[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बर्लिन कार्निभलमा नेपाली गाईजात्रा
[VIEWED 1946 TIMES]
SAVE! for ease of future access.
Posted on 05-21-13 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 



बर्लिन (जर्मनी), जेष्ठ ६ - सधै ब्यस्त रहने जर्मनीमा अध्यनरत नेपाली बिद्यार्थीहरु कार्निभल फेस्टमा सहभागी भए । लाखौ दर्शकसामू आफ्नो कला र संस्कृतिको प्रदर्शन गरेका बिद्यार्थीहरु राष्ट्रिय पोसाक दौरा, सुरुवाल, गुन्यूचोली र विभिन्न जातीय भेषभुषामा सजिएका थए । लगभग ६० देशका सहभागी समूहरुभन्दा अलग देखिएका नेपाली बिधार्थीहरु अरुका लागि आकर्षणका केन्द्र थिए । १८ बर्षदेखि प्रत्येक हरेक बर्ष जर्मनीमा कार्निभल फेस्ट आयोजना हुँदै आएको छ । नेपालको भने यो दोस्रो सहभागिता हो ।

जर्मनीमा बस्ने अन्य मुलुकका बिदेशी नागरिकहरुलाई आआफ्नो कला र संस्कृति प्रदर्शन गर्ने मौका दिन प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गरिन्छ । बिभिन्न भेषभुषामा सजिएका नेपाली बिद्यार्थी पहिरनका कारण पनि अरुका लागि केन्द्र बनेका थिए ।

परम्परागत भेषमा घन्टौ लाखे नाच्दा पनि नथाकेका रितेश श्रेष्ठ भन्दै थिए, ुहामी कला संस्कृतिको धनी छौ भनेर संसारलाई देखाउन सक्यौ यही खुशीको कुरा हो ।ु

सबैभन्दा अलग देखिने नेपाली सहभागीहरुसंग बसेर फोटो खिचाउँनेको  भीड नै थियो । गुन्यूचोलीमा सजिएका १६ जना नेपाली चेलीहरुको नाच आफैमा लोभलाग्दो थियो  । सयथरि बाजा एउतै ताल जस्ता राष्ट्रिय गीतका धुनहरु घन्किँदा नेपालीहरुको मुहारमा उज्यालो भएको थियो ।

हिमालको फोटो तथा तोरणले सजाईएको ट्रकमा बुद्धको ठूलो मूर्तिको सजावटले सबैको ध्यान तानेको थियो । नेपाल जर्मनी दुताबास तथा नेपाल टुरिजम बोर्डको आर्थिक सहयोगमा नेपाल बिद्यार्थी जर्मनी समाजको व्यवस्थापनमा फेस्टमा सहभागी नेपाली समूहले उपस्थित लाखौ दर्शकको मन जित्न सफल भयो ।

छुट्टीको सदुपयोग गर्दै कार्यक्रम हेर्न सडकमा ओर्लिएका जर्मनी तथा अन्य देशका नागरिकहरु ताली बजाउँदै नेपाली टोलीलाई साथ दिइरहेका देखिन्थे ।

७७ समूह सहभागी फेस्टमा नेपालको तर्फबाट नेपाली बिद्यार्थी मात्र नभई नेपाली भेषभुषामा सजिएर बिदेशी बिद्यार्थीले पनि नेपाली टोलीलाइ साथ दिए । आफ्नो देशलाइ युरोपसामू चिनाउन पाउँदा रमण महतो निकै खुशी देखिन्थे ।

यो मन त मेरो नेपाली हो गीत बझ्दा सबै नेपाली बिद्यार्थी जोशले नाचेका थिए । कार्यक्रम आयोजक संस्थाको वेभ साइटमा जनाईएअनुसार करिब १० लाखभन्दा बढी दर्शकले कार्यक्रम प्रत्यक्ष अबलोकन गरेका छन् ।

-अनिल बानियाँ 

प्रकाशित मिति: २०७० जेष्ठ ६ ०९:३२

- See more at: http://www.ekantipur.com/np/2070/2/6/full-story/368460.html#sthash.jXEnM6PC.dpuf

 
Posted on 05-21-13 8:51 AM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बर्लिन कार्निभलमा नेपालको शोभा यात्रा हुनु पर्ने मा गाइजात्रा भएको जस्तो लाग्छ . बामपुड्केलाई बोकेर तमाशा देखाउनु पो गाइजात्रा , नेपाली संस्कृति र भेषभुषालाई चिनाउनु शोभायात्रा नै हो . 

धेर्के जी अन्यथा न लिनु होला . 
 
Posted on 05-21-13 6:04 PM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Chya western countries ma nepali daura suruaal dhakatopi ani choli k k lagayo bhane kasto kheppa dhekincha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
How many ministries do we really need?
Who are the real Sukumbaasis?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters