[Show all top banners]

eternalbliss
Replies to this thread:

More by eternalbliss
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 At last, mysansar speaks about video: नायक प्रचण्ड रातारात खलनायक
[VIEWED 12062 TIMES]
SAVE! for ease of future access.
Posted on 05-05-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नायक प्रचण्ड रातारात खलनायक

Filed under: Uncategorized — admin @ 12:23 am
संविधान सभाको चुनाव हुनुअघि माओवादी अध्यक्ष एवमं ‘जनमुक्ति सेना’ तत्कालीन ‘सुप्रिम कमान्डर’ प्रचण्डले १६ महिना अघि पार्टीको आन्तरिक प्रशिक्षणमा गरेको भाषणको भिडियोले अहिले देशलाई तरंगित बनाइरहेको छ। भिडियोमा प्रचण्डले बोलेका केही कुरा अहिलेसम्म गोप्य रहेका विषय थिए। सात आठ हजार मात्र वास्तविक सेना भएको तर राष्ट्रसंघीय प्रमाणिकरणमा २१ हजार पुर्‍याएको उनले खुलासा गरेका छन्। यसले संयुक्त राष्ट्र संघको नेपाल मिसन (अन्मिन) समेत विवादमा तानिने पक्का छ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा घोषणा गरेको केही घण्टापछि सोमबार राति इमेज च्यानलले एक्सक्लुसिभ भन्दै यो भिडियो प्रसारण गरेको थियो। देश संकट र अन्यौलको अवस्थामा रहेको बेला देशवासीका नाममा सम्बोधन गरी अप्रत्याशित रुपमा राजीनामा घोषणा गरेपछि प्रचण्डको उचाइ सर्वसाधारणमाझ बढेको थियो। उनले सम्बोधनमा शब्द पनि त्यस्तै प्रयोग गरेका थिए- हामी विदेशी प्रभुका सामु झुक्दैनौ, कुर्सीका लागि विदेशीको मुख ताक्ने स्थितिको अन्त्य भइसकेको देखाउन चाहन्छौँ। अनि हाम्ले त्यति धेरै सिट ल्याएर चुनाव जित्दा नि हामीलाई सरकार बनाउन नदिएर गिरिजाले चार चार महिनासम्म राजीनामा नदिएर कुर्सीमा टाँसेर बस्यो, मैले त संकट आउनासाथ नैतिकताका कारण खुरुक्क राजीनामा दिएँ भन्ने शैलिमा नैतिकवान नेताका रुपमा नायकको छवि जनतामाझ बनेको थियो। यो भिडियोपछि उनी रातारात खलनायकमा परिणत भए।


ध्यान दिएर विश्लेषण गर्ने हो भने माओवादी र उसको विरोधी दुवै पक्ष अब युद्धमा उत्रिएको देखिन्छ। अहिलेलाई यो युद्ध प्रोपागन्डा युद्धमा सीमित छ। अब यस्तै हुने हो भने वास्तविक युद्धमा नै परिणत हुन बेर लाउँदैन। दुवै पक्ष रणनीति बनाएर योजनावद्ध रुपमा नै लागेको देखिन्छ। कटवाललाई हटाउन नसके सत्ता छाड्छु भनेर माओवादीले त्यसै भनेका थिएनन्। भारतले विरोध गर्दागर्दै कटवाललाई हटाउँदा सत्ता छाड्नु पर्ने स्थिति आउन सक्छ भनेर नसोच्ने लाटा प्रचण्ड पक्कै पनि छैनन्। सत्ता छाडेपछि के गर्ने भन्ने पूरै रणनीति बनाएर मात्र उनीहरुले राजीनामा दिएका हुन्। अर्को पक्ष पनि योजनावद्ध रुपमा नै लागेको हो। नत्र १६ महिनाअघि जति बेला प्रचण्ड विद्रोही नेताबाट शान्ति प्रक्रियामा आएको नेतामात्र थिए, र जसले पार्टीको आन्तरिक प्रशिक्षणमा भाषण गरिरहेका थिए, त्यो भिडियो एकाएक उनको राजीनामा कै दिन सार्वजनिक हुने थिएन। एक दिन अघि वा एक दिनपछि पनि हैन, त्यो भिडियो सोही दिन प्रसारण भएको छ।

कहाँबाट आयो भिडियो ?
८० मिनेट लामो यो भिडियो कसरी कुन स्रोतबाट प्राप्त गर्‍यो, प्रसारण गर्ने इमेज च्यानलले बताएको छैन। तर, प्राप्त जानकारी अनुसार भिडियो अर्को एउटा टेलिभिजन च्यानललाई उपलब्ध गराइएको थियो- एभिन्युज टेलिभिजन। एभिन्युजले सुरुमा यसलाई प्रसारण गरेन। तर इमेज च्यानलले सोमबार यसको प्रसारण गरेपछि मंगलबार ८० मिनेट कै भिडियो यसले पनि प्रसारण गर्‍यो। एभिन्युज टेलिभिजनलाई राजावादी टेलिभिजनको आरोप लाग्ने गर्छ। इमेज च्यानल शाही शासन कालमा अरु एफएमलाई समाचार प्रसारण गर्न पनि प्रतिबन्ध लगाइएको बेला देशभर एफएम च्यानलको रिले प्रसारण गर्न अनुमति पाएको संस्था हो। सुरुमा काठमाडौँ उपत्यकामा मात्र प्रसारण गर्ने अनुमति पाएको इमेज च्यानलले एउटा टेलिभिजनले लिएको लाइसेन्स अर्कोमा प्रयोग गर्न नपाइने नियमविपरीत सांग्रिला च्यानलको लाइसेन्समार्फत् स्याटेलाइट च्यानलका रुपमा प्रसारण गर्ने अनुमति शाही शासनकालमा नै पाएको थियो। मंगलबारदेखि अन्य टेलिभिजन र देशका विभिन्न भागमा रहेका एफएमहरुबाट पनि प्रचण्डको भाषणको अंश बज्न थालेको छ।

भिडियोमा के छ ?
८० मिनेट लामो भिडियोमा चालीस-चालीस मिनेटका दुई अंश रहेको छ। यसमा पार्टीका नेता र कार्यकर्तालाई भावी रणनीतिका बारेमा प्रचण्डले पार्टी अध्यक्ष एवमं ‘जनमुक्ति सेना’ ‘सुप्रिम कमान्डर’ को हैसियतले प्रशिक्षण दिइरहेका देखिन्छन्। विशेष गरी अन्मिनलाई झुक्याएर धेरै संख्यामा छापामार प्रमाणिकरण गरिएको खुलासाले अन्तर्राष्ट्रिय रुपमै यो कान्ड तानिने देखिएको छ। अन्ततः विद्रोहबाटै सत्ता कब्जा गर्ने रणनीति लिएको उनले खुलाएका छन्। त्यसो त १० वर्ष सशस्त्र युद्ध लडेको पार्टीका अध्यक्षले पार्टीका हार्डकोर कार्यकर्तालाई होइन हामी त संशोधनवादको बाटोमा लाग्यौँ, हामी अब कहिल्यै युद्ध गर्दैनौँ भन्छन् र। कार्यकर्ताहरुलाई आफ्नो पकडमा पनि राख्‍नु पर्‍यो। कुनै पनि पार्टीको प्रशिक्षण आफूलाई ठूलो र राम्रो बनाउने हुन्छ। काँग्रेसको प्रशिक्षणमा पनि त्यस्तै हुन्छ, एमालेको पनि। तर यहाँ सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको पार्टी र त्यसका नेताले भनेका कुरा भएर बढी महत्त्व पाएको हो।

पार्टीहरु के भन्छन् ?
हालसम्म कुनै पनि पार्टीले यस विषयमा धारणा राखेको छैन। तर हतियारधारी पार्टीले त्यसरी सत्ता कब्जा गर्ने रणनीति बनाएको गोप्य भिडियो सार्वजनिक भएपछि निशस्त्र पार्टीहरु झस्कनु स्वभाविकै हो। कांग्रेस मुखपत्र तरुणले सेनाले यो गोप्य भिडियो पाएको समाचार छापेको कारण सेनाले कांग्रेसलाई पहिले नै यसबारेमा बताइसकेको र त्यही भएर कटवाललाई हटाउनै नहुने अडान राखेको हो कि भन्ने अनुमान गर्न सकिन्छ।

माओवादी चाहिँ के भन्छ ?
माओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी वर्तमान संकटपूर्ण राजनीतिक स्थितिलाई उत्तेजक र शान्तिप्रक्रियालाई समाप्त पार्ने षड्यन्त्रपूर्ण चालबाजी भएको आरोप लगाएको छ।

कसले बिगार्दैछ सबै वातावरण ?
१२ बूँदे सम्झौतापछि माओवादी र दलहरु एकै साथ मिलेर ज्ञानेन्द्रको शासनविरुद्ध आन्दोलन गर्दा सारा नेपाली खुसी भएका थिए। ज्ञानेन्द्रको शासन ढलेपछि बनेको सरकार र माओवादीबीच वृहत् शान्ति सम्झौता भएपछि देशमा दीर्घकालीन शान्ति आउने भयो भनी सबै खुसी भएका थिए। विडम्बना अहिले त्यो शान्ति सम्झौताका दफासमेत कसैलाई याद छैन होला। शान्ति प्रक्रिया निकै जटिल विषय हो। विभिन्न देशको अनुभवले पनि देखाउँछ शान्ति प्रक्रियामा निकै जटिलता आउँछ।

त्यही जटिलताको यो चरण हो। देश शान्ति प्रक्रियाबाट दीर्घकालीन द्वन्द्वतिर फर्कने खतरा बढ्दैछ। माओवादीलाई एक्ल्याएर १२ बूँदे सम्झौता अगाडिको स्थितिमा पुर्‍याउने षड्यन्त्र भइरहेको छ। कसले यो षड्यन्त्र गरिरहेको छ ? कसले बिगार्दैछ वातावरण ?

अहिले सबैको ध्यान वर्तमान जटिल राजनीतिलाई सहज अवतरणको दिशामा लग्नेतर्फ केन्द्रित हुनुपर्छ। सबैको काम माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा आवद्ध गराउन बाध्य बनाउनु हो। उसको सर्वसत्तावादी सोचले देश चल्दैन भनेर त्यस्तो सोच त्याग्न बाध्य बनाउनु हो, उसलाई युद्धमा फर्काउने हैन। युद्ध धान्न सक्दैन अब यो गरिब मुलुकले। मिडिया पनि त्यस दिशातर्फ अग्रसर हुनुपर्ने हो। किनभने स्थिति झन् बिग्रियो र देशमा द्वन्द्व फेरि बढ्यो भने पीडित हुने हामी जस्ता सर्वसाधारण नै हुन्छौँ। हो, हामी सर्वसाधारण। नेताहरु हुँदैनन्। विदेशमा बस्नेहरु हुँदैनन्। शान्ति प्रक्रिया नबिथोलियोस्, प्रार्थना। तपाईँ गर्नुहुन्न प्रार्थना ?

source:
http://www.mysansar.com/temp/579.html
 
Posted on 05-05-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's so biased. Looks like mysansar gets approval from the party before posting anything.
 
Posted on 05-05-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saathi haru hami haru sabai laai thulo dhoka bhayo
 
Posted on 05-05-09 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्ततः विद्रोहबाटै सत्ता कब्जा गर्ने रणनीति लिएको उनले खुलाएका छन्। त्यसो त १० वर्ष सशस्त्र युद्ध लडेको पार्टीका अध्यक्षले पार्टीका हार्डकोर कार्यकर्तालाई होइन हामी त संशोधनवादको बाटोमा लाग्यौँ, हामी अब कहिल्यै युद्ध गर्दैनौँ भन्छन् र। कार्यकर्ताहरुलाई आफ्नो पकडमा पनि राख्‍नु पर्‍यो। कुनै पनि पार्टीको प्रशिक्षण आफूलाई ठूलो र राम्रो बनाउने हुन्छ। काँग्रेसको प्रशिक्षणमा पनि त्यस्तै हुन्छ, एमालेको पनि। तर यहाँ सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको पार्टी र त्यसका नेताले भनेका कुरा भएर बढी महत्त्व पाएको हो।


Look at Mysansar's spin here. This happens in all the parties. Can he prove it? Do other parties have weapons? Do other parties have long term strategy to forcefully rule the country?


I did not like both Congress and UML but they are alteast a hundred times better and honest than Maoists.


 
Posted on 05-05-09 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I hope this guy from Mysansar gets his A** whipped by someone.. That would make my day
 
Posted on 05-05-09 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


माइ संसार -


माओवादी सरकारमा हुँदा हुँदै देशलाई लुटेर आफु देशको कानुन भन्दा माथि बसी देश बिरोध गरेका छन, कुनै पनि पार्टी, कुनै पद पनि देश र त्यस्को कानुन भन्दा माथि हुँदैन, के तपाईको कोम्रेड अब त्यसको सफायको लागि कानुनको अगाडि आउन तयार छ । कानुन, जन्ताले दिएको सजाय के भुगत्न तयार छ ?


प्रचण्डले भनेका शब्द हरु यस् प्रकारका छन - " सरकारलाई १० लाख रुपैया मागेर, ७ लाख रुपैया हतियार को लागि लगाउदै छौ। हाम्रा सेना बास्तवमा ६ हजार त छन नि। २० हजार भन्नु हाम्रो रणनिती मात्र हो। अब संबिधान सभा पनि हुदैन, किनकि संबिधान सभा हामि हुन दिदैनौ। अहिलेको हाम्रो राजनिति भनेको सत्ता कब्जा गर्ने हो। हामिले गरिरहेको यो षडयन्त्रको कसैलाई पनि जानकारि नदिउँ अहिले, तपाई हाम्रो यो भित्रको कुरा हो। "


याद राख्नु होला जनता जनार्दन हो, बौलायो भने जंगल त होइन जलाउन लाई आगो नि पाउने छैन, जुन जनताले विश्वाश गरेर नयाँ संबिधान बनाउन जिम्मा दिएको छ, त्यो विश्वाशको त्याग गरेर "अब संबिधान सभा पनि हुदैन, किनकि संबिधान सभा हामि हुन दिदैनौ" भन्नको लागि बौलाएको हुनु पर्छ । मरेका हरुको नामबाट उठाएको पैसा सही ठाउँमा उपायोग नगरि देशको बिरोधमा नै खर्च गर्ने ? जुन थालमा खायो त्यही हग्ने कस्तो प्रबिर्धी हो यो ?
 
माइ संसार, तपाईले बुझ्नु पर्ने कुरा चाँही सापँलाई जती दुध ख्वाए पनि डस्न छोड्दैन त्यसै गरी १) माओवादीलाई फेरी सरकारमा आउन दिनु हुँदै हुन्न २) देशमै बस्ने रहर छ भने इनिहरु लाई कडा से कडा कारबाही हुनु पर्छ ३) शनि र राहुको पूजा गर्दै गर्नु, यी डाँकाहरु भोली तपाई माथि नि आइ पर्ला, पहिले पनि आफ्नै लाई काट्या इनिहरुले नदेखेको त होइन ।


अन्तमा आफ्नो देशको लागि साथै तपाईको हितको लागि पनि प्रार्थना गर्छु।


 
Posted on 05-05-09 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my sansar posted video file directly thru the main source, you can see the edge of his deskto in background. This video therefore must have come from maoists so this guy is utterly disgusting. DOWN WITH MAOISTS UMESHE!

 
Posted on 05-05-09 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hack this mysansar server man.... he is still writing in favor of MAOIST by showing us threats of future due to release of this video. As if the release of video is some kind of crime...
Saaala yo Umesh lai giudai katnu parne...

 
Posted on 05-05-09 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Folks!
         Bad news------Maoist and Mysansar in sajha. Both spread rumors and terrorize the nepali people. kick them out.
Peace!

 
Posted on 05-05-09 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katina mysansar le rishi dhamala lai criticize garthiyo... aakhir ma afu rishi dhamala bhanda ni khattam raicha

ani he says in the article - "kranti garera ako netale afno karyakartalai hami samsodhanbad ma lagyau bhandaina re" - that doesn't mean afnai karyakartaharulai aruko khutta bhachna lagauna parcha... can't we say that this is whats been going on inside the party to all the understandings with other political parties.. prachanda comes to a meeting of his cadres and says - "hamile eso dekhauna ko lagi sign gareko ho.. tapaiharu thokdai janus.. hami tapaiharu ko surakchya garchau"

 
Posted on 05-05-09 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let me remind u guys again, in the thread of mysansar the first comment is sent by MAOBADI spokesperson Dinanath Sharma and posted by himself. This directly shows the site is run by themself trying to give relief to people. Fawk Terrorist khate haru.

 
Posted on 05-05-09 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The key point on this video is his use of word terror. He clearly admits that he is a terrorist and will continue to terrorize people. That is their strategy. Had they changed at all they would have shown some signs of being a credible political party while they are in power. They did nothing to clean their terrorist image, instead kept trying to expand themselves. Removing the COAS from his office is their terrorist strategy. They were and their label should always remain as one of the terrorist groups.

 
Posted on 05-05-09 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somebody needs to crack this mysansar man, hack this mofo.. site man!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters