[Show all top banners]

nepcha1
Replies to this thread:

More by nepcha1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मन्त्री ढकालले भने- परिवार नियोजन गर्नुहुँदैन
[VIEWED 2286 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-12 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

मन्त्री ढकालले भने- परिवार नियोजन गर्नुहुँदैन

१६ असार, काठमाण्डौं ।‘दुई सन्तान ईश्वरको वरदान’ भन्दै सरकार परिवार नियोजनको प्रचारमा बर्सेनि ठूलो रकम खर्च गर्छ । तर, वर्तमान सरकारका एक मन्त्री यस्ता भेटिए जो परिवार नियोजनमा पटक्कै विश्वास गर्दैनन् र एकपछि अर्को सन्तान जन्माइरहेका छन् ।

यी हुन् गरिबी निवारण तथा सहकारीमन्त्री एकनाथ ढकाल । ०५४ सालमा फिलिपिनो महिलासित बिहे गरेका मन्त्री ढकालका लगातार पाँच छोरी भए । उनकी श्रीमती ब्लेसी गाडन अहिले फेरि गर्भवती छिन् । छैठौँ सन्तानको प्रतीक्षामा रहेका ढकालले आजसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरेको र भविष्यमा पनि नगर्ने बताए ।

‘यो (परिवार नियोजन) अप्राकृतिक कुरा हो,’ उनले भने, ‘मेरा बर्सेनिजस्तै सन्तान जन्मिरहेका छन्, (सन्तानोत्पादन) रोक्ने कुनै सोचाइ छैन ।’ उनले परिवार नियोजनका कुनै पनि साधनमा आफ्नो विश्वास नरहेको भन्दै यसलाई नअपनाउन अरूलाई पनि सुझाब दिए । मन्त्री ढकालले भने, ‘हामीले अप्राकृतिक साधन प्रयोग गरेर सृष्टिलाई चुनौती दिने अभियानमा लाग्नु राम्रो होइन ।’

अप्राकृतिक कुराको प्रयोगले मानव समाजलाई रोगी बनाउने उनको तर्क छ । ‘सन्तान कम जन्माउन खोज्ने हो भने सेल्फ कन्ट्रोल गर्न सक्छौँ,’ उनले सुझाए । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका मन्त्री ढकालले भने, ‘सबै कुरामा प्राकृतिक सिद्धान्त अपनाउनुपर्छ, यसलाई प्राकृतिक रूपमै सञ्चालन हुन दिनुपर्छ ।’

परिवार नियोजनका साधनलाई खेतबारीमा प्रयोग गरिने रासायनिक मलसँग तुलना गरे मन्त्री ढकालले । ‘अहिले रासायनिक मलको प्रयोगले गर्दा हाम्रा जमिन जब्बर भएका छन्,’ उनले भने, ‘यही स्थिति रहने हो भने अबको सय वर्षपछि यो भूमिबाट कस्तो उब्जनी होला हामीले कहिल्यै कल्पना गरेका छैा ?’

‘बजारमा परिवार नियोजनका स्थायी र अस्थायी साधन छ्याप्छ्याप्ति पाइन्छन्,’ मन्त्री ढकाल थप्छन्, ‘ती साधन म पनि प्रयोग गर्न सक्थेँ, तर आजसम्म कहिल्यै गरिनँ ।’

ढकाल युनिभर्सल पिस फेडेरेसन (युपिएफ) नामक अन्तर्राष्ट्रिय धार्मिक संस्थाको नेपाली अगुवा हुन् । सामाजिक संस्थाको खोल ओढेर युपिएफले विवादास्पद कोरियाली धर्मगुरु सन् म्योङ मुनका आध्यात्मिक सिद्धान्तलाई नेपालमा प्रवद्र्धन गर्दै आएको छ । आफूलाई जिसस क्राइस्टको अवतार दाबी गर्ने मुनकै सिद्धान्तलाई पछ्याएर परिवार नियोजनका साधन बहिष्कार गर्दै आएका छन् ढकाल र उनको संस्थाका मानिसले । तर, उनी यो तथ्य खुलाउन चाहँदैनन् ।

ढकालपत्नी गाडनले पहिलो सन्तानका रूपमा सन् २००१ मा छोरी जन्माएकी थिइन् । पहिलो सन्तान जन्मिएको एक वर्षपछि नै सन् २००२ मा उनले दोस्री छोरी जन्मिइन् । सन् २००४ मा तेस्रो, २००८ मा चौथो र २०११ मा पाचौँ सन्तान जन्माएकी गाडन दुई महिनापछि अर्को पाउने तयारीमा छिन् । संस्थाको सिद्धान्तअनुसार अन्तर–राष्ट्रिय विवाह गरेको ढकाल दम्पतीले छोरीहरूको नाम पनि ‘समावेशी’ किसिमले जुराएको छ ।

पहिलो छोरीको नाम हो, इस्थर इन ढकाल । त्यसैगरी, दोस्रोदेखि पाँचौँसम्म क्रमश: काही गाडन ढकाल, सिम हा ढकाल, एकता ढकाल र ऐश्वर्य ढकाल नामकरण गरिएको छ । फिलिपिनो नागरिकसँग विवाह गरेको, गुरु कोरियन भएको र आफू नेपाली भएकाले नाम पनि मिश्रित रूपमा राखेको मन्त्री ढकालले बताए । उनले भने, ‘मेरो परिवारमा फिलिपिन्स, कोरिया र नेपालीको समिश्रण हुनेगरी दुईवटाको अंग्रेजी एउटाको कोरियन र दुईवटा छोरीको नाम नेपालीमा राखिएको छ । छैटौँ सन्तानको नामचाहिँ सोचिसकेको छैन ।’

आफ्नो छैटौँ सन्तान छोरा हुने हो कि छोरी भन्ने कुतूहल छ उनलाई । तर, गर्भमा रहेको बच्चाको लिंग परीक्षण गर्ने प्रविधि अपनाउन चाहँदैनन् । ‘मैले अघि नै भनिहालेँ, म कुनै पनि कृत्रिम वस्तुको प्रयोग गर्दिनँ,’ उनले भने । आफू छोराको पर्खाइमा भएको कुरा उनले नकारे ।

सेक्सलाई परिभाषित गर्दै ढकालले यो मानवलाई आनन्दको अनुभूति दिने उपल्लो माध्यम भएको बताएको खबर सैार्य दैनिकले छापेको छ । ‘यसको सही रूपमा प्रयोग हुनुपर्छ र त्यसबाट वंशको अपेक्षा पनि गरिनुपर्छ ।’

‘हरेक कुरा प्राकृतिक तवरबाटै सञ्चालन हुन दिनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ म,’ उनले पुन: जोड दिए, ‘कृत्रिम तथा अप्राकृतिक कुराको बढ्दो प्रयोगले मानव समाज ध्वस्त बनिरहेको छ ।’

आफूले अपनाइरहेको क्रिस्टियानिटीलाई ढकालले परिमार्जित हिन्दू धर्मको संज्ञा दिए । उनले भने, ‘म धर्मलाई परिमार्जित गर्दै लैजानुपर्छ भन्ने मान्यता राख्छु र आफूलाई हिन्दू युनिफिकेसका रूपमा लिन्छु । म हिन्दू धर्म मान्छु तर परिमार्जित हिन्दू धर्म ।’

http://onlinekhabar.com/2012/06/176611.html


 
Posted on 07-01-12 4:02 AM     [Snapshot: 433]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good aba chai nepal maa kei hola jasto cha.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Tourist Visa - Seeking Suggestions and Guidance
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters