[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सभामुख कृष्णबहादुर महरामाथि रेप गरेको आरोप
[VIEWED 4221 TIMES]
SAVE! for ease of future access.
Posted on 09-30-19 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप

पिडितको घरमा गएको महराद्वारा स्वीकार

अजयबाबु शिवाकोटी,प्रकाशित मिति : २०७६ असोज १३ सोमबार
तस्बिर : हाम्राकुरा

काठमाडौं। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेका हुन्।

मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान भएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले  स्नेहाको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ।

सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। जवर्जस्ती भएपछि पहिलो पटक हाम्राकुरासँग कुरा गर्दै स्नेहाले भनिन, 'ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरासर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए।'

पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। स्नेहा भन्छिन, 'तर उनले मानेनन्।' कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।

Image may contain: drink, table, indoor and food

सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले फेरि भने, 'किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ।' स्नेहाले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन। एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन।

करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी अनुहार देखाउन थालेको उनले रुँदै हाम्राकुरालाई भनिन। जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा उनी आफ्नै सरबाट लुटिइन। उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो।

Image may contain: one or more people

रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले हाम्राकुरासँग भनिन, 'एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले।'

Image may contain: one or more people

अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। 'राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,' उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेका थिए। आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको स्नेहाले हाम्राकुरालाई बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।

Image may contain: one or more people

सानो कोठाको भुइ देखाउँदै स्नेहाले भनिन, 'यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले।' मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, 'अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ।' अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन।

Image may contain: one or more people, shoes and indoor

जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन सकिनन्। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ। जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ। हाम्राकुरा त्यहाँ पुग्दा उनले ती कुराहरु पनि देखाइन।

त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। 'कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केहि लागेन।' आइतवारको कालो रातलाई सम्झदै स्नेहाले हाम्राकुरासँग भनिन, ' उ गएपछि घरबेटीलाई भने। घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन्।'

Image may contain: one or more people and closeup

सत्ता र मदिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो। राती उनले स्नेहालाई 'हाई' भन्न समेत भ्याएका रहेछन्। स्नेहाको डेरामा जानुअघी पौने सात वजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्।

आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले हाम्राकुरालाई बताइन। आफूलाई जवर्जस्ती गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई बलात्कार गरेर हिडे भनेर मेसेज गरिन।

विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो। प्रहरी खासै अगाडी बढेको थिएन। यो समाचार लेख्नुअघी हाम्राकुरा तिनकुनेस्थि प्रहरी परिसरमा पुगेपनि घटनाको बारेमा जानकारी नै नभएको बताइयो। तर आइतवार सोहि मातहतको प्रहरी घटनास्थल पुगि सबै घटनाक्रमको रेकर्ड गरि फर्किएको थियो।

हाम्राकुरा स्नेहालाई भेट्न उनको डेरामा पुग्दा महरा पटक पटक उनलाई फोन गरिरहेका थिए। उनले आइतवारको घटना सामान्य भन्दै त्यसलाई विर्सन म्यासेज गरेका थिए भाइवरमा । एम सरको नाममा सेभ भएको उनको मोवाइलमा उनै सभामुख महरा सर पटकपटक फोन गरि कुरा मिलाउन दवाव दिइरहेका थिए। महराले कल गरेको नम्वर संघीय संसदको टेलिफोन डाइरेक्ट्रीमा भएको नम्वरसँग मिलेको छ।

हाम्राकुरासँग कुरा गर्दै गर्दा उनलाई फोन गरेर आइतवारको घटनाको समिक्षा गर्न  तथा मिडियामा नजान समेत दवाव दिएका थिए महराले। उनले आफूले मिडियामा जाने इच्छा नहुँदा नहुँदै पनि जान वाध्य भएको जवाफ दिइन। 'समिक्षा गरेर के गर्ने फेरि अर्को पटक यस्तै गर्ने,' उनले जवाफ दिएकी थिइन।

पहिला पनि दुर्व्यवहार गर्दा पार्टीकी नेतृ ओनेसरी घर्तीलाई लिखित निवेदन दिएको स्मरण गर्दै उनले भनिन, 'त्यतिखेर पार्टीभित्रैबाट मिलाइन्छ होला भनेको केहि भएन। बरु महराको उल्टै मनोबल बढ्यो। यो पटक त श्रीमान पनि नभएको बेला पारेर मलाई जवर्जस्ती करणी नै गरे।'

देशकै सम्माननीय पदमा वहालवाला मान्छेले यस्तो हर्कत गर्लान भन्ने नसोच्दा नसोच्दै आफू माथि नै त्यस्तो हुँदा आफू विल्कुल असहाय भएको उनले सुनाइन। अब यो कुरा सुार्वजनिक भएपछि मेरो जीवनमाथि नै तलमाथि सम्म गर्ने खेल पनि हुन सक्ने उनले औंल्याइन। किनकी उनीहरु सत्तामा छन् शक्तीमा छन्। 'के यो अवस्थामा वलात्कृत भएकी मैले न्याय पाउँला,' उनले गम्भीर सवाल उठाएकी छिन।

'राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो हर्कतमा उनलाई कार्वाही होलाकी मलाई नै वदनाम मात्र गरिएला,' उनले एउटा खुल्ला प्रश्न नेपाली समाजलाई सोधेकी छिन।

घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे। उनले महिलाले भनेजस्तो केहि नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए।

पिडित महिलाको भिडियो केहि बेरमा आउदै...

https://hamrakura.com/news-details/67675/2019-09-30?


Image may contain: one or more people, indoor and closeup


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters