Nepal News May 24
Popular Videos





   [Show all top banners]

_____

Subscribers
[Total Subscribers 0]
:: Subscribe
Related Videos
Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 ब्यापार फापेपछि दल खोल्ने लहर बढ्यो Fix Unicode
[VIEWED 777 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 06-11-12 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ब्यापार फापेपछि दल खोल्ने लहर बढ्यो

आयोगले आहृवान गर्न नभ्याउँदै दर्ता गर्नेको ओइरो

 

२९ जेठ, काठमाडौं । गएको शुक्रबार राजधानीमा कांग्रेस-एमाले लगायत सरकार बिरोधी मोर्चाले गरेको आमसभामा २७ दल सहभागी थिए । तीमध्ये संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ६ मात्रै थियो ।

नाम सुनिरहेका ती ६ वटा र थप दुईतीनवटा बाहेक अरु दलको नाम पहिले कहिल्यै सुनिएको थिएन । ती दल र तिनका तर्फबाट भाषण गर्न आउने नेताहरुको नाम सुनेर सहभागी त छक्क परे नै । उद्घोषक रहेका कृष्णगोपाल श्रेष्ठलाई दल र नेताको सहि नाम उच्चारण गर्न हम्मेहम्मे भयो ।

२०६४ चैतमा संविधानसभा चुनावको बेला ८१ वटा दल निर्वाचन आयोगमा दर्ता भएका थिए । तीमध्ये २५ वटा दलले संविधानसभामा प्रतिनिधित्व गरे । बिघटन हुने बेला संविधानसभामा ३३ दल पुगे । टुटफुटमा मधेसी दलहरुले अरुलाई जितेका छन् । संविधानसभामा पहिले मधेसबाट ६ वटा राजनीतिक दल मात्र सहभागी थिए । अहिले यो संख्या १७ पुगेको छ । अब फोरम लोकतान्त्रिकबाट कार्वाहीमा परेका शरतसिंह भण्डारीले पनि अर्को पार्टी खोल्ने तयारी गरिरहनुभएको छ । यसो हुँदा मधेसमा क्षेत्रीय राजनीति गर्ने दलको संख्या मात्रै डेढ दर्जन पुग्नेछ ।

निर्वाचन आयोगमा चाहिं पहिले ८१ दल दर्ता रहेकोमा यो संख्या घटेर अहिले ७५ भएको छ । ‘केही दलमा एकीकरण भएको र केही खारेजीमा परेपछि संख्या घटेको हो’ आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले जानकारी दिनुभयो ।

दर्ताको लागि निवेदनको चाङ

संविधानसभा भंगसँगै सरकारले मंसिर ७ गते अर्को चुनावको घोषणा गरेपनि यो मितिमा चुनाव हुने या नहुने अझै निश्चित छैन । संसद पनि नभएको र आवश्यक ऐन कानुन नभएकाले आयोगले दल दर्ताको लागि आहृवान गरेको छैन । अहिले सरकारको लागि आचारसंहिता लागू गरेको अवस्थामा मात्र छ ।

‘आवश्यक ऐन कानुन नभई दल दर्ताको आहृवान गर्न मिल्दैन’ आयोगका प्रवक्ता त्रितालले भन्नुभयो -’तर हामीले आहृवान गर्न नपाउँदै दल दर्ताको लागि निवेदन दिने क्रम शुरु भैसकेको छ ।’ आयोगका अनुसार संविधानसभा भंग भएपछिको बितेका दुई हप्तामा १८ वटा दलले दर्ताको लागि निवेदन दिएका छन् । ‘अहिले निवेदन दिन त मिल्छ, तर अहिले नै दर्ता हुँदैन’ प्रवक्ता त्रितालले भन्नुभयो -’पहिले ऐन, कानुन बन्नुपर्यो । अनि दल दर्ताको लागि आहृवान हुन्छ, अनि छानविन गरेपछि मात्रै दर्ता गर्ने काम हुन्छ ।’ यसअघि कहिल्यै नाम नसुनिएका व्यक्तिले समेत दल दर्ताको लागि निवेदन दिएका आयोग स्रोतले जनाएको छ ।

फाइदाको बिजनेश

डा. बाबुराम भट्टराई नेतृत्वको अहिलेको सरकारमा हेर्ने हो भने गठबन्धनमा माओवादी र मधेसी मोर्चासँगै माले समाजवादी, नेपा राष्ट्रिय पार्टी, चुरेभावर, परिवार दल लगायतका पार्टी छन् । संविधानसभामा एक या दुई सदस्य संख्या मात्र रहेका दलले समेत मन्त्रीको भाग पाउन सफल भएका छन् । कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा गठबन्धन सरकार बन्ने र कुनै ठूलो पार्टीको आडमा सरकारमा सहभागी हुन पाउने सुनौलो अवसर साना पार्टीलाई मिल्ने गर्छ । संसदीयकालको पछिल्ला सरकारदेखि अहिलेसम्म सरकार यसैगरी चलेका छन् ।

चुनाव जित्ने साना दललाई त मालामाल छ नै । कहिले यसकोमा, कहिले उसकोमा मिसिएर पालैपाले पद र सुविधा उपभोग गर्न पाइएको छ । चुनाव नजिते पनि पार्टी मात्रै खोल्दा पनि अस्तित्वमा आउन सकिन्छ भन्ने पछिल्लो उदाहरण गएको शुक्रबार खुलामञ्चमा भएको आमसभामै देखियो । पहिले त्यति ठूलो सभामा बोल्ने मौका नपाएका साना दलका नेताहरुले मज्जाले भाषण गर्न पाए । दल दर्ता मात्रै गरेर छाड्ने हो भने पनि कुनै दलसित मिलेर ध्रुविकरणमा मिसिएर फाइदा लिन सकिने भयो । चुनाव जिते सरकारमा र नजिते पनि सडकमा बसेर समेत फाइदा लिन पाइने भएकाले पछिल्ला दिनहरुमा दल दर्ता गर्ने लहर बढेको हो ।


 
Posted on 06-11-12 3:38 PM     [Snapshot: 128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाम्रा आखा फाइदा बेफाइदा तिर एकोहोरिएका छन्
फाइदा हुने भए
उहिले आउथ्यो संबिधान
यो पनि एउटा व्यापारको आयाम हो ,
नेतालाई एउटा ब्यायाम हो
जुन खेल मा जित नै जित छ
हार्ने नाम अर्कै ब्रम्हाण्ड मा छ
फाइदा नदेखेरनै र नभ एरनै
संबिधान टाडीदै गएको छ!!!!!!!!

 
Posted on 06-15-12 7:47 PM     [Snapshot: 373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपाला साह्रै धेरै दलहरु भए | तीन वोटा दल बाहेक अरु सबै दलहरुलाइ दल दल मा फ्याक्नु पर्ने बेला आएको छ |
 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206,157.55.32.60