[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
[Total Subscribers 1]

rahulvai
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 जातीय युद्ध र विनाश विश्वमा कहाँ–कहाँ भयो?- सुमन श्रेष्ठ
[VIEWED 976 TIMES]
SAVE! for ease of future access.
Posted on 07-11-12 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

जातीय युद्ध र विनाश विश्वमा कहाँ–कहाँ भयो?- सुमन श्रेष्ठ

मार्क्स भन्छन्– 'अहिलेसम्मको इतिहास भन्नु नै वर्ग सङ्घर्षको इतिहास हो।' अर्थात् वर्गीय युद्ध नै इतिहास परिवर्तन गर्ने तत्व हो। तर, अहिलेको विश्व र निकट विगत हेर्दा यो भनाइ मात्र सही होइन कि भन्ने भान हुन्छ। किनभने, विश्व इतिहास वर्गीय द्वन्द्व र युद्धका साथमा जातीय द्वन्द्व र युद्धहरूले पनि कम थिलोथिलो भएको छैन। आजसम्म विश्वमा ५ हजार युद्ध भएको अनुमान गरिन्छ। तीमध्ये धेरै युद्ध जातीय नाममा लडिएका छन्। राजनीतिक, सामाजिक, राष्ट्रिय, क्षेत्रीय, धार्मिक आदि नाममा समेत युद्ध भए पनि मूल जरा चाहिँ जातीयतामै भेटिन्छ। अहिले पनि विश्वका २ सय १० देशमध्ये करिब १ सय ५० मा विभिन्न स्वरूपका जातीय द्वन्द्व कायम छन्। ४७ देशमा त जातीय युद्ध नै भइरहेका छन्। कतिपय जातीय द्वन्द्व सुषुप्त अवस्थामा छन् भने युरोपका कतिपय देशहरूमा यस्ता जातीय द्वन्द्वहरू समाप्त भएर राष्ट्रिय राज्य निर्माण भएका छन्। जाति, भाषा, संस्कृति र धर्म मानव स्वाभिमान र संवेदनासँग जोडिएको हुन्छ। त्यसैले यस्ता विषयलाई ठीक ढङ्गबाट समयमा सम्बोधन र व्यवस्थापन गर्न नसकेमा यसले निकै ठूलो क्षति पुर्‍याउँछ। एक वा एकभन्दा बढी जातले अर्को जातलाई गर्ने दमन–शोषणबाट यस्तो अवस्थाको सिर्जना हुन्छ। एक जातिले अर्कोलाई सम्मान गर्ने वातावरण हुन सके यस्ता द्वन्द्व पनि कम भएर जान्छन्। तर, विगतमा र अहिले पनि समाजमा समान स्तरको व्यवहार नहुँदा यस्ता विद्रोह र दमन दुवै हुने गरेको पाइन्छ। विश्वमा अहिले चलेका प्रमुख जातीय युद्धले पुर्‍याएको क्षति भौतिक संरचना वा मानवको सङ्ख्यामा मात्र सीमित छैन, यसले त कालान्तरसम्म द्वन्द्व निम्त्याउन सक्ने खतरा पनि साथमै बोकेको छ।  
रुवान्डा रोइरहेछ 
संसारमा भएका जातीय युद्धमध्येमा सबैभन्दा विनाशकारी मानिएको युद्धस्थल हो– रुवान्डा। त्यहाँ १९९४ मा हुतु र तुत्सी जातिबीच भएको युद्ध जसमा करिब १० लाख मानिस मारिएको आँकडा छ। यो युद्ध यति क्रूर थियो, सय दिनमा ५ लाख मानिसको हत्या गरिएको थियो। फरक जात विवाह गरेका लोग्ने र स्वास्नीले समेत एक आपसमा एउटाले अर्काको हत्या गरेको यस्तो उदाहरण अन्यत्र बिरलै पाइन्छ। यस युद्धमा मारिएको उक्त सङ्ख्या कुल जनसङ्ख्याको २० प्रतिशत थियो। २० लाख जनता शरणार्थी बनेर विदेश भाग्न बाध्य भए। अल्पसङ्ख्यक तुत्सीका हातमा शासन थियो भने बहुसङ्ख्यक हुतु शासनमाथि आफ्नो अधिकार जमाउन चाहन्थे। त्यही कारणले उनीहरूले हतियार उठाए र द्वन्द्वले चरम रूप लियो। ठूलो मूल्य चुकाएपछि अहिले रुवान्डा शान्त छ। 
श्रीलङ्काको सास्ती 
सुरुमा भाषाका नाममा सुरु भएर कहिले धार्मिक त कहिले राजनीतिक रूप लिएको श्रीलङ्काको जातीय युद्ध सकिएको धेरै भएको छैन। तमिल–सिन्हाली युद्धले श्रीलङ्कालाई सम्पन्न राष्ट्र हुनबाट मात्र रोकेन, यस क्षेत्रलाई नै अस्थिर बनायो। सुरुमा चिया खेती गर्न श्रीलङ्का लगिएका तमिलहरूले आफ्नो भाषाले राष्ट्रिय मान्यता पाउनुपर्छ भन्ने माग राखेर लडाइँ सुरु गरेका थिए। पछि त्यसले यति उग्र जातीय द्वन्द्वको रूप लियो, जसबाट १ लाखभन्दा बढी मानिसले ज्यान गुमाउनुपर्‍यो। तमिल नेता भिल्लुपिलाई प्रभाकरणको मृत्युपछि एकाएक कमजोर भएको यस द्वन्द्वले श्रीलङ्कालाई तीन दशकसम्म लखेटिरह्यो। यही द्वन्द्वले छिमेकी भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्यामा समेत भूमिका निर्वाह गर्‍यो। 
सुडानमा सफाया 
जातीय द्वन्द्वकै कारण हालै देश नै टुक्रिएको सुडान र दक्षिणी सुडानबीच अझै द्वन्द्व साम्य भएको छैन। दक्षिण सुडानको दिन्कागोक र सुडानतिर बस्ने भिसेरिया आदिवासीबीच अहिले पनि युद्ध जारी नै छ। एबेई क्षेत्रमा बसोबास गर्ने दिन्कागोक जातिका मानिसले यो क्षेत्र दक्षिण सुडानमा पर्नुपर्छ भनिरहेका छन् भने भिसेरिया सुडानका पक्षमा छन्। यही क्षेत्रको स्वामित्वका कारण द्वन्द्व भए पनि त्यसभित्र जातीय कारणले मुख्य भूमिका निर्वाह गरेको छ। यिनीहरूकै प्रतिनिधित्व गर्दै दुई देश आपसमा लड्दै छन्। तेल, क्षेत्र र जात गरी मुख्य तीनवटा कारण सतहमा देखिए पनि मूल द्वन्द्व चाहिँ जातीय नै छ। 
ग्वाटेमाला गञ्जागोल 
१९६० को दशकदेखि दक्षिण अमेरिकी राष्ट्र ग्वाटेमालामा भएको द्वन्द्व पनि जातीय नै थियो। आवरणमा रानजीति भए पनि त्यसभित्र जातीय मुद्दाले निकै ठूलो भूमिका निर्वाह गरेको थियो। त्यहाँका कम्युनिस्टहरू आदिवासी समर्थक थिए भने अमेरिकी सहायतामा स्पेनी गोराहरूले कम्युनिस्टलाई दबाउन कार्यक्रम सञ्चालन गरे। त्यसबाट अधिकांश आदिवासीहरू दमनमा परे र युद्धले आदिवासी र गोरालाई आमनेसामने उभ्यायो। बहुसङ्ख्यक आदिवासीसँग जमिन थिएन। हतियारको बल र सीआएएको सहायतामा स्पेनी गोराहरूले लगभग सबै जमिन र प्राकृतिक स्रोतमाथि एकाधिकार जमाएका थिए। जब यसका विरुद्धमा कम्युनिस्टहरूले आदिवासीलाई आफ्नो अधिकारका लागि लड्न पे्ररित गरे, तब कम्युनिस्ट दबाउने निहुँमा १९६० देखि १९९६ सम्म करिब दुई लाख आदिवासीको हत्या गरियो, ५० हजारलाई बेपत्ता पारियो। 
ओटोमन (टर्की) मा अत्याचार 
प्रथम विश्वयुद्धका क्रममा र त्यसलगत्तै ओटोमन साम्राज्य (हाल टर्की) ले नियतवश लाखौँ अरमेनियनको हत्या गरेको थियो। दसौँ लाख अरमेनियनको हत्यालाई जातीय नरसंहारका रूपमा मात्र नभई जातीय सफायाका रूप लिइन्छ। ओटोमन साम्राज्यको यो अरमेनियन जाति निर्मूल गर्ने नियतमा जति धेरै हत्या गरिएको थियो, त्यसभन्दा चर्को रूपमा जाति निर्मूल गर्ने अभियान चलेको थियो। यहुदीहरूलाई समाप्त पार्नका लागि नाजीहरूका पक्षमा हिटलरले चलाएको नरसंहार मानव जातिलाई नै कलङ्कित गर्ने घटनाका रूपमा अङ्कित छ। एउटा व्यक्तिका लागि एउटा गोली खर्च गर्दा महँगो पर्ने भएका कारण ग्यास च्याम्बरको प्रयोग गरी एकैपटक हजारौँ मानिसलाई मारिन्थ्यो। 
कङ्गोमा कत्लेआम 
जातीय युद्धको विनाश बोकेको कङ्गोमा हेमा जाति र लेडु जनजातिबीच भएको युद्धमा ६० हजार मानिस मारिएका थिए। हाम्रो जस्तै बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक अफ्रिकाकै अर्को मुलुक नाइजेरिया पनि जातीय द्वन्द्वले धेरै पीडित भएको मुलुक हो। लामो द्वन्द्वपछि त्यसलाई समाधान गर्नका लागि जातीय सङ्घीयता अपनाइएको यस मुलुकमा सुरुमा प्रमुख तीन जातका आधारमा तीन प्रदेश छुट्ट्याइए पनि जातीय द्वन्द्व समाधान नभएपछि अहिले ३७ प्रदेशमा पुर्‍याइएको छ। जातीय युद्ध नसकिँदै त्यहाँ धार्मिक युद्धले टाउको उठाएको छ। 

स्पेनी र बेलायतीहरूले अमेरिका र अस्टे्रलियामा आफ्नो साम्राज्य विस्तार गर्ने क्रममा त्यहाँका आदिवासीको संहार गरेका थिए। अमेरिकामा त रेड इन्डियनहरूको जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी मानिस मारिएका थिए। अस्टे्रलियामा पनि त्यही अवस्था रह्यो। अहिले त्यहाँको सरकारले त्यस जातीय निर्मूलन कार्यक्रमको क्षतिपूर्ति जस्तो गरी केही थप अधिकार र सुविधाहरू दिएको छ।  

पूर्व सोभियत सङ्घ त्यही जातीय द्वन्द्वले टुक्राटुक्रा भएको छ। अमेरिकासँग भिड्न सक्ने हैसियत बनाएको सोभियत सङ्घ आखिरमा जातीयताको सही व्यवस्थापन हुन नसक्दा चकनाचुर हुनुपर्‍यो। त्यही हालत पूर्व युगोस्लाभिया र चेकोस्लोभाकियाले पनि भोगे। राष्ट्रहरू टुक्रिन विकासका लागि उल्टो गति जस्तो हो। अझै बढी जातीय द्वन्द्व कम्युनिस्ट मुलुकमा हुने गरेको छ। आखिर यस्तो किन हुन्छ? अझै पनि रुस जस्ता देशमा जातीय द्वन्द्व कायम छ र चीनजस्तो समाजवादी मुलुकमा टिवेटन, उइगुरजस्ता जातीय आन्दोलन उठाउन मूलतः पश्चिमाहरू प्रयत्नरत छन्। कतै यस्ता मुद्दाहरू कम्युनिस्टहरूलाई नै नष्ट गर्ने हतियार बन्दै त छैनन्? 
नेता भए... 
जातिवादी शासनबाट पीडित दक्षिण अफ्रिका चाहिँ नेल्सन मण्डेलाको नेतृत्वका कारणले जातीय युद्धबाट बचेको हो भन्दा गलत नहोला। ८० प्रतिशतभन्दा बढी कालाहरूले आफ्नो मुक्तिपछि गोराहरूसँग बदला लिनका लागि जातीय युद्ध हुन खोज्दा त्यस्तो हुनबाट मण्डेलाले बचाएका थिए। के नेपालमा त्यस्ता राजनेता जन्मेलान्? 

http://www.weeklynepal.com/index.php/2012-06-17-17-03-31/251-weekly/2012-06-17-17-07-36/2012-06-17-17-09-48/15189-2012-07-11-06-52-00

______________________
अरु केहि देश छुटेका छन्


Rwanda 

यो देश मा हुतु र तुत्सी बीच को झगडा ले गर्दा एक हप्ता मा १० लाख मानिस मारिएका थिए १९९४ मा.


Seraleon 

यहाँ पनि दुइ जाति को बीच झगडा हुदा लाखौ मानिस मरेका थिए. २००२----२००५ मा 


Liberai 


यहाँ पनि जातीय  गृह युध्हा ले गर्दा लाखौ मान्छे मरे 





 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
How long does it take to get I485 approved?
TPS Timeline
H-1B 2018/2019: कसैको approval notice आयो?
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
TPS to GC (PERM-I140-I485) TimeLine
GC question
NEPALI CHARLES SHOBRAJ ZUBIN SHARMA URF PRAKASH PAUDYAL!
****जति गर्दा पनि मो:मो जुसी भएन ! ****
Driver's License Renewal While TPS Pending
कसैको नयाँ AP document आयो कि? धन्यवाद!!
America ako kati vayo?
Need to send 25K to Nepal
बस्दिन भन्दा भन्दै बसियो १६ वर्ष ४० लगायो अमेरिकाले आज
Canada visitor visa on TPS
भो अब? अनमोलकि आमा, भुवन केसिकि पुर्वपत्निले दोश्रो बिहे गर्न लागिछन
Birth certificate for i485
हिरोइन श्रिषा कार्कि लाइ आत्महत्या गर्न यसरि बाध्य बनाइएको थियो !
Breaking News: Nepali student deported from US immigration after Nepal visit
TPS to f1 reinstatement help suggestion needed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters