[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

ramromanchey

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 ग्रज
[VIEWED 5118 TIMES]
SAVE! for ease of future access.
Posted on 03-03-13 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ग्रज भन्ने शब्द अङ्र्जीनै भए पनि नेपाली जनजिब्रोले आफ्न्त बनाइ सकेको छ् | बाह्र खरी मात्रै पढेकी माताहारी बाट धेरै पल्ट सुनिस्कएको छु | पशुपान्क्षिहरुमा ग्रज हुँदैन भन्ने सोचाइ धेरैको हुन्छ तर यस् कुरामा सहमत छुईन| यो असहम्तीको जड् भराइ मरो बाल्यकाल्को सातौ बर्षको बालापनसँग जोडीएको सानो घटना सँग जोडीएको | दसकौ बितिसक्दा पनि मस्तिस्क बाट निकालेर फ्याल्न सकिएको छुईन | साझामा चिहाउनेहरु - आफ्नै सोदेस्य चिहाउदछन कोही केही खुराक पस्केको छकी भनी , कोही कोही हास्न पाईेला कि भनी, कोही आफ्नो नाम भर्न मात्रैलाई छिर्छन, कोही यमराजको ढोका ढक्ढक्याउदै गरेकोलाई मृत्युको सिघ्र कामना टक्र्याउन, कोही नाम मात्रै देख्दा ग्रजले  भरिएको दिमागले दाया बाँया सोच्छ यो लन्ठकले आज पनि नयाँ धागो कोरेछ भनी कमेन्ट को लागि कमेन्ट अपसब्द बाट गर्न हिच्किचाउदैनन |  कुरा ग्रजको गर्दै थिए, चक्रपथ को बाटो तिर मोडिए जस्तो | कुरालाई चक्रपथ जस्तो भनौ वा नेपालका सरकारी कार्यालयका कारीन्दाले च्याम्पटी घुमाए झै नघुमाए के को मजा ?
दुई महिना लामो स्कूल बिदा थियो : ओल्लो घर , पल्लो घर , डाडा घरे हामी सबै लाई फुर्सदै फुर्सद थियो |बस्तु भाउ पनि बेसिमा भएकोले चराउन पनि जानु परेन थिएन |  दिन बिताइको मेलो गर्न गाह्रै परेको थियो | फल्फुलको सिजन पनि थिएन, अरुका करेसाबारी छिर्न | सानो ठेकी बोक , भरे मोही ल्याउनु पर्छ भन्दै थिए बाउ, जाने सुरसार नदेखे पछी आमैले बासिभात  तताएर खानु भनिन | आफु लागियो दौतरी भेट्न् | जना भेला भयौ कारीब  १०-११ बजेको थियो होला | त्यो दिनको योजना बादरको बच्चा सामत्ने बनेको थियो | योजना मुताबिक जना डाडा बाट ढुङ्गा मुडा गर्ने, झरेको बच्चा बोक्न रुखको फेदमा कुरुवा बसेको थिए | ढुङ्गा मुडाको बड्दै गए पछी बाँदरको चिच्याहत बद्नुको साथै तुप्पा तिरा लाइगेकी थीई भने भने चिच्याहट बड्दै गएको थियो  | एका एक थप चर्को आवाज थपियो | चाँही अब चै बच्चा झर्ने भो भन्दै मख्ख पर्दै थिए | ढेदुको  सिंहनाद सुने पछी सातो पुत्लो उड्यो, होस् तल भुजेल दाइको घरमा पुगे पछी मात्रा आयो
मेरो सिर्सक को सुरुआत यहाँ बाट सुरु हुन्छ: | यो घटना सुन्ने गाउलेहरुले भने "लौ कान्छा  बचिछस आज ,  ढेदुको पन्जामा परेको भए त्यो झिङटीघरे अन्तरे जस्तो  हुन्थिस | बच्चा समात्ने योजना अघी त्यो कुरातिर किन ध्यान  गएन | यो घटनाको अन्त्य नभएर सुरुआत भयो | सबै भन्न् थाले अब त स्कूल कसरी जान्छस ? किन्की त्यो जङल्को बाटो भएर जानु पर्थ्यो, अर्को बाटो जाने हो भने आधा घण्टा बढी हिंड्नु पर्थ्यो |
मेरो डर को कारण "ग्रज" हो | सबै भन्न् थाले बाँदरले मान्छे चिन्ने मात्रा हैन तेस्ले कोस टाढा बाट सुङेर पनि थाहा पाउछ | अनी बसौ बर्ष बिर्सदैन भन्दै  कुरा  फेरी झिङटिगरे दाइको कथा सँग जोदेका थिए  | "बनको बाघले खाओस न खाओस मन्को बाघ्ले" भने पिन्ड छोडेको हैन ? अबिश्वास कसरी नगरु ज्वलन्त उदाहरण झिङ्तिघरे दाई छन | उन्को अनुहारमा खुकुरिले छपक्क छप्काएको जस्तो दुईटा लामा धर्सा छ्न, सरिरका कुरै नगरौ |
आज सम्म मेरो दिमागमा यो ग्रज लिएर बस्ने प्राणिमा बाँदरनै पहिलो नम्बरमा हुनु पर्छ भन्ने कुरा मेरो मस्तिस्कमा किला गाडीएर थियो | बिना कारण पशु हरुले ग्रज लिदैन भन्ने कुरामा दुइमत होला जस्तो लाग्दैन | तर तिनै बादरका पुस्ता हामी  बिना कारणनै ग्रज  देखाउन पछी नपरेको देख्दा यो ग्रज पुस्तैनी बड्दै गएको कुरामा पनि हामी दुई मत हुँदैनौ जस्तो लाग्छ | यदा कदा  यो साझामा ग्रज युक्त कुरा पढ्नु पर्दा  मलाई तेही ढेदुको सम्झना आउछ |

Last edited: 23-Mar-13 09:59 PM

 
Posted on 03-03-13 12:37 PM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे साथी,

साझामा तिमीले लेखेको कहिले देखि पढ्न शुरु गरे त्यो मलाई हेक्का छैन । तर दुई चार चोटि तिम्रो लेखमाथि आफ्नो प्रतिकृया दिइसके जस्तो लाग्छ ... यस अर्थमा मलाई लाग्दैन तिम्रो लेख पढेर प्रतिकृया लेख्नेहरु सबै ग्रजको भावनाबाट ग्रस्त भएका हुन् । एक दुई जना त्यसको कारण पनि हुन सक्लान् तर के तिमीले कहिले मेरो लेखाइमा मान्छेहरु किन नकरात्मक प्रतिकृयाहरु दिन्छन् भनेर चिन्तन, मनन र विष्लेशण गर्ने कोशीस गरेका छौ ? कति चोटि म पनि तिमीले आफ्नो लेखाइ मार्फत व्यक्त गर्न खोजेको कुरा बुझ्दिन । तर पनि म तिम्रो लेखाइमा जीवनको भोगाइहरु, सामाजिक सन्देशहरु र राम्रा विचारहरु देख्छु । त्यसैले तिम्रो लेखहरु पढ्छु र आक्कलझुक्कल आफ्नो प्रतिकृया पनि दिन्छु । तिमी आफ्नो लेखाइलाई अलि सरल बनाउने कोशीस किन गर्दैनौ ? कतै तिमीमा नै आफ्न पाठकहरु प्रति जो नकरात्मक प्रतिकृया दिन्छन् ग्रजको भावना छ कि ? तिमीले भन्न खोजेको कुरा घत लाग्दो र सान्दर्भिक हुन्छ, तर अलि सजिलो बनाएर लेख्ने कोशीस गर । अनि थाहा हुनेछ साझावासीहरुले तिमीप्रति ग्रज बोकेका हुन् कि तिम्रा लेखाइ नबुझेका हुन् ..

 
Posted on 03-03-13 2:18 PM     [Snapshot: 107]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ahile samma maile padheko gorkhe bro ko post haru ma yo pahilo post ho jun ma jasto saral dimag ra saral Nepali bujhne manche le bujhyo, keep it up. Its not that hard
 
Posted on 03-03-13 5:17 PM     [Snapshot: 202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT ब्रोको भनाइ प्रति एकदम सहमत छु | मगोर्खेको लेखाई र भनाइ नै बुझिदैन | मेरो थ्रेडमा पनि उसको कमेन्ट हरु आउंछ तर फेद न टुप्पोको(नबुझेर भनेको) जस्तो कमेन्ट जस्तो लाग्छ अनि म प्रतिक्रिया पनि दिन्दिन | हरेक पल्ट बुझ्न कोशिश गर्छु , अंह हतपत बुझिदैन , अनि आफ्नै किसिमको माने निकालेर बुझ्या जस्तो गर्छु | माथिको लेखमै पनि थुप्रै ब्याकरणइय(येस्ता खाले देवनगरिय अशुद्दी हैन्नन)  अशुद्दीहरु छन् | सायद proofread नगरेका कारणले हो कि? तर जे होस् यो लेखको सार भने एकदम मन पर्यो | कुरो ठिकै हो , यहाँ ग्रज़वाला ढेदुहरुको कमि छैन |  बर्सौ देखि को खुन्दक(हिन्दीमा रिस-अलिकति बलिवूदको प्रभाव भनुम कि)  निकालेर कुनै पनि बेला पदकिना सक्छन यी ढेडुहरु |  मगोर्खेलाइ सानो सुझाब - तेस्ता ढेधुहरु देखि त्रसित हुने होइन , पाखा लाउन जान्नु पर्छ, छोटकरीमा भन्दा बिरालोले हगेर आची छोप्य जस्तै, तेस्तहरुको भनाइलाई वास्तै नगरी पाखा लाउदै जानु पर्छ | 
मेरो तर्फ़बाट यो लेखलै एउटा "अपभोट"... 
कृपया लेख्दै गर्नु होला साथि तोया |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters