नेपाली सङ्गीतको विकासमा सबैभन्दा सफल प्रयोग बन्न पुगेको हामी पाउँछौँ । उत्तर र पश्चिम अप्रिmकामा यस्तो विश्व सङ्गीतको 'ट्रेण्ड' शुरु भएको आधा शताब्दी भइसक्यो र युरोपीय संस्कृतिले पनि यसलाई राम्ररी अङ्गीकार गरिसक्यो । त्यस्तै स्थान ओगट्ने क्रममा छ पञ्जाबी भाङ्गडा पनि । नेपालका स्थानीय लोक सङ्गीतले पनि यसैगरी विश्वको प्यास मेट्ने साङ्गीतिक सौगात दिन सक्छन्, र यसको सुरुआत नेपथ्यको 'भेडाको ऊन जस्तो' अल्बमले गर्न सक्छ । आजका नयाँ ब्याण्डहरूको चर्चा गर्दा यहाँ पियानो, गितार, 'ब्रास र इस्ट्रूमेण्ट', भायोलिन र म्याण्डोलिन जस्ता गैर-नेपाली वाद्ययन्त्रहरू तिनले भित्र्याएका होइनन् भन्ने कुरा बिर्सनुुहुन्न । सन् १९५० को दशकतिर यस्ता यन्त्रहरू भित्र्याउने श्रेय अम्बर गुरुङ, नातिकाजी, कुमार बस्नेत, गोपाल योञ्जन, बच्चु कैलाश, मदन परियार, शिवशङ्कर, नारायणगोपाल, दीप श्रेष्ठ आदि नेपाली सङ्गीत जगतका नक्षत्रलाई जान्छ । यसले त्यतिबेलै नेपाली लोकसङ्गीतलाई त छोएन, तर काठमाडौँ उपत्यका, पहाड-मधेश, दार्जीलिङ र धरानको आधुनिक सङ्गीतलाई भने ठूलो प्रभाव पार्?यो । यो पीढीले दक्षिण एशियाको शास्त्रीय र हल्का-शास्त्रीय सङ्गीतमा युरोपेली 'कोर्डल/हार्मोनिक' संस्कारलाई मिसाउँदै नेपाली आधुनिक सङ्गीतको आविष्कार नै गरिदियो । पर्ूर्वीय र पाश्चात्य परम्पराको यस्तो मेलकै सफलता हो, आज हामी नेपाली आधुनिक सङ्गीतलाई परम्परागत साङ्गीतिक संस्कारको रूपमा लिन्छौँ । नेपाली आधुनिक सङ्गीत भनेको समकालीन नेपालकै एउटा मौलिक उत्पादन हो, जुन विधामा विगत, वर्तमान र भविष्यका नेपालीहरूले सर्म्पर्क गर्नसक्ने साङ्गीतिक र सांस्कृतिक भावहरू सम्मिश्रति छन् । सङ्गीत बगिरहेको नदी हो, जसलाई कुनै एक ठाउँमा उभिएर परिभाषित गर्न मिल्दैन । तैपनि नेपाली आधुनिक र पपलाई परिभाषित गर्ने प्रयास गरौँ । नेपाली आधुनिक सङ्गीत भन्नाले सन् १९५० को दशकदेखि रेडियो नेपालले प्रसारण गरेको सबै सङ्गीतलाई मान्न सकिन्छ, जो पर्ूववर्ती विधा जस्तै लोक, भजन इत्यादिमा आधारित थिएनन् । यो विधासँग निकट या अर्ध निकट सम्बन्ध राख्ने सबै समसामयिक सङ्गीतलाई पनि नेपाली आधुुनिक सङ्गीतको संज्ञा दिन सकिन्छ । फराकिलो हिसाबले भन्ने हो भने सबै लोकप्रिय समसामयिक नेपाली सङ्गीतलाई 'नेपाली पप' पनि भन्न मिल्छ । तर यो विश्लेषकको परिभाषामा नेपाली पप भनेको नेपाली आधुनिक सङ्गीतको संस्कारसँग केही सम्बन्ध नभएको आजका युवाले युवाकै लागि प्रस्तुत गर्ने सङ्गीत हो । शायद यसै कारणले नेपाली पपमा गैर दक्षिण एशियाली प्रभाव पर्याप्त पाइन्छ । नेपाली आधुनिक सङ्गीतका स्रष्टाहरू गोपाल योञ्जन, अम्बर गुरुङ या दीप श्रेष्ठले पाश्चात्य सङ्गीतलाई यस्तो शैलीमा ढालेर भित्र्याएका हुन्छन् कि त्यसलाई विदेशी वा स्वदेशी भनेर खुट्याउनै गाह्रो हुन्छ । आजका न्हृयू बज्राचार्यले आफ्ना सिर्जनामा नेपाली आधुनिक सङ्गीत अर्न्तर्गत कम्पोज गरेका भए पनि उनको पप धून पूरै समसामयिक -कन्टेम्पोरेरी) सुनिन्छ । त्यसैले कुन नेपाली आधुनिक र कुन नेपाली पप केलाउन पक्कै पनि गाह्रो छ । यसरी छुट्याउन नसकिनुलाई राम्रै पनि मान्नर्ुपर्छ । कुन्ती मोक्तानका दर्ुइ छोरी शीतल र सुवानीको गायन पूरै समसामयिक या पप ढाँचाको छ । तर पनि त्यसमा उनीहरूले अन्तरा र स्थायीको प्रयोग गरेका छन् । लोक-रक या नेपाली पपको कुरा गर्दा नेपथ्य या १९७४ एडी जस्ता समूहहरूले नेपाली सङ्गीतलाई हल्का बनाइदिएका छन् भन्ने गुनासो पनि सुनिन्छ । भनिन्छ, यिनीहरूले साङ्गीतिक सीपभन्दा वाद्यवादन प्रविधि र स्टेजको तडकभडकलाई बढी ठाउँ दिएका छन् । हो, नेपाली आधुनिक या लोकगीतका गायक पनि सबै राम्रा छैनन् । कैयौँ सीडी र क्यासेटहरू नबिकेर म्यूजिक पसलमा थुप्रिरहेका देखिन्छन् । कैयौँ कमसल ब्याण्डहरूले फ्यूजनको असफल प्रयोग गरेका छन् भने केही पोख्त ब्याण्डहरूले शुद्ध 'नेपाली आवाज' सुन्न पाइने अति सुन्दर सङ्गीत प्रस्तुत गरेका छन् । उनीहरू परम्परागत गोरेटो छाडेर यताउता लागेका हुन् भने त्यस्तो काम यसअघिका गायक-सङ्गीतकारहरू गोपाल योञ्जन, अम्बर गुरुङ, दीप श्रेष्ठ र शम्भुजीत बाँस्कोटा जस्ता उर्वर साङ्गीतिक प्रतिभाले पनि गरेकै हुन् र गरिरहेकै छन् । आखिर सङ्गीतको मूल्याङ्कन गर्दा कुन 'मिसावट' र कुन 'शुद्ध' भनी पहिल्याउनुको साटो कुन सुन्दा राम्रो लाग्छ र कुन सुन्दा राम्रो लाग्दैन भन्ने महसूस गर्नु पर्दछ । अमेरिकी ज्याज्का प्रख्यात पर््रवर्तक ड्यूक एलिङ्गटन्ले भने जस्तै, "सुन्दाखेरि राम्रो लाग्छ भने त्यसलाई राम्रै भन्नु पर्?यो... ।"
Read Full Discussion Thread for this article