Nepal News May 24
Popular Videos





   [Show all top banners]

_____

Subscribers
[Total Subscribers 0]
:: Subscribe
Related Videos
Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 एक दम्पतीको अमेरिकी सपना Fix Unicode
[VIEWED 1474 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 08-11-12 5:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

भोकभोकै ब्राजिलमा

 
(1 vote, average 5.00 out of 5)

सुरेन्द्र पौडेल, काठमाडौं, साउन २७ - ब्राजिलको साओ पाओलोस्थित 'काजा' आश्रममा छिन् सरिता गुरुङ। तनहुँ, रत्ननगर- ९ की गुरुङले आश्रममा शरण लिएको डेढ महिना भयो। बिहान सात बज्नुअघि नै एक कप चिया र दुई टुक्रा पाउरोटी निलिसक्नु पर्छ। चिया र पाउरोटीको पैसा पर्दैन। बिहान ठीक सात बजे आश्रमका कर्मचारी आएर कोठामा साँचो मार्छन्।

 

कर्मचारीले कोठामा साँचो मार्नुअघि नै सरिताले आश्रमबाट बाहिरिनुपर्छ। नत्र बलजफ्ती गर्छन्। त्यसपछि बन्द कोठाको साँचो साँझ सात बजे मात्र खुल्छ। साँचो खुल्नुअघि आश्रममा छिर्न मनाही छ। आश्रममा सरिता एक्ली नेपाली होइनन्, आश्रमले अन्य ६ नेपाली महिलालाई पनि शरण दिएको छ।

'आश्रमले बिहान चिया र पाउरोटी, बेलुकी खान र बस्न दिन्छ,' सरिताले साओ पाओलोबाट टेलिफोनमा नागरिकसँग दिनचर्या सुनाइन्, 'एक छाक खाएर बाँचेका छौं, किनेर खाने पैसा छैन, आश्रमले जे दिन्छ- त्यही हो।'

बिहानको चिया खाएर निस्केपछि दिनभर सडकको बास। धन्न श्रीमान पनि सँगै गएका थिए, चिसो छिँडीमा बसेर भए पनि दुःख-सुखका कुरा गर्ने साथी पाएकी छन् सरिताले। पति प्रेम गुरुङ बिहान सात बजे नै आश्रम बाहिर पुग्छन्। त्यसपछि उनीहरू सँगै कहिले कता जान्छन्, कहिले कता।

आश्रममा पुरुषलाई प्रवेश निषेध छ। त्यसैले उनीहरूको भेट दिउँसो सडकमा मात्र हुन्छ। बेलुकी प्रेमको भने बासको ठेगान छैन, जहाँ मिल्छ त्यहीं। 'सुख खोज्न आएको, झन् ठूलो दुःखको भुमरीमा परियो, दुःखले कहिँ गए पनि छाडेन,' उनले मलीन स्वरमा भनिन्।

...

 
एक दम्पतीको अमेरिकी सपना
 

 

दुई महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्दा सरिता गुरुङ हर्षले रोएकी थिइन्। ब्राजिल हुँदै अमेरिका पुग्ने सपना पूरा हुनेमा उनी ढुक्क थिइन्। अझ खुसी यस कारण थिइन्, पति प्रेम गुरुङ पनि उनीसँगै ब्राजिल हुँदै अमेरिका जाँदै थिए। धेरै पैसा कमाउने, नेपाल फर्कने, सानो व्यापार/व्यवसाय सुरु गर्ने र सुखी जीवन बिताउने- गुरुङ दम्पतीको सपना।

दुई वर्षअघिमात्र विवाहबन्धनमा बाँधिएका थिए, सरिता र प्रेम। दुवै जनाको राम्रो रोजगारी नहुँदा सन्तान जन्माउने इच्छा थाती राखेका थिए। उमेर र शिक्षा दुवैको उस्तै- २८ वर्ष, प्लस टु।

भारतमा एक निजी कम्पनीमा काम गरेका प्रेमलाई त्यहाँको कमाइ चित्त बुझेन, उनी तनहुँ फर्किए। सरितालाई पनि काठमाडौंमा रिसेप्सनिस्टको जागिर चित्त बुझेन। डेरा भाडा र खाना पनि हम्मे। सुरु गरेको एक वर्षपछि रिसेप्सनको जागिर छाडी उनी पनि पुर्ख्यौली घर तनहुँ नै फर्किन्। 
...

'मध्यम खालको परिवार हो हाम्रो,' सरिताले दुख पोखिन्, 'कामधाम केही थिएन, कमाइ नहुँदा घरव्यवहार चलाउन कठिन थियो।' जोइपोइबीच एक दिन सल्लाह भयो- अब यहाँ बसेर केही गर्न सकिँदैन, दुवै जना विदेश जाने। 
जान त जाने तर कहाँ? दुवैलाई राम्रो ज्ञान दिएन। मन मिल्ने साथीभाइ सबै काठमाडौंमा थिए। गुरुङ दम्पती काठमाडौं आए। मन मिल्ने साथीभाइ सबैसँग सल्लाह गरे। यसैबीच मनोज खनालसँग भेट भयो।

मनोज कस्ता व्यक्ति हुन्, कहाँका हुन्, कहाँ बस्छन्- उनीहरूले निधीखोजी गर्न आवश्यक ठानेनन्। दिमागमा एउटै भुत चढेको थियो- अमेरिका जाने, पैसा कमाउने। मनोजलाई पनि यस्तै मान्छे चाहिएको थियो। उनले आश्वासन दिइहाले- पैसाको जोरजाम गर्नोस्, अब तपाईंले मासिक तीन हजार अमेरिकी डलर कमाउनु हुन्छ। 
मासिक ३ हजार अमेरिकी डलर कमाउने लोभमा गुरुङ दम्पतीले पहिलो किस्ताअनुसार दश लाख रुपैयाँ बुझाउन ढिला गरेनन्। 
'सुरुमा पोर्चुगल, बेल्जियम पठाउने कोशिश गरेको थियो। त्यहाँको भिसा लगाउन अहिले गाह्रो रहेछ भन्दै ब्राजिलबाट अमेरिका जान एकदमै सजिलो हुन्छ भनेर यहाँ ल्याए,' सरिताले भनिन्, 'सुरुमा मासिक एक हजार अमेरिकी डलर, त्यसपछि तीन हजार डलरको जागिर पाइन्छ भनेको थियो।'

...
गुरुङ दम्पती गत असार ४ गते काठमाडौंबाट टुरिस्ट भिसामा ब्राजिल उडेका थिए। एजेन्ट मनोजले उनीहरूसँगै अन्य १० जनालाई पनि पठाएका थिए। सबैको सपना एउटै थियो। उनीहरूसँगै मनोज पनि ब्राजिल गएका थिए। कतारको दोहा हुँदै ब्राजिलको साओ पाओलो पुगेपछि दुई दिन स्थानीय होटलमा राखियो। त्यसपछि उनीहरूलाई बोलिभिया लगियो। एक सातासम्म बोलिभिया राखेपछि पुनः ब्राजिल फर्काइयो। साओ पाओलो फर्केपछि मनोज भागे। बल्ल उनीहरूले थाहा पाए- आफू फसेको।

'कमाएपछि तिरौंला भनी नातागोतासँग बल्लतल्ल ऋण लिएर बुझाएका थियौं,' सरिताले भनिन्, 'एजेन्ट फरार भयो, हामीसँग पैसा छैन, कसैले सहयोग गर्दैनन्।'

एजेन्टबाट ठगिएका गुरुङ दम्पतीमात्र होइनन्। अहिले ब्राजिलको साओ पाओलोमा मात्रै ९० जना नेपाली गुरुङ दम्पतीजस्तै अलपत्र परेका छन्। दिउँसो सबै एकै ठाउँमा जम्मा हुन्छन्, दुःखसुखको कुरा गर्छन्, साँझ परेपछि बासस्थानको खोजी।

'घुम्न भनेर को आउँथ्यो होला र, पैसा कमाइएला, केही गरौला भनेर नै आएको हो,' उनले सुनाइन्, 'ऋण गरेर बुझाएको पैसा फस्यो, फर्केर नेपाल जाउँ, पैसा छैन, बुढाबुढी सँगै रुँदै सडकको डिलमा बस्छौं, साँझ परेपछि छुट्टिन्छौं, फेरि बिहान सँगै सडकमा।'

 
प्रतिक्रियाहरू (0)Add Comment

 
Posted on 08-11-12 9:19 AM     [Snapshot: 197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

America is just something, not everything. How the hell to make them understand this fact now?
 
Posted on 08-11-12 6:44 PM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I agree america is something not everything. But life in nepal is also difficult in nepal, especially kathmandu. If you dont have your own house life is terrible even if you make 20k. I guess in ktm, if you make 20k plus then employer will suck blood out of you. SO lots of ppl try to migrate to america. I have helped so many ppl who are teacher in nepal making 30k plus teaching at diff school to come and do phd over here, make easy money above 1000 dollar and if your wife is also there then it will be bonus . Have helped and convinced many to come to usa.
 
Posted on 08-11-12 7:23 PM     [Snapshot: 729]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I know right. Even if you have money in Nepal you cannot get gas, water and electricity. But what I'm saying is this is not a right way to get over here spending that big money in illegal way.
 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206,157.55.32.60,65.55.213.239