cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके...

[Please view other pages to see the rest of the postings. Total posts: 54]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 20014 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 02-26-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।

मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर ! ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!
उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश !

क्रमश:................................... ...
Last edited: 26-Feb-08 08:28 PM

 
Posted on 02-27-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am so sorry, katha chhoto chhoto ma break launu parya bhayera, khas, I had an exam today. I just finished my exam ani school ma no unicode. So, kaam pani chhina fursad pani chhina bhanya jasto, time ni chha but unicode chhina so post garna paina. Friday samma ma purai katha paskinchhu ,sure. ललिपप चाटेर फेरी फिर्ता राखिदेको जस्तै लाग्यो re,
Last edited: 27-Feb-08 04:11 PM

 
Posted on 02-27-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहिनी को लेखाइ त एकदम राम्रो छ। तर अली लामो लेख्न मिल्दैन भन्या?  पढ्न सुरु गरेको छैन सकी हाल्ने क्या .. बाँकी कथा पनि चाडै पढ्न पाइयोस।
 
Posted on 02-27-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दो दिल मिल रहें हैं मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके

" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।

मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर ! ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!

उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश ! शुरु शुरु मा म उसलाई फुटेको आँखाले पनि देख्न सक्दिनथें । खुब काम लगाउँथ्यो मलाई ! " चेली ! तिम्रो Design Portion  सकिन लाग्या छ हैन ! आज त्यो सकेर यो Data Analysis गरिदेउ न है , अलि  Important  छ  यो ।" म अफिस पुग्ने बित्तिकै धेरै जसो यस्तै यस्तै भन्ने गर्थ्यो उ । "माइक्रो बस नपाएर, कति दु:खले हिड्दै आउँदैछु, आउने बित्तिकै काम लाउँछ ; खुब हाकिम भइखाको " यस्तै सोचेर मुर्मुरिन्थें म । तर बिस्तारै उसको मीठो बोली र सहयोगी भावनाले मेरो मनमा छाप छोड्न थाले । मैले गल्तीहरु गर्दा पनि उ कहिल्यै रिसाउँदैनथ्यो, सँधै राम्रो सँग सिकाउँथ्यो, कहिल्यै झर्कोफर्को गर्दैनथ्यो  ।


"चेली ! तँ त क्या लक्की यार, रोशन सरको टिममा छेस्, त्यस्तो Soft, Understanding बोश पो पाउनु " साथीहरुले भन्ने गर्थे मलाई । हुन पनि हो, मेरा साथीहरु कहिल्यै टाइममा घर जान पाउँदैनथे । छुट्टिको दिन पनि आएर पेलिन्थे, मैले भने कहिले त्यस्तो पेलिनु परेको थिएन ।  यिनै  सब कुराहरुले होला शायद, उ मलाइ राम्रो लाग्न थालेको थियो ।


एक हप्ता जस्तो अगाडि मात्र त हो, रक्षाले " तर हाम्रो रोशन सरको नाक अलि कार्टुन छ है " भनेपछि केटीहरु गललल हाँसेका थिए ।  त्यस बेला मलाई भने झनक्क रिस उठ्यो " नाक जस्तो भए नि के त, बानी बेहोरा मा उ जति राम्रो यो अफिसमा अर्को छैन क्यारे, फेरि केहि  कार्टुन पनि छैन ल प्लीज ।"  प्वाक्क बोलेंछु म । त्यति पाए पछि केटीहरुलाई के चाहियो, मलाई जिस्काउनथाले उनिहरु । म रिसाए जस्तो गरेर त्यहाँबाट हिंडें । मेरो मनमा त्यसबेला एउटा आँधि नै जस्तो चलिरहेको थियो, आँधि खुशीको थियो, डरको थियो या अरुनै केहीको म भन्न सक्दिन तर त्यस्तो, मेरो मनमा पहिने कहिले भएको थिएन । कहाँ हिंड्दै थिएँ थाह छैन तर हिंड्दै थिएँ म अलि अलि होशमा अलि अलि बेहोशमा । अचानक केहीमा ठोक्किएँ म । " चेली ! यस्तो आत्तिएर कहाँ हिंडेकी तिमी, सन्चो छैन कि क्याहो?" उसको मीठो स्वरका वेभहरुले फेरि मेरो  eardrum vibrate गराए । अनि पो झल्याँस्स भएँ म, निद्राबाट ब्युँझे जस्तै । "हैन केही छैन, I am so sorry, म सरसँग ठोक्किएँछु ।" यति भनेर दौडदै म आफ्नो सीटमा गएँ ।

त्यसदिन राति निकै सोचें मैले । रातभरि आफूले उसको लागि अनुभुत गरेका कुराहरुको जोड घटाउ गरे पछि एउटै निष्कर्श निस्कियो, उसलाई आफ्नो मनमन्दिरमा बसाइसकेको, र उसलाई हृदयदेखिनै माया गर्न थालेको कुरा मैले त्यसदिन बल्ल पो बुझें । तर आफ्नो मनमा चलेको आँधिलाई आफ्नै मनमा सिमीत गर्ने निर्णय मैले त्यसै दिन गरेकीथिएँ । उसका अगाडि आफ्नो प्रेम प्रस्तुत गरेर, बहिष्कृत हुन चाहन्नथें म।

फेरि म मध्यम वर्गिय, परम्परागत परिवारकी छोरी, हाम्रो परिवारमा प्रेम विवाह पचाइन्न । रोशनको कुरा बाआमा समक्ष राखेर उहाँहरुको म प्रतिको अपार स्नेह र विश्वास गुमाउन पनि चाहन्नथें । एकातिर मैले पहिलो पटक मनपराएको यस्तो मान्छे, जो मेरो बारे मा के सोच्छ भन्ने समेत मलाई थाह थिएन, अर्कातिर मेरा परिवारका तमाम शदस्यहरु ।

हिजोआज मेरा दिनहरु यस्तै ताना बाना बुन्नमा नै बित्छन् । एउटा अनौठो वातावरण छाइरहन्छ मानसपटलमा, न कसैसँग बोल्न मनलाग्छ, न केही रमाइला काम गर्न नै । अफिसमा हुन्जेल, रोशनको अघिपछि घुमिरहन मनलाग्छ, उसँग बोलिरहन मनलाग्छ, घर आएपछि भने कस्तो कस्तो हुन्छ, झर्को मात्र लाग्छ । त्यसैले आहिले भाइले गीत गाएको सुन्नपनि मलाई झर्को लागेको हो ।

" छोरी ! के गरेर बसेकी तँ यहाँ, हिजोआज बोलेको पनि देख्दिन, के भो ?" मेरो कोठाभित्र छिर्दै सोध्नुभो आमाले । " केही होइन, अफिसमा कामको अलि प्रेशर छ अहिले, अनि पढ्नु पनि छ त्यसको लागि अलि अलि त्यसैले" मैले आमातिर नहेरी जवाफ दिएँ । म उहाँसँग नजर मिलाउन चाहन्नथें । म मेरी आमाकालागि किताब जस्तै हुँ, मेरो आँखामा हेरेरै मनको कुरा चाल पाउनुहुन्छ आमा, त्यसैले म अन्तै फर्केर बसिरहें ।

"अब त ब्याच्लर लेभल पनि सकियो, मास्टर्स यहाँ गर्दिन भन्छेस्, आफ्नो खुट्टामा पनि उभिइहालिस्, बिहे गर्ने उमेर पनि भयो, तेरो के छ विचार ?"

म छाँगाबाट खसेजस्तै भएँ , आफ्ना मनका भावनालाई रोशनका अगाडि छताछुल्ल पोखिदिने हिम्मत नभएपनि, उ आशिन भएको मेरो मनमन्दिरको सिंहाशनमा अरु कसैलाई राख्ने पक्षमा म कदापि थिइन । मलाई के गरुँ के नगरुँ भयो ।

"के भो ? किन नबोलेकी ?" फेरि सोध्नुभो आमाले ।

"आमा.... म...... रोशन...... हुन त उसले मेरो बारे मा के सोचेको छ मलाई केही थाहछैन , न त मैले आफ्नो बारेमा नै उसलाई केही भनेकी छु, मेरो केही गल्ती छैन आमा, उसलाई मैले कहिले देखि मनपराउँनथालें, त्योपनि मलाई राम्रो थाह छैन, तर अहिले नै बिहे ?? "

मेरो गालामा एक झापड कस्ने हुनु भो आमाले झस्तो लागेकोथ्यो मलाई तर हान्नु भएन , शान्त हुँदै भन्नु भो - " हेर् नानी!! जीवन सुखी बनाउनु छ भने बिहे उसँग गरेको राम्रो, जसले आफूलाई माया गर्छ , तलाई केहि कर छैन, पढेकी, बुझ्ने छोरी जे ठिक लाग्छ गर तर भोली, एकजना आउँदैहुनुहुन्छ, तँलाई भेट्न, उहाँ आफ्नो छोराको बिहेको कुरा लिएर आउँदैहुनुहुन्छ, राम्ररी भेट् । निर्णय जे गरेपनि पछि गर्नु । " 

 के गर्ने के नगर्नेको रनभुल्लमा परें म । आमाले भनेको कुरा ठिकै पनि हो । म रोशनको एकतर्फि प्रेममा परेर मेरा बा आमाको शिर झुकाउन चाहन्न । मैले रोशनलाई मनपराउनु भनेको एउटा बालकले चन्द्रमालाई मनपराउनु जस्तै हो फेरि, रुप, शीप, योग्यता लगायतका तमाम कुराहरुमा  उ म भन्दा धेरै माथि छ ।  यही सब सोचाइमा यो रात पनि बित्यो ।

पहिले पहिले कसैले "केटी हेर्ने" भनेर कुरा मात्र गर्यो भनेपनि, मेरो पारो तात्थ्यो, "पसल मा सजाएर राखेको गुडिया हो केटी ?" यस्तै भन्थें म, तर आज मौन छु म । कुनै कुरामा कसैसंग विद्रोह गर्ने क्षमता नभएजस्तै भएको छ मलाई, आफूलाई युद्धमा हारेर फर्केको सैनिक जस्तै मानिरहेकी छु म ।

आफ्नै कोठामा बसेर किताब हेरिरहेकी थिएं म, बाहिर को को मान्छे आएको, गफगाफ गरेको पनि सुनिरहेकीथिएं । मनमा एकतमासको ढ्याङ्ग्रो बजिरहेको थियो ।

"चेली, भित्र के गर्दैछ्यौ छोरी बाहिर आउ त । " अरु बेला तँ भनेपनि कोही मान्छे आएका बेला तिमी भन्नुहुन्थ्यो मेरा बाले ! म डराउँदै अझ भनुँ अलिअलि काम्दै बैठक कोठामा गएँ । नजर उठाएर कसैलाई हेर्ने सामर्थ्य थिएन मेरो, त्यहीपनि त्यहाँ बसेका दुई जना प्रौढ व्यक्तिहरुलाई नमस्ते गरें मैले । 

"खै छोरो पनि आइपुग्नु पर्ने हो, किन ढिलो गरेको हो " एकजना ले झ्यालबाट यसो बाहिर हेर्दै भने । 

"काठमाडौंको ट्राफिक जामले त होला नि हजुर, भनेका बेला मा को कहाँ नै पुग्न सकिन्छ र !" मेरा बाले भन्नुभो । कुरा  ट्राफिक जाममैं बढ्यो, म भनें लुसुक्क आफ्ना कोठातिर भागें ।

"को होला त्यो मान्छे, कस्तो होला ? मैले उसैसंग बिहे गर्नु पर्यो भने कसरी, के गर्ने होला ? म त रोशनलाई माया गर्छु नि, जिन्दगी अर्कैसंग कसरी बिताउने !!" भावनाका यस्तै तानाबाना फेरि बुन्न थालें म । बेकार मा त्यो अफिसमा जब पाएँछु, नपाएको भए नि हुन्थ्यो नि, हेत्तेरिका, " Love Stories only exist in reel life, not in real life" भन्ने मैले आफैं आज यो के दिन देख्नु परेको हो .......

"हजुर यहि हो उसको कोठा " मेरो भाइको आवाज सुनें मैले । लौ न !! कसलाई हो मेरै कोठामा पो ल्यायो जस्तो छ, नभन्दै मेरो ढोकाबाट "टक टक " को आवाज आयो । बोझिलो मन लिएर, रसाएका आँखा पुछ्दै, ढोका खोलें मैले ।

झसँग भएँ म, मेरा नेत्र विश्फारित भए किनकि मेरो अगाडि रोशन उभिएको थियो । 

"हेर न! आउँदा आउँदै ढिलो भयो, बुवा काकासँग त परिचय गरिसक्यौ रे होइन ?" अवाक् भएकी थिएँ म, उ आफ्नै शैलीमा बोल्दै थियो । 

"पहिले नै तिमीलाई सोध्नु भन्दा  आमाबुवा मार्फत कुरा गर्नु नै ठिक होला जस्तो लाग्यो मलाई त, साँच्चै भन्दा तिमीलाई सोध्ने मौकापनि मिलेको थिएन; तर पनि अन्तिम निर्णय त तिम्रै हुनेछ, भन न, के तिमी मसँग बिहे गर्छ्यौ ? सहयात्री बन्छ्यौ मेरो जीवन यात्राको ? " 

कति सजिलैसँग बोल्यो उ, म भने बोल्न सक्ने स्थितिमा नै छैन । मेरा आँखाबाट बाहिर झर्न आँशुका थोपाहरु तँछाड मछाड गर्दैछन् , खुशीका आँशु, जीवनमा कहिले अनुभुत नगरेको मीठो अनुभुतिका आँशु । म मेरो रोशनलाई निर्निमेष हेरिरहेकी छु, अनन्त अनन्त सम्म यत्तिकै हेरिरहन चाहन्छु पनि । अनि पर कतैबाट फेरि यो गीत बजिरहे झैं भएको छ - " दो दिल मिल रहें हैं मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके ........"

!!! समाप्त !!!!

 

  


 


 
Posted on 02-27-08 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto lucky! Mori cheli ta.

bihe kahile ni aba?


 
Posted on 02-27-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bihe aba hunchha chhitai, card pathauchhu, aau la CL


 
Posted on 02-27-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मैले रोशनलाई मनपराउनु भनेको एउटा बालकले चन्द्रमालाई मनपराउनु जस्तै हो". This line touched me.

Very Lucky Cheli !!!!

Short and Sweet.


 
Posted on 02-27-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Nepchhi Bhauju :)
 
Posted on 02-27-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त कस्तो पिर  गरि रा-- हाम्री चेलीलाई आपत आउने भो भनेर

 

"जीवन सुखी बनाउनु छ भने बिहे उसँग गरेको राम्रो, जसले आफूलाई माया गर्छ ' --अँ सायद कुरो ठिकै होला  तर म त भन्छु त्यस्लाई  जीवन साथी बनाऊ  जस्लाई तिमी मनपराउछौ --जेहोस चेलीको पुर्पुरो निकै बलियो रे'छ


 
Posted on 02-27-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मा विवाह को season चल्दै छ, हुँदा हुँदा चेली को समेट
बीहा हुने भएछ,

 
Posted on 02-27-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक कुरालाई हेर्ने दृष्टिकोणको भेद नै त होला नि शुभ, तिम्रो तर्क गलत छैन, र मेरी आमापनि सत् प्रतिशत सही हुनुहुन्छ ।

लहरे!! अरु त एकपल्ट बिहे गर्छन्, तिमी "घरवाली बाहरबाली" भन्छौ र पो चित्त बुझ्दैन त!! बेलैमा विचार गर है बाबु, "दुइ जोई को पोइ कुना पसी रोई" होला !

 


 
Posted on 02-27-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

चेली ,

आमाले भनेको त प्रतिशत नलाए पनि सत्य हुन्छ  :)

 आमाको  सेता केशराशीहरु  पुरै जिन्दगीको अनुभवले  सु-सज्जित भएकाछन नि  त (मेरोआमाको  सबै रौं सेतै छन के त्यै भ'र ) 

अर्को पनि चाँडै पढ्न पायियोस है त 

 

'---- कुना पसी रोई" होला !" 

 


 
Posted on 02-27-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आमाले भनेको त प्रतिशत नलाए पनि सत्य हुन्छ " yo chhin 100 % right la.


 
Posted on 02-27-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसोभा अघि मैले पहिलो चोटि  लेख्या कति %  राइट थियो त?

 

 


 
Posted on 02-27-08 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo chhin 99 % jatti hola. re kya!!
Aba right, wrong ta malai k tha, But kura kunai pani aafai ma wrong or right hunna, sabai perception ko khel ho bhanna matra khojeko ni maile.

 
Posted on 02-27-08 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Story ramailo lagyo. Aru pani lekhdai gara, Cheli.
 
Posted on 02-28-08 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yakku, story Ramailo lageko ma Dhaynyabad. :)
 
Posted on 02-28-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाईले ढोका ढक्ढक्याने बित्तिकै मैले त सन्का गरिसकेको थिए पक्कै रोशन हुनु पर्छ भनेर.... नभन्दै
आखिर सबैको कथामा भाई किन हुन्छ आजकाल हँ?
यो भाईको रोल चाँही सुपरहिट नै हुने भयो साझामा

राम्रो छ चेलीको कथा ! बिहेको भोज थाहा पाउ है त


 
Posted on 02-28-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए चेली आफुले मन पराको मान्छे यती सजिलै पयिन्छ भनेको, यस्तो हुँदो होत देब्दास, मुना मदन, हिर रन्जा जस्तो कृति हरु हुँदैने थिए होल।। लौ जे भएनी, कथा ko अन्त्य चै सम्योगान्त रहेछ, बियोगान्त हुन्छकी भन्ने सन्खा थियो मलाई त।।
 
Posted on 02-28-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! दामी छ लेख्ने शैली चेलीको! पटकथा र प्रस्तुती आकर्षक छन्।
भनेपछि कस्तो संयोग परेको वाह! मनपर्या मान्छेले नै माग्न आउने! भाग्यमानी रैछौ!


 
Posted on 02-28-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनपराको मान्छेलाई सजिलै पाईंदैन होला नि हर्के दाई जिन्दगीमा, तर कथामा पनि जिन्दगीकै कुरा भयो भने त के रमाईलो हुन्छ होला र!! जिन्दगीमा आइलाग्ने अप्ठ्याराहरुलाई कथामा पनि किन ल्याउनु होइन र ?
धन्यबाद हर्केदाइलाई अनि चित्रेलाई पनि, अमूल्य समय निकालेर पढिदिनुभएकोमा !!
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters