[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रबि लामिछानेलाई मेरो प्रश्न: तपाईंले म्याराथुन टक शो गरेर कसरी विश्वले नेपाल चिन्नेछ ?
[VIEWED 8356 TIMES]
SAVE! for ease of future access.
Posted on 03-19-13 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

नेपाल हुँदा यहाँले चलाएको रेडियो प्रोग्रामहरु पनि सुन्ने गरेको थिए र मलाई मन पनि पर्थ्यो । अमेरिकामा पनि यहाँले विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको संयोजन र उद्घोषण गर्नु भएको पनि राम्रै हो । तर अहिले यो जुन तपाईंले बडो तामझामकासाथ विश्वले चिन्नेछ नेपाल भन्ने नारा दिएर जुन म्याराथुन टक शो गर्न लाग्नु भएको छ, त्यसमा मेरो प्रश्न के छ भने यहाँले टक शो गरेर गिनिज बुकमा नाम लेखाउनु भयो भने केही मान्छेहरुले यहाँलाई चिन्लान् तर नेपाललाई कसरी चिन्छन् भन्या ? 
 
त्यो गिनिजबुकवालाहरु जसले तपाईंको टक शोको अधिकारिकता जाँच्न आउनेछन तिनिहरुलाई पहिल्यै नेपालको बारेमा थाहा होला अब हद्द भयो भने दुई चार वटा पत्रपत्रिका र टेलिभिजनहरुमा तपाईंलाई देखाइदेलान् । तर विश्वमा जसले आजसम्म नेपाल चिनेका थिएनन् तिनिहरुले तपाईंको कार्यक्रम पछी कसरी नेपाल चिन्छन् भन्या ? अनि के यहाँलाई अमेरिकाको विभिन्न राज्यमा नेपालीहरुलाई भेला गराएर विश्वले चिन्नेछ नेपाल भन्दै हिंड्नुले यहाँको नेपाल चिनाउने प्रयासलाई सफल बनाउछ जस्तो लाग्छ ? यसरी नेपालीहरुको भिड जम्मा गर्नु भन्दा बरु विदेशीहरु सामु यो सन्देश पुराउन सकेको भए केही हुन्थ्यो कि ? 
 
जे होस यो एक मिनेटमा अङ्गुर धेरै खाएर, टेबल टेनिसको बललाई हावामा उडाको उडै गरेर, दुई तीन दिन लगातार पढेको पढ्यै गरेर नेपाल चिनाउनेहरुको समूहमा यहाँ पनि उभिनुभएछ, विश्वास त कत्ति पनि छैन त्यही पनि यहाँलाई शुभकामना !     

 
Posted on 03-19-13 9:48 AM     [Snapshot: 59]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बाघ दाई ! तपाईंको प्रश्न चिन्हमा म नि सहमत छु, सतप्रतिशत । तर नहुनु मामा भन्दा कानो मामा ठीक होइन र दाई ? 
 
यस्को तात्पर्य, मैले रबीजी लाई शिरमै चढाएको नसम्झीदिनुहोला, कृपया । टुंडिखेलमा मुट्ठी बटार्दै कड्किलो भाषण दिने र हेलिकप्टर चढेर सिमिको दाल खान जानेले कट्टु खोलेर देखाउन मात्र बांकी राको परीप्रेक्षमा .. (जोबाट मैले पनि केही अपेक्ष्या गरेको थें, कुनै जमानामा) अब फेरी कहीं-कतै बाट स्वर्ग जाने सिंढी बनीहाल्छ कि भन्नेमा पनि मेरो आत्मा विश्वस्त छैन .. रबिजीले कुनै महत्वकै आयाम थपिदेलान् भन्नेमा मलाई नि रत्तिभर विश्वाश छैन । 

 
Posted on 03-19-13 10:44 AM     [Snapshot: 178]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

काइला भाई, मलाई नेपाली मूलका अमेरिकी नेता दर्शन रौनियारको एउटा प्रसँग याद आयो ...

दर्शनजीले के गरेछन् भने अमेरिकामा जहाँ जहाँ नेपालीको बस्ती छ सबैतिर गएर ल मलाई चुनाव लड्न पैसा दिनु पर्‍यो भन्दै माग्दै हिंडेछन् । अनि उनी सियाटलबाट चुनाव लड्न लागेका तर त्यहाको मान्छेलाई चाँही बाल मतलब दिएनछन् र भरे चार जना हो कि पाँच जना लडेकोमा उनी सबभन्दा लास्ट भएछन् ।

मलाई चित्त नबुझेको कुरा भन्न चाँही विश्वले चिन्नेछ नेपाल भन्ने अनि नेपालीहरुकै बिचमा भेला गर्दै हिंड्ने ... यो त उही लहरेले भने जस्तो नेपालीहरुलाई नै नेपाल चिनाउन खोजेको जस्तो भयो भन्न खोज्या मात्र हो
 
Posted on 03-19-13 10:57 AM     [Snapshot: 215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ek dum sahi ho. I agree wid you gt bro!
 
Posted on 03-19-13 11:24 AM     [Snapshot: 248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसै सन्दर्भ मा मलाई बिश्वभ्रवन को लागि साइकल यात्रा गरेर बिश्वमा शान्ति स्थापना गर्ने भन्दै जीवन को अमुल्य १०-१५ वर्ष सत्यनास गर्ने बकम्फुसरे हरु याद आयो!
 
Posted on 03-19-13 2:27 PM     [Snapshot: 414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kam paines budhi , pado ko kando kanau..

 
Posted on 03-19-13 3:18 PM     [Snapshot: 503]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


रविजी ले चै नेपाललाई संसारमा चिनाउनु हुन्छ भन्ने कुरामा विश्वास लागेन  |

तर तपाई जस्ता महानुभावले चै खुट्टा तानेर संसारमा नेपाललाई चिनाउनु हुन्छ भने कुरामा संकोच छैन |

Last edited: 19-Mar-13 03:27 PM

 
Posted on 03-19-13 3:42 PM     [Snapshot: 466]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

विश्व किर्तिमान नै कायम गर्ने हो भने त्यो पुरस्कार हाम्रै सान बाउचा लाइ जान्छ. भएभरिका  नालायक नेपालि का गन्थन सुनेर पनि अहिले सम्म sajha.com बन्द गर्या छैनन्.

म जस्ताले चलाए भने त बौलाइसक्थे होलान.
 
San Pradhan - Setting the world record for Longest endurance amid altercation of asinine individuals.

In Jest (जो नालायक हो त्यसले मलाई गालि गर्छ)
 
Posted on 03-19-13 5:38 PM     [Snapshot: 615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कनफ्युस्ज सोल जि म नेपालीहरुको खुट्टा तान्ने कार्यमा संलग्न छु कि नेपाली गायक, नायक, साहित्याकार आदी इत्यादीलाई आफूसँग भए नभएको बल लगाएर माथि ठेल्न प्रयत्नरत छु भन्ने कुरा कुनै दिन मौका पर्‍यो भने थाहा दिउला ..

जहाँसम्म रवि लामिछनेजीले विश्वलाई नेपाल चिनाउने कि न चिनाउने भन्ने कुरा छ म ठोकुवा गरेर भन्न सक्छु कि यदी मैले 'नुह्छे सर' नामक डकुमेन्ट्री मात्र देखाउन सके भने जुन म प्रयास गर्दै छु अथवा EWB का १० जना विदेशी ईन्जिनियरहरुलाई मात्र नेपाल पठाउन सके भने पनि रविजीले भन्दा बढी विश्वलाई नेपालको बारेमा चिनाउने छु ।

फेरि पनि मेरो रविजीसँग कुनै व्यक्तिगत रिसिइबी छैन बरु म उनको आवाजको प्रशंसक नै हुँ तर यो जुन म्याराथुन टक सो गरेर विश्वलाई नेपाल चिनाउने कुरा छ त्यो चाँही हगाइ भन्दा पदाइ ठूलो भने जस्तै भयो है भनेको मात्र हो ।

आशा छ रवि जी मेरो प्रश्नको उत्तर दिन स्व्यम् उपस्थित हुनुहुनेछ 
 
Posted on 03-19-13 6:36 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Geology Sir, Dherai pachi aaunu vayo... tapai le library (nepali book) ko kholnu hola ra ma padhuala vaner basya khai kaile ho kaile....I know its little bit off topic yo thread ko lagi.. tara malai tapai le mention garya kura baer ma zero knowledge cha ,,tehi vayer kehi navanya.. Its good to see you..Serail ra mulmiz lai vetnu vayo vane maile samjhya cha bhannu hola hai..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters