तिहारमा फेरि चितुवाले मान्छे खायो, दिउँसै आउँछ आँगनमा चितुवा ? (स्थलगत रिपोर्ट)
तनहुँको भानु नगरपालीका पछिल्लो समय नरभक्षी चितुवाको त्रासमा छ ।
स्थानीयहरु हरेक दिन बाघ (चितुवा)को डरमा बाँचिरहेका छन् । अघिक मात्रामा
बन क्षेत्र भएको र बनमा चितुवाले खाने जनावर केही नभएकाले चितुवा घर गाउँ
पसेको धेरैले अनुमान लगाएका छन् तर पनि भानु नगरपालिकासंग बाघको संख्या
तथ्याङ्कमा छैन ।
https://www.youtube.com/watch?v=b1JWKnNQtbU
दशैको टिकाको दिनमै चितुवाले भानु १ का आशिक बानियाको
ज्यान लियो, त्यसको एक हप्तामै १३ बर्षकी सोनिया अच्छामीलाई घाईते बनायो
फेरी गोरु तिहारकै दिन भानु २ का सात बर्षिय रितिक रोकालाई घरकै आँगनबाट
लग्यो । कक्षा २ मा अध्ययन गर्ने रितिकको शब घर भन्दा केही माथी फेला परेको
थियो । अन्य घटनामा रगत मात्र खाएको चितुवाले यो पटक भने मासु समेत खाएको
स्थानीयले बताएका छन ।
बारम्बार आक्रमण र ज्यान जान थालेपछि स्थानीयहरुले
धार्मिक किम्बदन्ती बारे पनि कुरा उठाएका छन् । देबी बौलाएको, मानिस नै बाघ
बनेको जस्ता कुराहरु पनि आएका छन् । बाघले घडी समेत लगाएको भन्ने हल्ला
समते गाउँमा फैलिएको छ । तर भानु नगरपालिकामा बिगत दुई बर्ष देखी चितुवाको
आक्रमणकै कारण छ जनाले ज्यान गुमाएका छन् भने चार जना घाईते भएका छन् ।