[Show all top banners]

kya_naam_disturb
Replies to this thread:

More by kya_naam_disturb
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

emerald911
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली, झापाली, बाहुन बाहुन, झापाली, नेपाली
[VIEWED 8779 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-09 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.dainikee.com/newsdetail-11065.html

व्रतबन्धको एक वर्षजति मैले जनैको निष्ठापूर्वक ख्याल राखेँर त्यसको
औचित्य प्रमाणित गर्न नसकेपछि उतारेर देउनिया खोलामा बगाइदिएँ। त्यसपछि
जनै नलाई नहुने श्राद्धादि धार्मिक अनुष्ठानमा केही घण्टा असहजतापूर्वक
झ्ुण्ड्याउने बाहेक स्वेच्छाले कहिल्यै भिरिनँ। यस पटक पशुपतिका ब्राह्मण
पुजारीहरूको बलपूर्वक जनै चुँडाइएको घटनाले भने मलाई फेरि जनै लगाउन
प्रेरित गरेको छ।


जनै कुनै पनि अर्थमा मेरो पहिचान होइन। म नेपालमा हुँदा झ्ापाली र नेपाल
बाहिर हुँदा नेपाली हुन्छु। नेपाल बाहिर बस्ने हुनाले गैरआवासीय नेपाली
पनि भनिन्छ। वातावरणमा रुचि राख्नेहरूमाझ् म वातावरणविद् रराजनीतिमा रुचि
राख्नेहरूबीच लोकतन्त्रवादी पनि हुँ। मेरो आफ्नै परिश्रमले आर्जेका यी
परिचयमा जनैको कुनै भूमिका छैन। तर मुलुकको जातीय राजनीतिका मसिहाहरू मलाई
आफ्ना तमाम परिचय बिर्सेर जबरजस्ती हिन्दू तागाधारी पुरुष ब्राह्मण भएको
स्मरण गराइरहन चाहन्छन्। यसरी मभित्र साम्प्रदायिक भावना भड्काउने तिनको
प्रयासलाई नसुने वा नदेखे झ्ैँ गर्दै आएको मेरो मौन प्रतिवाद क्रमशः कमजोर
र क्षीण हुँदै गएको छ।


मेरो घर विश्वका करोडौँ हिन्दूहरूको तीर्थस्थल पशुपतिनाथ नजिकै भए पनि
विदेश बसाइँको कारण मलाई पशुपतिको दर्शन गर्ने मौका कहिलेकाहीँ नेपाल
जाँदा मात्रै मिल्छ। तर समय नपुगेर कहिलेकाहीँ त्यही अवसर पनि पूर्ण उपयोग
गर्न सक्दिनँर नजिकको तीर्थ हेलाँको परम्परा अपनाउँछु। हुन त केही
महिनाअघिसम्म मैले दर्शन गर्नु र नगर्नुले पशुपतिनाथको महत्ता एवं गरिमामा
कुनै फरक परे जस्तो मलाई लाग्दैनथ्यो। सायद यस्तै भ्रमवश म जस्ता अरू
लाखौं हिन्दू पनि पशुपतिनाथको दर्शन गर्न जाँदैनन्। त्यसैले निरीह
धर्मभीरु वृद्ध-वृद्धाको भीडले भरिने पशुपति अहिले धर्मलाई अफिम ठान्ने
बलिष्ठहरूको ताण्डवले आक्रान्त छ। ती नित्यपूजामा व्यवधान पुर्‍याउँछन्,
भक्तहरूको आवागमनमा अवरोध सिर्जना गर्छन्, गुप्तवास बसेका पुजारीहरूलाई
लछारपछार गर्दै जनै चुँडाइदिन्छन्। धर्मप्रति कुनै आस्था एवं सरोकार
नभएकाहरूको नेतृत्वमा सञ्चालित यो डरलाग्दो भीड अहिले पशुपतिका पुजारीको
योग्यता निर्धारण गर्ने खतरनाक भूमिका निर्वाह गर्न उद्दत देखिन्छ।


पशुपतिमा भारतीयको सट्टा नेपाली नै पुजारी होउन् भन्ने चाहना कुन
नेपालीलाई नहोला? तर के त्यो हाम्रो मुलुकको अहिलेको प्रमुख अजेण्डा हो?
त्यसबाहेक यो मुलुकमा गर्न बाँकी कुनै काम थिएन? भीडले जे चाह्यो त्यही
मात्र हुने परिस्थिति सृजना भएको यो मुलुकमा केही मान्छेहरू यसलाई नागरिक
सर्वोच्चताको सुकिलो आवरणले ढाक्ने असफल चेष्टा गरिरहेका छन्। राज्यले सबै
कुराको संरक्षण गरिदिने परम्परामा हुर्किएकाले हुन सक्छ, नेपालका
हिन्दूहरू आफ्ना आराध्यदेवको त्यो स्तरको हुर्मत लिइँदा पनि मौन छन्।


पुजारीको जनै चुँडाइएको अपराधमा मिडियामा पनि बहस भएन, बरु गुप्तवास पूरा
नगरेको र जनै चुँडिएको ब्राह्मणले पूजा-अर्चना गर्न मिल्छ कि मिल्दैन
भन्ने अनौठो छलफल चलाइयो। ठूला-ठूला हिंसा पचाएको मुलुकमा ब्राह्मणलाई
पिटेर जनै चुँडाइनुलाई गम्भीर घटना नठानिनु स्वाभाविकै होला! आधुनिक
लेनिनहरू र आफूलाई मात्र भूमिपुत्र-पुत्री ठान्ने जातीय राजनीतिका सामन्ती
ठेकेदारहरू हाबी भएका हाम्रो मुलुकमा ब्राह्मणले दलाल, पूँजीपति र
साम्राज्यवादीको पृष्ठपोषण गर्छ भन्ने ठानिन्छ र तिनको सार्वजनिक
मानमर्दनलाई कथित क्रान्तिकै एक अङ्ग मानिन्छ। जाजरकोटमा जीवनजल नपाएर
मरणासन्न बाहुनलाई पनि सामन्ती वर्गको प्रतिनिधिपात्र मानिन्छ, किनकि ऊ
धर्म जस्तो अप्रगतिशील कुरामा विश्वास गर्छ, थोत्रो कर्मकाण्डका कुरा गरेर
शोषणको संस्कारलाई निरन्तरता दिन्छ। त्यो लिखुरे बाहुनको छातीमा सगर्व
बाँधिएको जनै यथास्थितिको यस्तो बिम्व हो, जसलाई धुजाधुजा नपारी नयाँ
नेपालको प्रलयकारी यात्रा पूरा हुन सक्दैन। मुलुकमा अहिले नागरिक
सर्वोच्चताको यस्तो बिगबिगी छ, ठूला-ठूला दलका नेता नै हिम्मत भए जेल
हालेर देखा भनेर राज्यलाई चुनौती दिन्छन्। राज्यले नै त्यो स्तरको निरीहता
प्रदर्शन गरिरहेको अवस्थामा म जस्तो एउटा सामान्य मानिसले विरोधस्वरुप जे
गर्न सक्थ्यो त्यही गरेँ― हो, मैले जनै लगाएँ!


पशुपतिका पुजारी पिटिएको, तिनको जनै चुँडाइएको घटनाले म जस्तो धर्मप्रति
खासै आसक्ति नभएको मान्छेले समेत यति मर्माहत हुनुपर्‍यो भने जो
धर्मविनाको जीवनको कल्पनासम्म गर्न सक्दैन, पशुपतिलाई आफ्नो नाथ ठान्छ,
नित्यपूजामा व्यवधान पुगेर भगवान् भोकै सुत्दा निराहार मौन व्रत बसेर
प्रभुसँग क्षमा माग्छ र सर्वे भवन्तु सुखिनः को गीत गाएर परमात्मासँग
विश्व कल्याणको याचना गर्छ, उसलाई कति पीडा भएको होला? यो आस्थाको कुरा हो
र विधिको शासन भएको सभ्य मान्छे बस्ने मुलुकमा कसैको धर्म, सम्प्रदाय र
पहिचानमाथि यस किसिमको जघन्य खेलबाड कदापि हुँदैन। तर बाहुन, झापाली,
नेपाली हुँदै मानिसको पहिचान बनाएको मलाई पुनः बाहुन बनाउन भइरहेको
षड्यन्त्रलाई रोक्ला कसैले!

(jugal_bhurtel@yahoo.com)

साभारः हिमाल खबरपत्रिका






 
Posted on 11-07-09 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम सामयिक ब्यग मिठो लाग्यो।
 
Posted on 11-07-09 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good One.


I had the same reaction when I first heard the news.


This is just an opinion though, everyone are entitled to think their own way.


 
जोकरफाल्टु
Posted on 11-07-09 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थप बहस आवश्यक:  ब्यक्तिगत आस्था, बिश्वास र हालैको टेक्सास घटना !


 
Posted on 11-07-09 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा भुझनु पर्‍यो पहिला


पशुपती को मनदिरमा ९९% जती सबै चोर, फता, लोभी, पापी, दुस्त, बैमानी र गुशिया पनडितहरु छन। दिउसो दिउसो पन्दिताइ गरेजस्तो गर्ने र राती राती भात्ती, जुवा र रन्डी तिर जने गरेको समाजहका मनिषहरुले देखेको छन।


----------------------------------------------------------------------------------------------


News Report...


पशुपतिका पुजारी रातभर रक्सी खाँदै डान्सरसँग:-

पशुपतिनाथ मन्दिरका दुई पुजारी (भण्डारी)हरू रातभर राजधानीका डान्स रेस्टुरेन्टमा झुम्ने गरेको आरोप लगाउँदै पशुपतिमा नयाँ पुजारी नियुक्ति संयुक्त संघर्ष समितिले हिजो पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा दुई पुजारी सानुबाबु भण्डारी र जितेन्द्र राजभण्डारी एक युवतीसित रेस्टुँरामा बसेको देखिन्छ। स‍ंघर्ष समितिले यो फोटो पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने एक भक्तले उनीहरुलाई चिनेर डान्स रेस्टुरेन्टमा खिचेको बताएको छ।

एउटा फोटोमा त चन्दन लगाएका पुजारीले युवतीलाई अ‍ंगालो मारिरहेको देखिन्छ। पशुपतिका भण्डारीहरु शुद्ध हुनुपर्ने मान्यता छ। उनीहरुले मासु, रक्सी, लसुन, प्याज जस्ता खानेकुराहरु खान हुँदैन। उनीहरु शुद्ध शाकाहारी हुनुपर्छ।

समितिका संयोजक ऋषिप्रसाद शर्माले पत्रकार सम्मेलनमा पशुपतिमा चढाइने दैनिक डेढ लाखदेखि दुई लाख रुपैयाँको भेटी सार्वजनिक नगरी मिलिजुली खाने भारतीय भट्ट र नेपाली भण्डारीहरुले रक्सी र वेश्यावृत्तिमा खर्च गरिरहेको आरोप लगाए।

उनले पवित्रताको नाममा अश्लीलता प्रदर्शन गर्ने भण्डारीलाई तत्कालै पुजारीका रूपमा काम गर्नका लागि रोक लगाउनुपर्ने माग गरे। भारतीय भट्ट र भण्डारीले पशुपतिनाथ मन्दिरमा बसेर गरिरहेका कुकृत्य नरोके आउँदा दिनमा पनि भण्डाफोर गर्दै जाने चेतावनी पनि उनले दिए।

सङ्घर्ष समितिले भारतीय पुजारीलाई पशुपतिबाट हटाई त्यहाँको भेटी सार्वजनिक गरी नेपाली पुजारीद्वारा पूजाआजा गर्ने व्यवस्था मिलाउन माग गर्दै आएको छ।

हिजो पुजारीको फोटो प्रमाण सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरिए पनि आज राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट र जनदिशाले मात्र यो समाचार छापेको छ। अन्नपूर्ण पोस्टलाई प्रतिक्रिया दिँदै फोटोमा देखिएका जितेन्द्र राजभण्डारीले ‘हिजो साँझ चाबहिलको एउटा डान्स रेस्टुराँमा घुम्न गएको हो तर खान गएको हैन’ भनेका छन्। रेस्टुराँ सञ्चालकले यी भण्डारीहरु नियमित ग्राहक भएकोले आफ्नो परिचय नखुलाउन भनेको पनि शर्मालाई उदधृत गर्दै समाचार छापिएको छ। जनदिशा दैनिकले फोटोसहित छापेको समाचारमा लेखेको छ- पशुपतिमा उठ्ने करोडौँको भेटी अधिकांश मूलभट्टले र बाँकी भण्डारीहरुले बाँडिचुँडी खान्छन्

News form mysansar.com


 


 



 
Posted on 11-07-09 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

murkha mayalumaya! paila afu kura bujne ki- pasupati ka pujari ( bhatta india ka ra nepal ka rajbhandari (newar) hune garchan ra dance bar ka kta haru RAJBHANDARI thar ka hun..kura paila afain paila bujne hoki!

timlai dekhera malai bhanna man lagyo "murkha lai gyan pachdaina" bhurtel le lekheko bujne timro bela bhakai raina re cha..

 
Posted on 11-07-09 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mayalumaya is just a BRAINLESS, angry P*ssy. Bi*ch thinks everybody that does bad is bahun and chettris. Get some education bi*ch. Get life.
 
Posted on 11-07-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 







 

ayalumaya is not a nepali ....that sob is maoist and thats what they do.....they want ordinary nepalese to fight in the name of caste, religion and all nonesense to grab the power and make everyone भेंडा like this blood sucker mofo.


 
Posted on 11-07-09 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this mayalumaya is a fugkin* gay who was *ucked by prachanda, upendra yadav, all those there in picture

he forogt to post his favourite picture





 
Posted on 11-08-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All of you guys got this wrong.
I posted this message to show that how are we losing our identity as Nepali while trying to gain individual identity.

Try to learn something good or be able to hear others opinion, why we always fight to prove our point


Last edited: 08-Nov-09 02:41 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters