[Show all top banners]

xekin
Replies to this thread:

More by xekin
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Photography Refresh page to view new replies
 Photography Website
[VIEWED 9251 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-12 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Check out my new website and if you like it then please do like my FaceBook Page

www.kantipurphotography.com
www.facebook.com/kantipurphotography
Last edited: 10-Apr-12 08:56 AM

 
Posted on 09-04-16 11:14 AM     [Snapshot: 2317]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

heres something i found i think this website is on progress http://honepal.com/gallery.php damn really good pictures

 
Prakashman Shilpakar.
Posted on 02-14-17 3:44 AM     [Snapshot: 3004]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा
~~
~~~०००~~~


आकाश र धर्ती यो ब्रम्हाण्डमा रहेसम्म ,
मेरो देश नेपालको चन्द्र सूर्य अङ्कीत यो राष्ट्रिय ध्वजा ,
अतुतरुपमा यसरी नै सधैं सधैं फहराई रहोस ,
यसै ध्वजा मुनि तिन कोटि नेपाली सधैं हाँसिखुसी बाँच्न सकोस ,
विश्व सामु नेपाल र नेपालीलाई यसै ध्वजाले ससम्मान परिचित गराई रहोस् ,
फुलका थुङ्गा सरिका हामी नेपाली नेपालीलाई यसै राष्ट्रीय ध्वजाले एकसूत्रमा बाँधी रहोस् बाँधी रहोस् ... । जय जय जय नेपाल
मानकुमारी शिल्पकार( श्रेष्ठ)/साभार: प्रकाश मान शिल्पकार



Last edited: 14-Feb-17 03:48 AM
Last edited: 14-Feb-17 05:14 PM
Last edited: 14-Feb-17 08:08 PM
Last edited: 14-Feb-17 08:11 PM

 
Prakashman Shilpakar.
Posted on 02-14-17 3:54 AM     [Snapshot: 3012]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेवार जातिको मौलिक पहिचानको संस्कार " इहि "


प्रकाशमान शिल्पकार


महीला कहिले पनि विधवा नहुने र सदैव सौभाग्यवती रहीरहने परम्परागत धार्मिक र समाजिक मान्यता रहेको नेवार समुदायको " इहि " संस्कार गैर नेवार ( अन्य जातजातिको ) समुदायको भन्दा भिन्न विधि व्यवहार हो । सनातन हिन्दू संस्कारमा सोर्ह संस्कार छन तर पनि नेवार समुदायभित्र हिन्दू नै भएतापनी दशकर्म संस्कार मात्र हुने गर्दछन । दशकर्म संस्कारहरु मध्य छोरीलाई गर्ने संस्कारहरु मध्यका एक संस्कार इहि हुन । सामान्यतया नेवार समुदायमा छोरी पाँचदेखी सात,वर्ष भित्र इहि संस्कार गर्दा उत्तम मानिन्छन । यो संस्कार सनातन धर्मले निर्देशित विधि हो भन्ने प्रमान आदित्य पुराणमा उल्लेखित पंक्ती " पिपलाम्बु सुवर्ण वा श्रीफलै:सार्धमुव्दहत । एभि: समुध्द हे बृषलीत्वात प्रमुच्यते ।। अर्थात - पिपल, जल, सुन वा बेल यी मध्य कुनै एकसंग कन्याको बिवाह गरिंदा ती कन्या बृषली( चणडालिनी) हुनबाट जोगिन्छे ।
सनातन हिन्दू धर्म अनुसार कन्यालाई बार्ह वर्षभित्र कन्यादान गरिएन भने ती कन्या रजपूर्ण हुन्छे । आफ्ना कन्याहरु विवाह पूर्व रजपूर्ण याने रजस्वला भयो भने तिनका बुवाआमा र दाजुभाई नरक जाने छन भन्ने कथन रहेका छन । आफ्ना छोरी चेलीको रज-दोषबाट मुक्तरही नरक जानबाट वच्न नै गैर नेवार हिन्दूहरु आफ्ना छोरीचेलीलाई सानैमा कन्यादान गरि बालविवाह गराई कन्यादानको पून्य लिने चेष्टा गरेको देखिन्छ्न । यसै कारणले गैर नेवारहरुमा बालविवाह जस्तो कुप्रथाले जडा गाडेको हुनसक्दछ्न । धर्म शास्त्रले निर्देशित गरीए अनुसार आफ्ना छोरीचेलिको रज-दोशकारण नरक जानू पर्ने सन्त्रासले पनि आफ्नु समुदायमा बालविवाह जस्तो कुप्रथाले प्रवेश पाउन सक्ने संभावनालाई निषेधित गर्न नेवार समुदायका पूरर्खौली बिद्वानहरुले चलाखीपूर्ण तरीकाले सनातन धर्मशास्त्रले निर्देशित गरीएअनुसार नै नितिगतरुपमा नै यो संस्कार र प्रथा प्रतिपादनगरि एउटा प्रतीशील तथा कार्न्तिकारी संस्कृतिको बिकाश गरि दिए ।
नेवार समुदायमा इहि गर्ने यो संस्कार कहिले देखि सुरुभयो भन्ने लिखित आधार कहिँ कतै देखिन्दैनन । तथापि यो संस्कार सनात देखि नै चलीआएको मानिन्छन । यो इहि संस्कार नेवार समुदायको छुट्टै पहीचान भएतापनी नेवार समुदाय भित्रकै शाही(खड्गी),द्य:ला(पोडे च्यामे),कपाली(जोगी, दर्सनधारी) र धोवी(कनौजी, मघैया) लगायत केही नेवार जाती उपजातीले यो संस्कार लाई अंगाली आएको देखिन्दैनन । किन यो संकारलाई अंगालेन भन्ने विषयमा एउटा खोजको विषय हो । तर आजभोली केहीले यस संस्कारलाई देखासिखी रुपमा अंगालेको पनि देखिन्छ । तर पनि शाही( खड्गीक, नाय:,सिंह) समुदायले आज सम्म पनि यस संस्कारलाई अंगालेको छैनन । कीन अंगालेन त भन्ने विषयमा शाही जातिको पहिचानको सवालमा चिन्तशिलरहनु हुने बामान शाही र बिनोद शाहीको भनाईमा " हामी शाही( खड्गी,नाय: सिंह) नेवार सूचिकरण भित्र परेतापनी वास्तवमा हामी नेवार हैनन , राजपुत सिंह हो । शाही जाती भित्र पनि विभिन्न उप-जातीहरु भएको "भनाई रहेकाछन ।
पौराणीक स्वस्थानी कथामा उल्लेखित भएअनुसार - विष्णुले दक्षप्रजापतीले आफुलाई माघेको दिनेछु भन्ने सत्यवाचा गराई सतीदेवी माघी कन्यादान दिने दिन दक्षप्रजापतिको घरमा यज्ञशालामा कन्यादान दिन आमा मेनकाले कमलण्डल लिइ, पिता दक्षप्रजापतिले छोरी सतिदेविको हात समाई कन्यादान दिन तमतयाररहेको समयमा एकजना अति बृध्द जोगिको रुपमा भेषधारी महादेव पुगी , मलाई भिक्षा नदिकन कन्यादान दिन र लिन पाउँदैन यदि दिए लिएमा दुबैलाई सराप दिनेछु भन्दै तरसाई , पूर्व सल्लाह साहुती मुत्ताबिक विष्णुले भेषधारी जोगीलाई बोलाई कन्यानदान सिधिनासाथ भिक्षा दिइने छ भनी फकाई आफुसंगै दायाँतर्फ बसाई , बिष्णु मायाले छोपी (प्रभावपारी)आमा बाबुको दृष्टि छलेर त्यही भेषधारी जोगिरुपी महादेवको हातमा कन्याको हात तलमाथी गरि दिए ।यस प्रकार विष्णुले सतीदेवी र महादेवको बैवाहीक सम्बन्ध गाँसिदिनु भयो ।
यसरी नै सतीदेवीले पार्वतीकारुपमा हिमालय पर्वतमा जन्म लिनु भए पछि महादेव पति पाउन अन्यक व्रत धर्म गरे पश्चात् विष्णुको उपदेश अनुसार श्री स्वस्थानी व्रत बसी , स्वस्थानीको व्रत प्रभावले पार्वती र महादेवको पुन: विवाह भयो । यस प्रकार विष्णुको माध्यम वाट माहादेवले कन्या प्राप्त गरेका कारणले नै सोही अनुसार भगवान बिष्णुका प्रतीक सु वर्णकुमार(हिरण्य गर्भ:)संग भगवान शिवको प्रतीक वेल साक्षी राखी भावी पतिका रुपमा भनी वैदिक तन्त्रविधिले निर्देशित गरीए अनुसार बिधिवतरुपमा कन्याको विवाह गराईन्छ । यसै विवाहलाई नेवार संस्कारमा " इहि " संस्कार भनिनछन । गैर नेवारहरु यो इहि संस्कारलाई " वेलविवाह " भन्ने गर्दै आएकाछन । अर्थको अनर्थ लाग्ने गरि बेलविवाह भन्नू गलत हो ।
इहि संस्कारमा कन्याको विवाह बिष्णु भगवान संग अथवा भगवान शिव संग भएको हो भन्ने विषयमा नेवारहरु आफैमा मत मतान्तर समेत रहेको पनि देखिन्छ तापनी श्रध्दाका साथ आफ्न्नो कन्याको विवाह विष्णु भगवान संग होस अथवा महादेव संग गराई इहि संस्कार सम्पन्न गर्दा श्रध्दा र आस्थामा चोत पुग्ने गरि व्याख्या अप व्याख्या गलत हुने छ । तर वेल संग नै कन्याको विवाह भएको भने पक्कै पनि हैन बेल त मात्र महादेवका प्रतिकका रुपमा मात्र उपस्थित गराएका हुन ।
पार्वतीले श्री स्वस्थानीको व्रत प्रभाववाट महादेव पति पाए पछी पार्वतीले आफ्नो माईती घरको चेलीले आफुसरह अखण्ड शौभाग्यती हुन पाउन वर माग्दा - "सुवर्णकुमार(हिरण्य गर्भ:) संग कन्याको विवाह भयो भने सदा सर्वदा हिमालय पर्वतका महीलाहरु शौभागवती हुनेछन" भन्ने महादेवले पार्वतीलाई दिनुभएको वरदान अनुसार नेवार महीलाहरु कहिले पनि विधवा नहुन र सदा सर्वदा शौभाग्यती नै हुने छन भन्ने धार्मिक नितिनियम बमोजिम पूर्वजले पछिका आफ्ना सन्तानहरुको कल्याणका लागि देवादीदेव महादेवको प्रतिकका रुपमा बेल फललाई उपस्थितिमा राखी याने साक्षी राखी बिष्णु भगवानको प्रतिकका रुपमा सुवर्ण कुमार(हिरण्य गर्भ:)संग वैदिक तन्त्रनिर्देशन अनुसार इहि याने इहिपा गराई यो इहि संस्कार थिति चलाई गएको रितिथिती संस्कार त्यसैबेला देखि हिमाली पर्वत क्षत्र नेपालमण्डलका नेवारहरुमा चलेको हुनु पर्दछ । यही सनातान धार्मिक मान्यता अनुसार नेवारहरुको शुध्द नेवार रितिथिती अनुसार याने मौलिक रितिथिती अनुसार विवाह गर्ने अवसरमा ज्वाइँ हुने व्यक्ती याने दुलाहा हुने व्यक्ती जन्तिसंग जाने चलन छैनन । यसै कारणले पनि नेवारहरुको विवाह कार्यमा बाबुले कन्यादान गर्नु पर्ने चलन छैइन ।

पौरानिक कथामा जे जस्तो लेखिराखेको भएतापनी अथवा धार्मिक बिचारका मानिसलाई बोध गराउनका लागि धार्मिक रंग वा उपमा दिइराखेको हुनसक्ने भएतापनी यो " इहि " संस्कार गर्ने चलन एक चतुर बिद्वानको देन मान्नु पर्दछ । बिधवा भै प्रकृतिले उपहार दिएको जीवन काम कृडा, आदि लाई तिताँजली दिई मन बाँधी बस्नु कम गार्होकाम हैनन । अन्य देश र अन्य जातजातियामा भरखरै मात्रै बिधवा विवाह गर्न र गर्ने चलन चलाई प्रत्सोहान दिन थाकेका छन भने नेवारहरुको पुर्खाले अघिनै यसलाई सामाजिक रुपमा नै मान्यता दिएर बिधवा भन्ने नै समाजमा नहुने गरि सदा सर्वदा सौभाग्यवती भैरहने धार्मिक र सामाजिक बिधिबिधान प्रतिपादन र व्यवस्थागरी उध्दारणीय काम गरि गए । आफू खुसी वा देखासिखी म बिधवा भनेर बस्ने नेवारहरुको कुरो अर्कै नै हो तर सनातन नेवार परम्परामा चाहिँ छैनन ।
नेवार समाजमा कन्याको वास्तविक दाम्पत्य जिवनका लागि गरीने विवाह ( इहिपा) आफनै मूल्य मान्यता रहेको भएतापनी सम्बन्ध बिच्छेदन गर्ने अर्थात पारपाचुकेको सरल प्रकृया, सामाजिक र सांस्कृतिक मान्यताका रुपमा नै छन र यस्को अधिकार महिलामा नै निहित छ । यस बाट महिलाहरुले आफ्नो पतिलाई सुपारी(ग्वय) फिर्ता दिएको कारणले सम्बन्ध(पारपाचुके) गर्ने कार्य पति जिवित अवस्थामा मात्र होइन जीवनको अन्तिम क्षणको अवस्थामा वा ब्रन्हनालमा पुगिसक्दाको अथवा मृत्यु भै सवयात्रा कै अवस्थामा वा चितामा आगो दन्कीरहन्दाका अवस्था समयमा समेत पनि सम्भव छ । हुनत यस विषयमा नेवार समाजभित्रमा नै अली फरक फरक मत रहेको पाइन्छन । कसैको यो सुविधा चितामा दागवती दिन्दा सम्म मात्र हुने छ भने कसैको दागवती दिई सकेपछी पनि सम्भव छ भन्ने गरीन्छन । र यति गरि सकेपछी महिलाले आसोच वार्नु पर्दैनन । त्यस पछि महिलाले एकल जीवन यापन गर्ने वा अन्य कुनै पूरुष संग विवाहगरी जाने वा नजाने भन्ने विषयमा निर्णय गर्न महिला आफै स्वतन्त्र हुनेछन भन्ने सामाजिक र सांस्कृतिक मान्यता रहेको छ । यो नेपालमा अघि मात्री सत्तात्मक राज्य प्रणालीको रहेको थियो भन्ने प्रमाणको अवशेष हो भन्ने सकिन्छ ।
नेवार समाजभित्र आज कालन्तरमा आएर आफ्नो जातिय मूल्य मान्यातालाई जोगाई राख्ने अथवा मासी पथाउने क्रममा बिधवाको को मान्यता लिने पनि सूरु हुन्दै आयो । पति मरेको महिला बिधवा हो भन्दै खस ब्राम्हनको जस्तै सेतो कपडा लगाएर वर्खी बस्ने गर्दछन र गैर नेवार सरह एकल र अपहेलित जीवनयापन गर्ने सिको गर्दै आएका छन । तर पनि यस सिकोलाई नेवार समाजमा बाहीरीय गैर नेवार समाजको संगतको परीणामका रुपमा लिने गर्दछन । परम्परा र संस्कारका नाउँमा " इहि " संस्कार आज पनि अनिवार्य रुपमा गर्ने गर्दै आएकै छन । तर पनि अन्य समाजको नक्कल गर्ने कार्य पनि भएका छन । यस बाट नयाँ पुस्तालाई इहि संस्कार भित्रको गुह्य अर्थ(कुरा) आज पनि आश्चर्यको विषय रहीरहे कै छ । नेवार समाजभित्र हिन्दू र बुध्दिस्त धर्ममा प्रभाव पर्ने क्रममा आफ्नो आफ्नो जातिय मौलिक्ता र जातिय पहीचान बिरसने सुरु भयो वा अर्थ नबुझेपनि यस्को निरन्तरन्तारही नै रहेका छन । सहज र आदिवासी जीवन शैलीमा नेवार समाजभित्र बाह्य प्रभावलाई रोकलगाई(निषेधित्त गराई) बालविवाह र बिधवाको मान्यता नदिन " इहि " संस्कार चलाई आएको हो । 
यो इहि संस्कार अन्य धार्मिक पुजा धर्म कार्य गर्ने जस्तो मनमा आएका समयमा यसो गरेपनी हुन्छ त्यसो गरे पनि हुन्छ भनी अर्थात आफुले चाहेको समयमा गर्ने कार्य होइनन । उमेर पुगेका जेष्ठहरुको भीमरथारोहण(जंक्व) कार्य, मूर्ती प्राण प्रतिस्था जस्तो पवित्र धर्मिक कार्यमा तथा दसकर्म संस्कारको अन्तर्गत धार्मिक यज्ञ सहितको पुजा कार्यमा बालकार्यक्रम अन्तरगत गरीने कार्य हो । त्यस्तो धार्मिक तथा सासंकृतिक कार्यमा कुनै बालीकालाई अनिर्वायरुपमा इही संस्कारका रुपमा पनि पुजा गर्नै पर्ने हुन्छन । अथवा इहि यज्ञ बनाई सानुहिक इहि कार्य गर्नेस्थानमा मात्र यो इहि संस्कार संम्पन्न हुन्छन । इहि गर्ने समय (पाँच देखि सात वर्षका) भएका र इहि दीन(ज्योतिसलाई जन्मकुण्ड्ली-चिना देखाएर इहि गर्ने दिन छ छैन हेरेर) भएका बालीकाहरुलाई त्यस्ता धार्मिक तथा सांस्कृतिक एवं सामुहीक इहि कार्यमा लगेर इहि संस्कार गर्ने गरीन्छन । हुने खाने अर्थात आर्थिक सम्पन्न व्यक्ती विषेशले इहि यज्ञ गरि कन्याहरु भ्यला गराई सामुहीक इहि गराई पुन्य संचय गर्न चाहनेहर्ले र कुनै सामाजिक संस्थाले श-शुल्क सामुहीक इहि यज्ञ कार्य पनि गरौने गर्दै आएकाछन । पुण्य संचय गर्ने उद्देष्यले कन्याहरु भेला गराइ सामुहिक इहि यज्ञको आयोजना गर्ने आयोजकलाई स्थानिय भाषामा " नोकु " भनिछन ।
सामुहीक इही गरीन्दा वा इहि संस्कार गरीन्दा हिन्दू धर्म सम्प्रदाएकाको ब्राम्हण राजोउपाध्याय(नेवार ब्राम्हण,द्य:ब्रम्हु) र बौध्द सम्प्रदायमा गुभाजुले पुरोहीतका रुपमा कार्य गर्ने गरीन्छन ।
इहि संस्कारको विधि -
इहि संस्कार गरिन्दा एउटा भिन्नै बिधिरहेको देखिन्छ । सर्व प्रथम त: इहि गर्ने उमेर पुगेको कन्याको चिना देखाई त्यस वर्ष इहि गर्ने दिन भए नभएको टुंगो लगाइन्छ । यसरी साइत जुरे पछि इहि गरीने कन्यालाई चार दिन अगाडि नै घरको नकिं( घरको मुलि महिला)ले सगुन( ............. ) दिएर पिब्वने कार्य गरीन्छन । कन्यालाई नुहाई धुआई गराई चोखो नित्य गराई सगुन दिइसके पछि इहि गर्ने कन्यालाई जन्म घरमा भात ख्वाउनु नहुने बिधिरहेकाले इहि संस्कार भित्रको बिधिमा कन्याका आफन्तहरुको घर घरमा सगुन र भोजनका लागि आफन्तहरुले कन्यालाई निम्तो दिई घर घरमा लगि सगुन दिई मिथो मिथो परिकारहरु बनाई कन्यालाई भोजन गराइन्छ । इहि गर्ने कन्यालाई आफन्तले भोजन गराउने कार्यलाई स्थानिय भाषामा इहि मचा नकेगु भनिन्छन । इहि मचा ख्वाउने चलन कुनै थाउँमा भने चलन चलेको देखिन्दैनन । इहि संस्कारा गर्दा इहि मचा ख्वाउन पिब्वय गर्न नपर्नेहरुले कन्या ठूलो भै विवाहको पूर्व संन्ध्यामा वा विवाह पछि आफन्तहर्ले पैइनजा ख्वाउने गरिन्छ । इहि संस्कार कार्यक्रम दुई दिन सम्म चल्दछ । पहिलो दिनलाई दुसो र दोस्रो तथा अन्तिम दिनलाई जज्ञ .भनिन्छ ।
इहि संस्कार कार्यमा आठ जना व्यक्ती विशेषको प्रमूख भूमिका रहेको देखिन्छन भने एकजना सहयोगि हुन्छन जस्तै -
१. जोशी- इहि गर्ने दिनको साइत हेर्ने लगायत,
२. नापित-कन्याको खुट्टाको नङ्ग काटी रातो अल: लगाई दिने,
३. प्रजापती-इही कार्यका लागि आवश्यक माटाका मूर्ती,कलश तथा सल:पा: लगायत सामान बनाउने,
४. चित्रकार-प्रजापतिले बनाएका माटाका सामानमा विशेष प्रकारले रङ्ग रोगन गर्ने,
५. दिक्षित राजोउपाध्याय ब्राम्हण( नेवार ब्राम्हण-द्य:ब्रम्हु)-इहि यज्ञ गर्ने,
६. शिवाचार्य-शुवर्णकुमार(हिरण्य गर्भ:)को पूजा गर्ने,
७. कर्माचार्य(आचाजु)-अष्टमातृका पूजा गर्ने र
८. राजोउपाधयाय नकिं(गुरुआमा)-पाथीबाट लावा, फुल, अविर आदि राखी सिफँलुइ(अभिषेक)गर्ने, सिन्दूर आरोहण लगायत कार्य गर्ने आदिले यज्ञ कार्यमा प्रमुख भूमिका निभाउछ तथा इहि यज्ञ कार्य गर्न आवस्यक सरसामानको चाँजो पाँजो मिलाउन एकजना सहयोगिको व्यवस्था गरिएका हुन्छन जसलाई म्ह्य नाय: भनिन्छन । कार्यक्रम आयोजक " नोकू " समेतको एउटा टोली नै खडा भएको देखिन्छ । साथै इहि गर्ने कन्याहर्को पनि एउटा पाँच वा नौजनाको इहि गर्ने कन्याहरुको एउटा नेत्रुत्व तोली पनि अनिवार्य व्यवस्था हुन्छ । कन्याहरुको यस तोलीले इहि यज्ञ कार्यमा कन्याहरुको अगुवाई गर्द्छ । कन्याहरुको यस तोलीको नेतृत्व आयोजकको कन्याले गर्दछन जसलाई नोकू भनिन्छन भने बाकी कन्याहरु आयोजकले तोकेका कन्याहरु तोलीमा समाबेस हुन्छन । इहि गर्न आउने अन्य कन्याहरुलाई भन्दा कन्याहरुको यस तोलीलाई यज्ञ कार्यमा विशेष समान साथ व्यवहार गरिन्छ । विशेष समानका साथ व्यवहार गरीए बापत यस तोली संग यज्ञ कार्य तोलीले अन्य कन्याहरु संग भन्दा बढी याने दोबर दक्षिणा लिने गरीन्छ्न ।
इहि संस्कार कार्यको पहिलो दिन(दुसो)- दुसो विधि अन्तरगत कन्याहरु(इहि मचा)लाई इहि यज्ञस्थलम प्रबेष गराई स्वागत(लसकुस)कार्य गरि सर्वप्रथम बिघ्नहरण कर्ता श्री गणेषको बोका बली पूजागरी कार्यशुभारम्भ गरिन्छन, इहि यज्ञका प्रमुख देवता त्र्यम्वकेश्वर महादेव-शिव(स्थानिय भाषामा अलिद्य:)लाई प्रजापतिको बाट साधेर(........) इही यज्ञमा ल्याई कन्याहरु बाट पुजा गराइ यज्ञस्थलको ईशान कोणमा राख्ने काम गरिन्छ । त्यस पछि गंगामाताको आव्हानगरी सुतक निवारकका रुपमा ( इहि कार्य संम्पन्न नभए सम्म त्यस अवधिमा कुनै सुतक परीहालेमा पनि कन्यालाई सुतक नपर्ने बिधिबिधान अन्तरगतको तान्तृक कार्य अनुसार बयलको पिण्ड दान गराई बृध्दी श्राध्द गराई पितृवंश, मातृवंश,गुरुजन आदि सबै स्वजनहरुलाई पिण्ड तर्पण गराएर बृध्दी श्राध्द संम्पन्न गराई शतबृन्दी दोरा(का: वायके विधि)लगाई दिने कार्य गरिन्छन । त्यस उपरान्त कन्याहरुको आ-आफ्नो कुलदेवता, इष्टदेवता(आगंद्य:), तलेजु भवानी लगायतको आव्हानगरी पुजा गरीन्छन । राजोउपाध्याय नकिंले काठको पाथीभित्र लावा,फूल आदि राखी कन्याहरुलाई अभिषेक्स(सिफँलुइगु)गरि कर्माचार्य बाट कन्याहरुलाई प्रशाद बित्तरण गरि पहिलो दिनको पूजा कार्य समाप्त गरि कन्याहरुलाई दुसो जा नकेगु भनी तन्त्र बिधिबाट भात ख्वाउने कार्य हुन्छ । यस क्रममा अघि सुरुमा गणेषलाई पूजा गर्दा बलि दिएको बोकाको टाउकोको अंगलाई आठ बिभिन्न भागमा तान्तृक बिधिवत बिभाजन गरिएनुसारको मासु प्रशाद जेष्ठ क्रम अनुसार कन्याहरुलाई(इहि यज्ञ आयोजकले उहि यज्ञमा कन्याहरुलाई तोकिराखेको जेष्ठ्ता अनुसार (पाँच जना अथवा नौजना ) बिधिवत क्रमश बितरण गरि सिकाभू ( नेवार समाजमा कुनै देव देविलाई बलिसहितको पुजा गर्दा बलिदिएको कुखुरा,हाँस वा बोका आदि जे बलिदिएको छ त्यसको प्रशाद सोरुप बलिको टाउको याने सिर जो कोहीले ग्रहण गर्ने(खाने) अधिकार दिएको छैन । त्यसको अधिकार घर परीवारमा भए घरको मूली देखि क्रमश:जेष्ठता अनुसार बिधिवत ग्रहण गर्छन । तर यो अधिकार महिलाहरुलाई भने दिएकी पाईदैनन , कुल समूह वा गुठी समाज भए नाय:(नाईके) र सो पछि जेष्ठता क्रम अनुसार ग्रहन गरिन्छ । सिकाभु ग्रहण गर्ने महिलाहरुलाई अधिकार नभए पनि इही संस्कार गर्दा भने इही गर्ने कन्याहरुलाई नै बलिको सिकाभू(सिऊ) ग्रहण गराईन्छ ।( सिकाभुको अर्थ-.............) सिकाभु प्रशाद ग्रहण पश्च्यात कल:वाय बिधि अपनाई मातङ्गी देवीलाई पुजेर सिकाभुको उचिष्ठ(जुठो)सिकाभु स्थलको संम्बन्धित इलाकाको च्छ्वास अजिमाकहाँ लगेर बिधिवत विसर्जन गरि दुसो दिनको संम्पूर्ण कार्य समाप्त गरि सबै आ-आफ्नो घरमा जान्छन ।
दोस्रो दिन "जज्ञ"
यसदिन पनि कन्याहरुलाई यज्ञ मण्डलमा स्वागत(लसकुश) गरि नापित बाट कन्याहरुको खुट्टाको नङ कात्ने कातेको नङ कन्याको फुपुहरुले काँसको थालमा थाप्ने कार्यगरी दोस्रो फिनको कार्य सुरु हुन्छ । त्यस पछि सर्वखौ ( पिना) द्वारा सूक्ष्म स्नान गराई पंचगब्यले अभिसिञ्चन गरिन्छ । यसदिन अघिलो दिनको दुसो कार्यमा कुनै विशेष कारण बंस सहभागी नभएका कन्याहरु समेत सहभागी भएका हुन्छन । .
। आज सहभागी हुने सबै कन्याहरुलाई अघिलो दिन झै पुन: बृध्दी श्राध्द गराइन्छ । श्राध्द गरिसकेपछी जोशी द्वारा सिन्दूरको पूजा सम्पन्न गरि राजोउपाध्याय नकिंले कन्याहरुको सिउँडोमा फुस्रेसिन्दूर(.......) लगाई दिई कन्याहरुलाई आशीर्वाद दिइन्छ ।
त्यसपछी योजकाग्नी (.सम्बन्ध जोड्ने..)यज्ञ आरम्भ गरि यज्ञमा बेललाई दस कर्मद्वारा सुसंस्कृत पारिन्छ । सुसंस्कृत बेललाई कन्याहरुको हात हातमा राखी बितरण गरिन्छ ततपश्च्यात कन्याका बाबुले पश्चिम तर्फ फर्केर कन्यालाई आफ्नो काखमा बसाई कन्याको दायाँ बुढी औला समाई कालो तिल कुश लिई कन्यादानको संकल्प गरि सुवर्न कुमार(हिरण्य गर्भ:) सहितको बेलमा कन्यालाई समर्पण गरिन्छ । त्यस पछि कन्याका आफन्तजनहरुले कन्यस्लाई भिक्षा दिने कस्र्य गरिन्छ यश कार्यलाई बार्हा छुइ भन्ने गरिन्छ । भिक्षामा चामल, पैसा तथा शौभाग्यको सामाग्री सहित दिइन्छ । त्यस पछि कन्याहरुलाई बेलसंगै कुशको डोरीले स्थीर्स्दाम्पत्यको निमित बाँध्ने कार्य संम्पन्न गरिन्छ पछि यसबन्धनलाई शिवाचार्यले झिक्ने कार्य गरिन्छ । त्यस पछि राजोउपाध्या ब्राम्हणले प्र्शाद बितरण गरि ब्राम्हण नकिं ( ब्राम्हणी ) बाट काठको पाथीबाट लवा, फुल, अबिर इत्यादी राखी अभिषेक ( सिफँलुइ ) गरि कन्याका माताबाट दक्षिणस थाप्ने काम हुन्छ ।
त्यस पछि इही संद्कार कर्मको पूर्णफल प्राप्तिका लागि गौदान गरेर लं, पने (इहि संस्कार भित्रको एक विधि) कार्य गरि कन्याहरुलाई क्रमश: पालै पालो गरि खुट्टाले सिलौटामा कुल्चिन लगाई मास पिँध्न लगसिइन्छ (खुट्टाले सिलौटामा कुल्चिन लगाई ( इहि संस्कार भित्र एक विधि) सो कार्य सकिना साथ यज्ञको विसर्जित ब्रम्हा स्वर्ग प्रस्थान हुन्र बेलाको जल प्रशाद दिई भोजन कक्षमा लागि भोजन गराई उचिष्ठ(जुठो)लाई पूर्वव्स्त मातङ्गी देवी पुजेर च्छास अजिमा कहाँ बिधिवत कल:वाय सम्पन्न गरि इहि कार्यको सबै काम समाप्त गरिन्छ ।इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान कुमार ( पिखालखु द्य: )को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई फँ बारा छुयेगु भन्छ । यसरी इही ससंकार कार्य सम्पूर्ण हुन्छ ।
इहि संस्कार जोगाई राख्न चुनौती :-
यो इहि संस्कार इहिपा(विवाह)कै एउटा रुप भएतापनी यस संस्कारमा इहिपा(विवाह)मा गरीने विधिहरु भन्दा पृथक बुधिहरु अपनाएको छ ।यसमा गरीने अधिकांस विधिहरु गैर नेवारहरुको भन्दा पृथक वैदिक-तन्त्रनिर्देशित भिधिहरु गरि आफ्नो जातिय मौकिक्ता दर्साई पहिचान दिइरहेका हुन्छन । वास्तविक जिवनमा गरीने इहिपा(विवाह) जे जस्तै बिधिहरु jastai- कानूनी विवाह,माघी विवाह, प्रेम विवह गरीएतापनी जातिए पहिचान र मौलिक्ताको प्रश्न उठदैनन तर इहिपा(विवाह) संस्कार भित्रको एक प्रमुख विधि " ग्वय सायके(ग्वयसा: भ्वय) र वाल्यावस्थामा गरीने इहि संस्कार तथा बार्हा: संस्कार गरीएन वा गराएन भने त्यो नेवार नै हुनसक्दैनन । अर्थात त्यस्ता व्यक्तिले आफुलाई नेवार हुँ भनी नभनेनी हुन्छ । किन भने नेवार रितिरिवाज तथा संस्कारको गर्भ:भित्रको परिधिवाट आयकी व्यक्तिले आफ्नु मूल गर्भको संस्कारलाई स्वीकार गरि विधि बिधान पालना नगर्ने नेवार कासरी हुन सक्छ ?
नेवार नेपालको एउटा जाती समुदाय मात्र हैन , नेपालकै पहिचान हो । नेवार शब्द बाटै प्राचीन नेपालको नाम नेपालमन्डल भएको पनि हुन सक्छ । त्यसैले नेवार आफै एउटा जात मात्र हैन, एउटा राष्ट्रीयता नै हो । अनि आफ्नो पहिचान र राष्ट्रीयता बिर्सने व्यक्ती आखिर नेवार कसरी हुन सक्ला त ?
नेवार संस्क्रुती तथा संस्कारलाई नबिर्सने अनि आफ्नो राष्ट्रीयता र पहिचानलाई कायम गरि राख्न चाहने तर कारबंश आफ्नो परम्परागत बास्थाबाट बसाईसरी नेवार बस्ती र नेवार समाज बाट धेरै ताधारहन बाध्य भएका वा रहने केही नेवारहरुलाई आफ्नो स्स्कार एवं संस्कृती जोगाई राख्न कथिन पर्दै गएको पनि यहाँ देख्न र सुन्नमा आएका छन । पहाडी र तराई क्षत्रमा बसोबास गर्ने नेवारहरुले " नेवार संस्कार तथा संस्कार बिधिबिधानको ज्ञान भएका राजोपाध्याय ब्राम्हण( द्य:ब्रम्हु, नेवार ब्राम्हण)को अभाबमा आफ्ना चेली, कन्याहरुको इहि संस्कार गर्न गराउअन समस्या परेको " जस्ले गर्दा गैर नेवार ब्राम्हण बाट जस्लाई इहि संस्कार बिधिबिधानका बारेमा जेही जानकारी नै छैन त्यस्ता ब्राम्हण बाट गैर नेवारहरुले गर्ने वैदिक बिधिबाट भएतापनी इहि संस्कार गराई आफ्नो जातिय पहिचान दिनु परेको " भन्ने कुरा धेरै वर्ष अगावै काठमाण्डौ बाट सल्याण जिल्लामा बसाईसरी घरवारगरी आई हाल काठमाब्डौको कलङ्की क्ष्त्रमा डेरागरी बस्नुहुने राजकुमार श्रेष्ठ बताउनु हुन्छन । राजकुमारजीको भनाई बाट नेवार बस्ती र समाज बस्ट ताधारहनेहरुमा आफ्नो जातिय पहिचान र संस्कार जोगाई राख्न चुनौती रहेको प्रस्त नै देखिन्छन ।
अत: नेवार जातिको मौलिक पहिचानको " इहि संस्कार " लगायत नेवार संस्कारहरु जोगाई देशको पहिचान जोगाई राख्न नेवार बस्ती र नेवार समाजदेखी ताधारहने पहाड र तराई क्षत्रमा बसोबास गर्ने नेवारहरुलाई लक्षित गरेर " इहि संस्कार " तथा नेवार संस्कारहरुको वैदिक- तन्त्रनिर्देशित सरल निर्देशिका सम्प्रेशन गर्न नेवार संस्कारका ज्ञाता प्रबुद्वबर्ग राजोपाध्याय ब्राम्हण( द्य:ब्रम्हु, नेवार ब्राम्हण), जोशी, कर्माचार्य तथा शिवाचार्य लगायत नेवार समाजका अगुवाहरुले ध्यान दिनु आवश्यक नै छ ।

प्रकाशशमान शिल्पकार
..



Last edited: 14-Feb-17 03:58 AM
Last edited: 14-Feb-17 04:02 AM

 
Prakashman Shilpakar.
Posted on 02-14-17 4:07 AM     [Snapshot: 3017]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


                                    ~~ म कलङ्की माई ~~

म कलङ्की माई~
आत्म कथा

म अष्टमातृका देवी गणहरु मध्यकी एक मात्री शक्ति कुमारी( कौमारी ) को बालरुप याने बलकुमारी हो । मेरो भक्तजनहरुले मलाई कलङ्की माई र कलङ्की माता भनी श्रध्दाका साथ पुज्दै आएका छन । त्यसो त: मेरा धेरै पुराना अघिका भक्तजनहरुले मलाई कल्खु अजिमा भनी श्रध्दभक्ती गर्ने गर्दथिए । कल्खु अजिमा बाट अपभ्रंस हुँदै कलंखु बालकुमारी भन्दै कलंखु बालकुमारी बाट पनि अपभ्रंस हुँदै कालान्तर आएर अहिले भक्तजनहरु मलाई कलङ्की माई र कलङ्की माता भनी श्रध्दाभक्ती गर्दै आएका छन । म मयुरमा सवार भएर मलाई अति मनपर्दछ याने मेरो बाहन मयुर हुन ।
म शिवपुरी डाँडामा रहेको पवित्र विष्णुपादुका बाट प्रादुर्भाव भई बगेको नदी विष्णु मति नदीको पश्चिम भेगमारहेको न्हेंपंखा भन्ने स्थानमा बस्दछु । अघि यहाँ नरकटकै नरकटको घारी थियो । नरकटलाई स्थानिय भाषामा न्ह्नायपं कच्छी भनिन्छन् । न्हायपं कच्छीको घारी हुने भएकाले नै यस क्षत्रलाई धेरै अघि न्हेपंखा भन्ने गर्दथिए । पछि यसक्षत्रलाई मेरै नामले कलङ्की स्थान रहन गै हाल कलङ्की नाम बाट प्रख्यातरहेका छन । यस न्हेपंखाको उत्तर तर्फ मनमती खोला( करखुसि )र दक्षिण तर्फ इन्द्रमती खोला( डांग्रे खुसी-बल्खु खुसी ) रहेका छन ।
यो कलङ्की क्षत्र नेपालको राजधानी महानगरको १४ वडा अन्तरगमा पर्दछ । यो कलङ्की क्षत्र राजधानी बाट पृथ्वी राजमार्ग र त्रीभूबन राजपथ भएर बाहिरिने र भित्रीने मार्गको मूलद्वार नै हो । 
मन्दिरको पुरानो स्वरुपलाई ०४६ सालमा जिर्णोद्वार गरी अहिलेको स्वरुपमा ल्याउँदा मेरा भक्त बासु केसिले मन्दिरलाई चार नागपासले सजाउँदा मेरो बारे थाहा नपाउनेहरुले म बालकुमारीको मन्दिरलाई चार नागपास हेरेर "नागको मन्दिर " भन्दा मेरो मन खिन्न हुन्छ । त्यस्तै मन्दिर अगादी फुटपाटमा तरकारी बेच्नेहरुले फोह्रर गरेर मलाई र मेरो मन्दिरलाई हेपेको देख्दा अचम्म लाग्दछन् ।
म यस न्हेपंकामा कहिले देखि रहन थालें भन्ने बिषयमा मेरा भक्तजनहरु आ-आफ्नै तरीकाले अनुमान र अडकल गर्दै आ?एका छन । वास्तवमा म यहाँ कहिले देखि रहन थालें त: भन्ने यथार्थता गुह्य नै राख्नु उपयुक्त भएकाले यस बिषयमा यहाँ कुरा नखोल्नु नै भक्तजनहरुको कल्याण हुनेछन् भन्ने म देख्छु ।
मेरा साथमा मेरा अन्य देवगणहरु समेत रहेका छनं । मेरा सथमा यहाँ अष्टमातृकागण देवीहरु ब्रम्हायणी, माहेश्वरी, वाराही महाल्क्ष्मी, महाकाली,इन्द्रायणी, नारायणी, रुदायणी लगायत अष्टमातृका पिथगणहरु -गणेश,सिहिंनी, व्याघीनी, भैरब,क्षत्रपाल, कुमार लग तथा अन्य गणहर - दहिणकाली, मनकामना, संकटा(पालाद्य:), महाँकाल, अन्य भैरब एवं देवीदेबीहरु समेत गरि जम्मा पचपन्न जना देवगणहरु रहेकाछन् । हामी पचपन्ना देवी देबताहरुको मूर्तिहरु मध्यमा म कलङ्की माई ,गणेश, दक्षिणकाली, संकता, महाङ्काल र भैरबका मूर्तिहरु बाहेक अन्य मूर्तिगरुलाई यहि नै देब देबता हो भनी एकिनका साथ भन्न सकिरहेको छैन । प्राचीन मन्दिरहरुमा जस्तै यहाँ पनि मेरा प्रस्तर मूर्ती नभै अ्ऊर्त नै मूर्तीहरु रहेका छन भने श्रीकलङ्की माताको मन्दिर क्षत्रको पूर्व दक्षिणमा मन्दिरलाई छत्रवढाइरहेको अवस्थामा मन्दिरकै गहणाका रुपमा रहेको देव वृक्ष पिपल बोट सहीतको चौतारी छ । यसै चौतारीमा परापूर्वकाकमा श्रीकलङ्की माता आफ्नो लामो यात्रा पछि थकाइ मारेको भन्ने किम्बदन्तिरहेको छ । चौतारी सहितको यस पिपल बोटलाई केही व्यक्तिहरूले काटी सडक बिस्तार गर्न योजना बनाउँदै छन्  । त्यस्तै दक्षण तर्फ शिवलिङ्ग, पारिजातको बृक्ष, सूर्यनारायण,तुलसीको मठ एवं सरस्वती, विश्वरुप, लक्ष्मीणारायण, लगायतको प्रस्तर मूर्ति, अरुणधरि सहित सप्तऋषिका अ्मुर्त मूर्तिरहेका छन त्यस्तै मन्दिरको ठिक पछाडी कमल भैरब रहेका छन् ।
म बसेको मन्दिरलाई संरक्षण गर्दै आएको मेरै नामले स्थापित संस्था श्री कलङ्की मन्दिर तथा समाज सुधार संस्थाले मलाई दैनिक बिहान नियम(नित्य) पुजा र साँझ सन्ध्याकालिन आरती तथा बार्षिक पुजाको रुपमा प्रत्यक कार्तिक महिनाको २५ गते   पुजा गर्दै बार्षिक पुजा गरि भक्तजनहरुलाई प्रशाद बितरन गर्दै आएका छन । त्यस्तै स्थानी अधिकारी परीबारका मुली डिठ्ठा मान बहादुर अधिकारी बाट बि.सं. १९६४ अक्षय तृतियाका दिन मलाई बाईस धार्निको ठूलो घन्टा, ढलोटको दुई सिंह र धलोटकै सत्र धार्नीबरबरको ठ्लो ४८ वटा डल्लु अर्पण गरी बार्षिक पूजाका लागी आयस्ताको निमित जग्गा समेत राखी गुठी स्थापना तथा विशेष पुजा शुभारम्भ गरि स्थापना गरिएको अधिकारी गुठीबाट प्रत्यक वर्षको अक्षतृतियाको अघिलो बेलुका विशेष पुजा , पुतिं तथा दिपावली गरि अक्षतृतियाक दिन वार्षिक बली पुजा गर्दै सबैलाई प्रशाद स्वरुप समय बजि बितरण गर्दै आएका छन् । स्थानिय भक्तजनहरुले दैनिक तथा कविभिन्न समुहगत रुपमा असार महीनामा बार्षिक बली सहित क्षमा पुजा गर्ने गर्दै आएका छन । स्थानिय एक भक्तजन समुहले कल्की जयन्तीका दिन बार्षिकरुपमा क्षमा पुजा गर्दै आएका छन् ।
मेरो नियम पुजा प्रशाद सुबेदीले गर्दै आएका छन् यस भन्दा अगादी कोमल प्रशाद रिमालजिले गर्दथे । मन्दिरको रेख देख तथा सुसारेको जिम्मा संस्थाका आजिवन सदश्य मचा काजी महर्जनले जिम्मा लिई मेरो सेवा सुसार समेत गर्दै आएका छन् । मेरो सेवा सुसार यस भन्दा अगादी मकर रोका, अमर नगरकोटी, र बाबुकाजी नगरकोटी समेतले चाडपर्वहरुमा मौसमिरुपमा तथा नियमित रुपमा स्व. सुकुचा नगरकोटी(महीला), स्व.भोटु पौडेल, स्व.राम नगरकोटी र स्व. श्याम महर्जनले समेत मेरो सेवा तहल गरि सकेका छन् ।
मेरो मन्दिर परिसरमा बाईक पार्किङ्ग गर्न निषेधित गरी सूचना पाटी राख्दा राख्दै पनि केही असभ्य बाईक चालकहरुले मन्दिर परिसरमा अफ्थ्यारो हुने गरी जथाभाबी पार्किङ्ग गर्ने गर्दै आएकाले पार्किङ्ग नगराउन शेयर बाहादुर क्षत्री( डिस्को) [आफन्तले उपेछीत गरी सहोदर मामा ईन्द्र बहादुर क्षत्रीले ले आज भन्दा बिस वर्ष अगादी पाँच वर्षको उमेरमा पूर्व चरिकोटबाट ल्याई रत्नपार्कमा अलपत्रपारी छादिएका तुहुरा]ले सिठ्ठी बजाउँदै मेरो मन्दिर परीसरको रखवाला गरी मेरो सेवा गर्दै आएका छन् ।
मन्दिर पाङ्गणमा   अर्जुन प्रशाद रिमाल ( भागवतरेणु) ले पन्द्र वर्ष देखी आज सम्म निरन्तर रुपमा बार्है माष प्रत्यक एकादसी महात्म्य कथा र चतुरमास महात्म्य कथा वाचन गरी मेरा भक्तजनहरुलाई भक्तीमय कथाको रसस्वाद दिंदै मेरो मन्दिरको स्वभा बढ़ाई आएका छन् । 
त्यस्तै बिगत तिन वर्ष देखी मन्दिर प्राङ्गनमा ॐ बैदिक सनातन धर्म संस्था नेपालले साँझ दैनिक रुपमा खैजडी भजन किर्तन संचालन गरी बृध्दाहरुलाई नचाएर मनोरन्जन तथा आरोग्य लाभ दिई प्रत्यक साँझ मेरो मन्दिर क्षत्रलाई बृध्द बृध्दाहरुको लागि भक्तिमय तथा मनोरन्जनात्मक रमणीय स्थल बनाएका छन् ।
मेरो मन्दिरको ०४६ साल भन्दा अगादीको स्वरुपलाइ जिर्णोद्वार गरी हालको स्वरुपमा ल्याय पछि मन्दिरको संरक्षणको दायित्व बहन गर्न मेरै नामबाट श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था गठन गरी बिधिवत दर्ता भएपछी मेरो भक्त चन्द्र बहादुर थापाले आज सम्म निरन्तर संस्थाको नेत्रुत्व गरी भक्त चन्द्र बहादुर लगायत संस्थाका अन्य पदाधिकारी भक्तहरुले मेरो तथा समाजको सेवा गर्दै आएका छन् । मेरा श्रध्दालु भक्तजनहरुले श्रध्दाका साथ मलाई चढाएका बहुमुल्य गर गहनहरुको सुव्यस्थित गर्न एउटा गर गहनाको छुटै लगत बनाई मेरो गर गहनाको व्यबस्थित गरिदिएका छन् । त्यस्तै बल्खु खोला छेउमा संस्थाले दाताहर्को सहयोगमा आफ्नु छुटै एउटा भवन बनाएर किरियापुत्री बस्ने व्यवस्था गरेर संस्थाले समाज सेवा गर्दै आएका छन् ।
नेपाल आमाका सन्तान थरी थरीका छन् त्यसैले मेरा भक्तजनहरु पनि थरी थरीका छन् । कोहि भक्तजन म लायत देवगणलाई श्रध्दा भक्तिले पुजा गरि सकेपछि फुल प्रशादका लागि मेरा सेवा सुसार गर्ने याने द्य:पाला संग अनुरोध गरि पालाको हात फुल प्रशाद ग्रहण गर्दछन् भने कोहि भक्तजन मेरो शिरमा सजाईराखेको फुल समेत आफैले फुल प्रशादका नाममा लिई आफ्ना शिरमा राखी मेरो श्रध्दा र भक्ती गरेको देखाउन कोसिस गर्छन् । ती भक्तजन यो समेत बिर्सिसकेका हुन्छन् कि देव देबताको फुल प्रशाद पाउको लिने गरिन्छ शिरको होइन भन्ने ।
देब देबताको शिरको फुल प्रशाद लिनु भनेको आफुलाई देब देबताभन्दा ठूलो देखाई अहंता देखाउनु हो । श्रध्दा भक्ती भनेको सिर थादो गरेर हैन सिर निहुरियार गरिछ्न् , सिरको फुल प्रशाद लिनु भनेको देब देबताको अगादि सिर थादो गर्नु एबं देबता भन्दा आफुलाई टूलो भएको दर्साउनु हो । हाम्रो सनातन संस्कारमा मान्यजनको आशीर्वाद सिर निहुरियायर पाऊ छोयर लिईछ्न् मान्यजनको सिरमा आफ्नो हात राखेर हैन ।
कोही भक्तजन मेरो शिरमा नैबेद्य र फलफुल चढाउँ छन् ती भक्तलाई सायद थाहा छैनन् होला मनुष्यलगायत् सवै प्राणीले मात्र हैनन् हामी देब देबताले पनि मुखले नै नैबेद्य तथा भोजन ग्रहन गर्दछन् शिरले हैन । कोही भक्तजन मलाई आरती गरेको बले कै धुप बत्ती मेरै शिरमा राखी दिन्छन् । पाला तथा अन्य भक्तजने देबताको मूर्तिमा त्यसरी धुप बत्ती राख्नु हुन्न भगवालाई पोलिन्छनी भन्दा , थाहा भएन भन्ने ती भक्तको जवाफ हुन्छन् । जस्लाई पुजा गर्न आएको हो, जस्लाई श्रध्दा गर्न आएको हो उस्को शिरमा बति राख्न हुने नहुने भन्ने थाहा नहुने भक्तको श्रध्दा र भक्तीलाई खै के भन्ने ।
कोहि भक्त मेरो मुकुत नै कुचिने गरी दाय्ङ्ग दाय्ङ्ग ताउकोले ठोकेर ढोक्छन् ।
कोही भक्त बाहिर ढोका बाटै दाम(सिक्का) चढाई…... चढाएको के भनौ फ्याकेर अज भनौ सिक्काले हिर्काएर दूर दर्शन गर्छन् । फ्याकेको सिक्काले जो सुकैलाई…. जहाँ सुकै लागोस मतलब राख्दैन वा भनौ कुनै मतलब छैन । त्यो फ्याकेको सिक्काले मलाई वा मेरो देब गणलाई लागेको देख्न सक्ने सूक्ष्म दृष्टि त पक्कै नै छैन … देखेनी ढुङ्गाको मूर्तिलाई त लाग्योनी भगवानलाई नै त लागेको देखेको छैननी भन्ने ती भक्तको मनले भनेका हुन्छन् । दाम राखेर ढोग्नुको अर्थ श्रध्दा र सम्मान गर्नु हो । श्र्ध्दा र सम्मान गर्दा दाम फ्याकेर वा दामले हिर्काएर कुनै श्रध्दा वा सम्मान गरेको मान्न सकिन्न । मनमा श्रध्दा र समान छैनन् भने दाम राखेर ढोग प्रणाम गर्नु को कुनै फल छैन मात्र तामसी बाहेक केही हुन सक्दैन । दाम राखे रै ढोग गर्नु पर्नु पनि आवस्यक छैन । मनमा सोचित र श्रध्दा हुन आवस्यक छ , दाम त भगवानको पाउमा अर्पण गरेर भगवानको सेवा तहल तथा सुसार गर्नेलाई सेवा बापतको मेवा दिनलाई भक्तले व्यवस्था गर्ने हो । भक्तजनहरुमा हेक्का रहोस फ्याके र वा हिर्काएर चढएको हामी देब देबबता मात्र हैनन् मानिसले पनि स्विकार गर्दैन ।
भक्तजनहरुले मलाई मात्र हैन सबै देब देबतालाई पुजा गर्दा अबिर केसरीले हाम्रो मूर्तिमा तिलकका नाममा नदलिदिए नपोतिदिए उत्तम हुने मेरा समस्त भजनहरुमा चेतना होस । किन कि भक्तजहरुले तिलकका नाममा दलेको अबिर केसरिले हाम्रो अनुहार नै बिग्री सकेका छन् ।तिलक लगाउँदा हल्का मात्र लगाई दिए पुग्छ , मूर्तिको जताततै दल्नु आवस्यक छैन यसमा सबै भक्तजनको चेतना होस । पुजा गर्दा अबिर केसरी नै लगायर पुजा गर्नु पर्छ भनेर कुनै धर्म शास्त्रमा लेखेको पनि छैन । धर्मा शास्त्रमा त श्रीखण्ड, रक्तचन्दनको र फुस्रे सिन्दुराले तिलक लगाएर पुजा गर्ने भनेका छन् । अबिर केसरिले तिलक लगाई पुजा गर्ने चलन त श्रीखन्द र चन्दन घोती तिलक बनाउन अल्छी भएका भक्तहरुले श्रीखन्द र चन्दनको बिकल्पका रुपमा ल्याएको हो । श्रीखन्द , रक्तचन्दन र फुस्रे सिन्दुर जति गुन बर्दक छ त्यति नै आजको अबिर केसरी हानिकारक छ । विभिन्न केमिकल मिलाई बनाएका अबिर केसरीले मूर्तीलाई छिया छिया पार्छ मान्छेलाई पनि यसले सुन्दरता र स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । भक्तजहरुले हामीलाई अबिर केसरिको लेप तिलकका नामा लगाउँदै आएका कारणले हाम्रो रुप कुरुप जस्तै भैसकेका छन् । त्यस्तै हाम्रो मूर्तीहरु सबै नै छिया छिया भै सकेको भक्तजनहरुले देखेकै छन् ।
धुप बत्ती बाली अर्पण गर्दा मूर्तिलाई नै छुने गरि अर्पण गर्न हुन्न भने भक्तजनमा चेतना होस । चाड पर्बमा भक्तजनहरुको भिड हुँदा भक्तजनहरुको सुरक्षाका लागि ढोका बाहिर बाटै श्रध्दाले धुप बत्ती बालि अर्पण गरेको श्रध्दा हामी ग्रहण गर्दछौ तर अन्य भक्तजनको असुरक्षा हुने गरी तथा हामीलाई नै पोल्ने गरी आरती गरि अर्पण गरीएका आरती हामी कसरि ग्रहण गर्न सक्छौ , यस्मा भक्तजनहरुमा चेतना होस ।
कोहि भक्तजन पुजा गर्न आउँदा अरुले मलाई तथा मेरा गणहरुलाई चढाएको दाम आफू संगै आएका आफ्ना छोरा छिरीलाई तिप्न लगाउने मात्र हैनन् आफै पनि तिपेर सुटुक्क आफ्नो गोजिमा राखछन् । पुजा गर्न आउने भक्तले नै भेति दछिना गोजिमा हालेर लान्दा मेरा पा:लाले के खानेनी । कोहि भक्तजनले त मलाई नैबदे राख्न राखेको थाली तथा जल चढाउन राखेको कलस तथा अन्य भक्तजनको कलस , करुवा समेत प्रशाद सम्झेर घरलाने गर्छन् ।
भक्तजनहरु मेरो पूजा तथा दर्सन गर्न आउँदा संझनाका लागी भनी मन्दिर भित्र बसेर फोटो खिच्ने गर्दछन् । अन्य मन्दिरहरुमा फोटो खिच्न निषेधित गरीए तापनी मेरो मन्दिरमा फोटो खिच्नमा मेरो संरक्षण गर्दै आएको संस्थाले भने फोटो खिच्न रोक लगाएको छैनन् । मन्दिर भित्र बसेर फोटो खिच्दा हामी देवि देवतालाई पिथ देखाएर याने हाम्रो आगादी बसेर हामीलाई छेकेर फोटो खिचेको राम्रो मान्न सकिन्न । हामीलाई नै छेकेर लिएको फोटोले हाम्रो संझनाको चिनो कसरी हुन सक्छ ? भक्तजन आफैले बिचार गर्नु पर्ने हुन । कोही भक्तजन हामीलाई पिथ देखाउनु हुन्न भनेर हामीलाई दर्सन गरेर फरकन्दा पछादी पछदि बाट जान्छन् । कोहि भक्त हाम्रो अगादी झ्यापै छेकेर पिथ देखाएर फोटो खिच्छन् । आफ्ले मान्नुपर्ने मान्नेजनलाई पिथ देखाएर संझनाको चिनोको लागी फोटो खिच्ने भक्तजनको यो कस्तो संस्कार हो । हाम्रो अगादी बसेर हामी लाई पिथ देखएर बस्नु भनेको हाम्रो मान हैन हाम्रो अपमान हो । यस्मा समस्त भक्तजने हेक्का राखोस् ।


कलियुगको अन्त्य अन्त्यतिर आएकाले मनुवाहरुमा धर्म संस्कार हराउँदै गएका छन् । आफै मात्र खाउँ , आफौ मात्र बाँचौ आफुले गरेका काम कार्य बाट अरुलाई जे जस्तो सुकै असर परोस सरोकार राख्दैनन् । आफ्नु अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुन्न भन्ने हेक्का राख्न छाद्दै गएका छन् ।
आफ्ना कुलायनले मानी आएको धर्म संस्कार अनि त्यसैको गर्भ: बाट यस धरातलमा जन्म लिएर हुर्के र आफ्नु निहित स्वार्थको लागि आफू हुर्कि आएको धर्म संस्कार र कुलले पुज्दै आएको घरमा रहेको देब देबताको मूर्ती तथा तस्बिर खोलानाला र दोबाटो चौबाटोमा फ्याक्दै पराया धर्मलाई अंगालो मार्न जानेहरुको संख्या दिन दिनै बढ्न थालेका छन ।
मति भ्रस्त भै आफ्नु कुल धर्म बाट पलायन भै पर धर्म आंगाले तापनी आफ्नु कुलबाट आएको आफ्नु जातिय परिचय त्याग गरि परिवर्तित धर्म अनुसारको जातिय पहिचान बताउन नसक्नेहरुका कारण तथा धर्म बिलय हुन्दै गएका कारण समेत भक्तजनहरुले श्रध्दा भक्तिका साथ पुज्दै आएको , भक्तजनहरुले मेरो किम्बदन्ती संग गास्दै ल्यायको अनि मेरो मन्दिरकै गहनाका रुपमा रहि आई मलाई छत्र वढाई सितलता दिन्दै आएको पर्यावरण तथा जीवन रक्षामा गहन भूमिका निर्वाह समेत गर्दै आएको देव वृक्ष पिपल मास्नु पर्छ भन्दै आफ्ना स्वार्थ पूर्ती तथ आफ्ना अनुकुलताका लागि मास्न योजना बनाउँदै अगि बधिरहेका छन् भने कोही मेरो मन्दिर सडकमा पर्यो अन्त कतै सार्नु पर्यो भन्दै आवाज र प्रस्ताब राख्दै हिंदेको मेरो दृष्टि बाट गोचर भएका छैनन् ।



सनातन देखि चली आएको धर्म संस्कारलाई चलाउन खोज्नु, - संप्रदाय अनुसारार श्रध्दा भक्ति र विस्वासको आस्था स्थललाई चलाउनु, मास्न खोज्नु भनेको समाज र देशमा अनिस्तता निम्त्याउनु हो । त्यसै त ऋषिहरुको तपो भूमी, शान्तिका अग्रदुत बुद्वको जन्म भूमी हिमखण्ड नेपालमा शान्तिको खदेरि परि रहेका छन् । बिनासकारी महाभूकम्प २०७३ समस्त नेपालीले भोगी सकेका छन् त्यसबाट लागेको घाउको खत अझै पनि भक्तजनहरुको मनमस्तिक बाट निर्मूल हुन सकिरहेको छैन । भौतिक बादले बिकाश संगसंगै बिनास पनि ल्याउछ । धर्म आस्था र बिस्वास तथा अध्यात्मिक बादले अ मन चैन र शान्ती ल्याउंछ । भौतिक वाद र बिकाश संगै सनातन धर्म संस्कार्लाई संर्स्क्षण गर्दै अध्यात्मिकलाई पनि संग संगै लान सक्नु पर्दछ अनि मात्र शान्ती र बिकाश दिगो रहि रहन्छ ।
सबै धर्म सम्प्रदायलाई सम्मान गर्नु पर्दछ । एक धर्म सम्प्रदायले अर्को धर्म सम्प्रदायलाई होच्याउने, अरु धर्म सम्प्रदायका मानिसलाई आफ्नो सम्प्रदायमा ल्याई धर्म परिवर्तन गराउनु हुन्न र यसो गर्नु गलत हो । एकले अर्को धर्मलाई सम्मान गर्दै आ-आफ्नो कुलायन धर्म संस्कार पालना गर्नु सबैको कल्याण हुन्छ । यो सनातन धर्मको मर्म नै हो र यो मानव धर्म पनि हो । एउटै धर्म सम्प्रदाय भित्र पनि स्थान र जात जाती अनुसार फरक फरक रिति रिवाज तथा संस्कृती छन् ।
नेपालभित्रका सनातनीहरुमा बैदिक बिधि अपनाउने र बैदिक- तन्त्र बिधि अपनाउने सनातनिहरु छन । बैदिक बिधी अपनाउने सनातनिहरुको पूजा आजामा खासै अलि बलि पुजा हुन्दैन । तन्त्रबिधी अपनाउने सनातनिहरुको पूजा आजामा अनिबार्य रुपमा अलि बलि पूजा हुन्छ । अलि बलि भन्नाले पूजा गर्दा नैदेद्यमा मध्यमास सहितको समे याने माच्छा , मासु, अन्दा, जाँड रक्सि सहितको समे बजि चधाईन्छ । अग्र पूजा याने गणेषलाई अन्दा( हाँस वा कुखुराको फूल)को बलि दिइ अलि बलि सहित पूजा गर्नु पर्ने पर्म्परा र संस्कृती रहेको छ । बिषेश पूजाहरुमा त राँगा, बोका, भेदा, हाँस र कुखुरा सहित पञ्च बलि पूजा गर्ने गरिन्छ । अधिकांस ब्राम्हण क्षत्रीले बैदिक बिधि अपनाउछ भने नेवार समुदायले तन्त्र बिधी अपनाउने संस्कृती रहेको छ ।
काठमाण्डौ उपत्यकाको समस्त प्राचिन मन्दिरहरु तान्तृक बिधिबाट निर्मित छन् । अनि यहाँ बस्ने अधिकांस रैथाने बासिन्दाहरु नेवार हुन ।यहाँका रैथाने गैर नेवारहरु ब्राम्हण क्षत्री सबै नै नेवार संस्कारमा अभ्यस्त छन् । त्यसैले नेवार समुदायका भक्तजनहरुले नेवार संस्कार अनुसार हामीलाई मध्यमास सहित्को नैबेद्य चधाई अलि बलि सहित पूजा गर्दा अप्थ्यारो मानिन्दैनन् तर बाहिर बाट आई बसोबास गर्ने नयाँ गैर नेवार बासिन्दाहरु अर्थात हाम्रा नयाँ भक्तजनहरु अप्थ्यारो मानी नाँक खुम्च्याउँदै अलि बलि पूजाको बिरोध गर्छन् । त्यस्तै बैष्णबीहरु तान्त्रीक बिधी अनुसार नेवार समुदायले अलि बलि सहित मध्यमास चधाई पूजा हुने हाम्रो मन्दिरहरुमा पूजा तथा दर्शन गर्न आउन हिचकिच्याउँ छन् अर्थात आँत गर्न सक्दैनन त्यसैले ताढैबाट नमन् गरेर जान्छन । सनातन देखी चली आएको परम्परा र संस्कृती अनुसार अलि बलि सहित पूजा हुँदा नांक खुम्च्याउने र बिरोध गर्नु तथा बैष्णबिहरु प्रबेष गर्न हिचकिच्याउनु वा हिमत् नगर्नु धर्म संगत तथा नितिगत रुपमा ठीक छैन र हुन्न पनि । यस विषयमा सबै भक्तजनहरुले मनन् गर्नै पर्दछ । बलि पूजाको बिरोध गर्ने कतिपय भक्तजनह्ररु बगरेको पसल बाट मांस ल्याई आफु खान्छन् अनि सनातन देखी चली आएको बलि पूजाको बिरोध गर्छन् । कुनै भक्तजनको आफ्नु आत्माले बलि पूजा गर्न स्विकार गर्दैनन् भने बलि नदिनु राम्रो हुन्छन् तर अन्य भक्तको आस्था र बिस्वासमा चोत पुग्ने गरि बलि पूजाको बिरोध गर्नु र बाधा अर्चन गरी रोक लगाउनु र नाँक खुम्च्याउनु हुन्न कुनै भक्तले त्यस्तो कार्य गर्छन् भने त्यो गलत हुने छ ।
अलि बलि पूजाको धर्म संस्कार र संस्कृती नभएका मेरा नयाँ भक्तजनहरुले पनि अलि बलि पूजालाई सहजता अपनाउँ दै जानु मेरा सबै भक्तजनहरुका लागी कल्याण हुनेछ ।
मेरा समस्त भक्तजनहरुको जय होस ! कल्यान होस् ! शुभ होस !
सर्व कल्याण मस्तु !!!
" भद्रमस्तु शिवं चास्तु माता: कलङ्की प्रसीदत् ।
रक्षतु त्वां सदा देवी आशिष: सन्तु सर्वदा ।।"


~ प्रस्तुतकर्ता~
प्रकाशमान शिल्पकार

" भद्रंमस्तु शिवं चास्तु माता कलङ्की प्रसीदतु | रक्षन्तुतां सदा देवी अाशिष सन्तु सर्वदाः || "
~~~~~~~~~~~~~~~~~
श्री कलङ्की माताको पहिलो भजन
~~~~~०~~~~~
हे कलङ्की आमा तिम्रो धाम
छोडेर जाउ कहाँ

~ 😒 भक्ती रचना तथा गायन

दुर्गा बुधाथोकी
~~~~~~~~०~~~~~~~~
कालो ….कालो केश तिम्रो
कति सुन्दर मुहार
रुपै छ क्या राम्रो आमा……..
भक्तजनलाई शरणमा लिने
सुन्छौ पूकार हाम्रो आमा …..

हे कलङ्की आमा ……………

जगतका प्राणी भक्ती गर्छन तिमी बुझीदेउ तिमीले भेद भाव छैन सवलाई समान गर्छ
हे आमा तिमीले ...आमा

धुप दिप जलाई फलफूल चढाई
त्यो तिम्रो नाउमा आमा ………
शीर झुकाई गर्दछु प्रणाम तिम्रो पाउमा
हे …….. कलङी आमा ….

हे आमा तिम्रो श्वरुप छ राता तल्कीन्छ तलल
भक्तहरु आई धुप दिप जलाई पार्दछन् … आमा…… पार्दछन् झलनल..कलङ्की आमा …

माग्दछु हर्दम तिम्रै शक्ती ..बदाउदै भक्ती
नस्त गरिदेउ भवको वन्दन
सवलाई गरिदेउ मुक्ती आमा……
हे….कलङ्की आमा ……….
~~~~~~~~०~~~~~


Last edited: 14-Feb-17 04:33 AM
Last edited: 14-Feb-17 05:18 AM
Last edited: 14-Feb-17 08:20 AM
Last edited: 14-Feb-17 09:09 AM
Last edited: 14-Feb-17 09:45 AM
Last edited: 14-Feb-17 05:11 PM
Last edited: 14-Feb-17 05:13 PM

 
Prakashman Shilpakar.
Posted on 02-14-17 5:26 AM     [Snapshot: 3052]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कलह र कलङ्क नासिनी भगवती कलङ्की माता

प्रकाशमान शिल्पकार
प्राचीन कालमा नेपालमण्डलको कान्तिपुर नगर र नगरवासिहरूको सुरक्षाका लागि विराजमान रहनु भएका विभिन्न पीठ तथा शक्ति पीठहरू मध्ये नगरको पश्चिम भेग विष्णुमती पारी हाईत साविक न्हेंपंखाको हाल कलङ्की भन्ने ठाउँमा विराजमान रहनु भएका कलह र कङ्क नासिनी भगवती श्रीकलङ्की माता( श्रीकल्खु बालकुमारी अजिमा )को शक्ति पीठ पनि एक हुन । यो अजिमा अष्टमातृका गण अजिमाहरू मध्यका कुमारी ( बालजुमारी ) हुन । यी शक्तिदायिनी न्हेपंखा( कलङ्की), पुरानो कालीमाटी, रविभवन, सुनारगाउँ, स्यूचाटार र ढुङ्गाअड्डा क्षत्रका वासिन्दाहरूका अधिस्थात्री देवी हुन ।

यो कल्खु अजिमाको पीठ पनि एक शक्ति पीठ नै हो । बुढापाकाहरूको भनाई अनुसार यो शक्ति पीठ पौराणिक कालमा श्रीसतीदेवीको अंग पतन भई उत्पति भएका शक्ति पीठहरू मध्ये यो पनि एक हो । सतीदेवीको कुन अंग यहाँ पतन भएको स्थान हो भन्ने चाहि एकिन छैनन् ।

अष्टमातृकाको कुनै पनि शक्ति पीठमा क्षेत्रपाल र कुमार देवता बाहेक बाह्रजना देव देवीहरू हुने भएको भएतापनि यस अजिमायुक्त कलंकी शक्ति पीठमा भने क्षेत्रपालर कुमार बाहेक पचपन्न देव देवी गणहरूका अमूर्त देव देवीको मूर्तिहरू रहेको देखिन्छन् । यस पीठमा बिराजमा रहनु भएका अमूर्त पचपन्न देव देवीहरूको मूर्ति मध्ये पीठको मूलदेखी कल्खु बालकुमारी अजिमा (कलंकी माई), गणेश, मनकामना, दक्षिणकाली, संकटा, महांकाल तथा भैरबहरू बाहेक अन्य के के देव देवीहरू हुन भन्ने प्रष्ट छैनन ।

श्रीकलङ्की माताको मन्दिर क्षत्रको पूर्व दक्षिणमा मन्दिरलाई छत्रवढाइरहेको अवस्थामा मन्दिरकै गहणाका रुपमा रहेको देव वृक्ष पिपल बोट सहीतको चौरारी छ । यसै चौतारीमा परापूर्वकाकमा श्रीकलङ्की माता आफ्नो लामो यात्रा पछि थकाइ मारेको भन्ने किम्बदन्तिरहेको छ । चौतारी सहितको यश पिपल बोटलाई केही व्यक्तिहरूले काटी सडक बिस्तार गर्न योजना बनाउँदै छन् । त्यस्तै दक्षिण तर्फ शिवलिङ्ग, पारिजातको बृक्ष, सूर्यनारायण,तुलसीको मठ एवं सरस्वती, विश्वरुप, लक्ष्मीणारायण, लगायतको प्रस्तर मूर्ति, अरुणधरि सहित सप्तऋषिका अमूर्त मूर्तिरहेका छन त्यस्तै मन्दिरको पछादि कमल भैरवजीको अमूर्त मूर्तिरहेका छन । न्नागपासले यस मन्दिरको बारेमा थाहा नहुनेहरूले यस मन्दिरलाई नाग मन्दिर भनी भन्ने गरेको पाइन्छ । तर यो नाग मन्दिर नभई अजिमायुक्त कल्खु (कलंकी) शक्ति पीठ हो । यानेकी बालकुमारी देवीको मन्दिर हो ।
करखुसी ( मनमती,कालीमाटीखोला ) र बल्खु खोला ( इन्द्रमती ) को बीचभागमा बिराजमान रहनु भएकी यस देवीलाई श्रध्दाका साथ पूजा अर्चना गरिएमा कलह समाप्त भै घर परीवारमा शान्ति हुने र दुई खोला ( नेवार भाषामा खु याने खुसी ) बीच मध्ये भगमा बिराजमान रहनु भएका कारण यस अजिमाको मौलिक नाम कलह र खु ( कलह =खु = कल्खु ) भै कल्खु अजिमा हुन गएको र यी शक्ति स्वरुपिणी माता कलह नासिनी एवं कलङ्क हरणी साक्षात देवी भएकाले कल्खु बालकुमारीबाट अपभ्रंस हुन्दै कलंखु र कालान्तरमा कलङ्की माइरहन गएको अनुमान गर्न सकिन्छ ।

यस कल्खु अजिमा ( कलंकी माई) र असन केलटोलको बालकुमारी अजिमासँग एवं मध्यपूर थिमीको बालकुमारी अजिमासँग पनि परम्परागत सम्बन्धरहेका विभिन्न किम्बदन्तिहरू पनि यहाँ सुन्न पाइन्छन् । परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्वभेगका मध्यपूर थिमिका केही मानिसहरूबाट यस बालकुमारी अजिमा र अजिमाका गणहरूलाई तन्त्रसाधना गरी स्थानान्तर गरी थिमिमा लाने कार्य गर्दा कारणबश असन केलटोलमा एकरात बास बस्न परेको र बास बसी भोलि पल्ट त्यहाँबाट थिमि जाने क्रममा यस बालकुमारी अजिमाको एक प्रतिविम्ब त्यही बास बसेको ठाउँमा नै शिद्ध भइगएको र अजिमा सहित अन्य देवदेवीहरू थिमिमा लगी प्रतिस्थापन गराई बिराजमान गराइएको किम्बदन्ति सुन्न पाइन्छ । त्यस्तै अर्को किम्बदन्ति अनुसार थिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरू वर्षका एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पूजा गर्न आउने परम्परा रहेको र यहाँ अजिमालाई पुजागरी असन केलटोलस्थित हाल बालकुमारी अजिमारहेको स्थान अगाडि पार्टी भएकोठाउँमा बसी समयबजी खाने परम्परा गरी आएको अवस्थामा एकसाल मानिसहरू (थिमिबाट आउने खलकहरू)बीचमा एउटा के विचार उत्पन्न भएछ भने हामी वर्षमा एक पटक न्हेपंखा पुगी कल्खु बालकुमारीअजिमालाई पुजागरी यसरी यहाँ आई बसी समयबजी खानु पर्छ । किन यहाँ कल्खु बालकुमारी अजिमाको प्रति विम्बको रुपमा एक बालकुमारी अजिमा प्रतिस्थापन नगर्ने भन्ने विचार उत्पन्न भई सो विचारमाथि सबैले सहमति जनाई तन्त्र विधा पुरा गरी एक बालकुमारी त्यही प्रतिस्थापना गरी समयबजी एक भाग (द्यःब्वः) चढाई समयबजी खाने परम्परा चलाएका थिए भन्ने किम्बदन्ति सुन्न पाइन्छन् । सायद त्यही किम्बदन्तिकै आधारमा न्हेपंखा कलंकीमा यस कल्खु बालकुमारी अजिमालाई केलटोलको बालकुमारीको आमा भन्ने गरेको पनि एदाकदा सुन्नमा पाइन्छन् ।त्यस्तै असनमा बिराजमान अजिमालाई श्रीमालाकारले यसस्थानमा ल्यायको भन्ने पनि किम्बदन्ती छ ।त्यस्तै यसशक्ति पीठमा पहिला पहिला बीचित्र बीचित्र दृष्यहरू पनि हेर्न देख्न पाएको भन्ने स्थानीय वासिन्दाहरूको भनाई पाइन्छ्न । जस्तै-मध्यरातमा मन्दिर भित्र बालिकाहरू खेलिरहेको देख्नु, सेतो घोडा मन्दिर परिक्रमा गर्न आएको द्र्ख्नु तथा मब्दिर भित्र सेतो खरायो लागायतका बीचित्र दृष्य देखिनु आदि ।

यस कलङ्की शक्ति पीठमा न्हेंपंखाका अधिकारी परीवारले वार्षिक गुठी पूजा संचालन गरी आफ्नो कुलदेवी सरह नै मानी आएका छन । त्यस्तै सुनार गाउँका सुनार परीवार, कीर्तिपुरका केही सार्की परीवारहरूले आ-आफ्नो कुलदेवीका रुपमा मानी आएका छन । गोरखाका तीनसय अमगाइ घर परीवारले पनि यसै कलङ्की देवीलाई गोरखामा प्रति स्थापना गरी कुलदेवीका रुपमा पूजा गरिन्दै आएका छन भने अन्य स्थानीय हिन्दू र बुद्विस्थहरूले आ-आफ्नै तवरले दैनिक तथा वार्षिक क्षमा पूजा लगायत गुठी पूजा समेत गरी पञ्चबली लगायत पूजा गर्दै आएका छन । टेबहाका बेखा मालाकारजीले जानकारी दिनु भए अनुसार श्रीपचली भैरबको १२ वर्षे जात्राको भद्रकाली नाच नचाउन सर्वप्रथम यहाँ आइ यस कल्खु बालकुमारीलाई तान्त्रिक विधिबाट पूजा गरी अजिमालाई लागेर तान्त्रिक विधि पुर्याउनु पर्ने परम्परा रहेको भन्ने भनाई देखिन्छ ।

काठमाण्डौ महानगरको १४ नं वडा भित्र पर्ने यस शक्ति पीठ २०४६ सालमा जीर्णोद्वार गरी मन्दिर र मन्दिर परिसर सर सजावट गर्नु पूर्व यस मन्दिरको स्वरुप अहिलेको जस्तो थिएन । मन्दिरको रेखदेख तथा अजिमाको सेवा सुसार समेत गर्दै आउनु भएका तथा कलङ्की मन्दिर संर क्षण तथा समाज सुधार संस्थाका आजीवन शदश्य श्रीमचाजाजी महर्जनको भनाइ अनुसार शक्ति पीठ साक्षात शक्तिस्वरुप देविस्थल हुन्दा हुन्दै पनि उपेक्षित र संरक्षण रहित सडकभन्दा छ फिट तल खेतमा रहेको सानू कुवा स्वरुपको अवस्थामा खोबिल्टोको रुपमा देखिन्थियो । त्यस्तै मन्दिरको उत्तर सडक पारी हाल इन्द्र बहादुर शाक्यजीको घरसँगै एउटा इनार र त्यससँगै हात्ती आकारको बज्रबाट निर्मित कलात्मक सानो पानी राख्ने विशेष भाँडो थियो । सो भाँडोमा बतुवा लगायत स्थानियहरूले इनार वाट पानी झिकेर भर्ने गर्थियो अनि सोही भाडोबाट भक्तजनहरूले पानी झिकेर कलङ्की मातालाई जल अभिषेक ( चढाउने ) गर्ने गर्दथियो । कलङ्की मातासँग धार्मिकरुपमा सम्बन्ध रहेको उक्त हात्ती आकारको कलात्मक पानी राख्ने भाँडो सडक बिस्तारमा परि नस्त भएको भन्ने भनाइ छ ।

१९६४ सालमा डिठ्ठा मान बहादुर अधिकारीबाट चढाएको ढलोटका सिंहको दुई मूर्ति, बाइस धार्निको काँचको ठूलो घण्टा, मन्दिर भित्रै काठको खट राखी व्यवस्था गरी राखिएका पितलका बत्ती बाल्ने अरचालिस गोटा ठूलो (दियो) ड्ल्लु समेत अघिनै चोरी भैसकेकाले दाताका नयाँ पुस्ता गोपाल अधिकारीले समेतको प्रयासमा ०५० सालमा नयाँ घण्टाको राखिएकोमा सो घण्टा चर्किएकाले ०७१ सालमा पुन: नयाँ घण्टाको व्यवस्था गरी पुर्खाको कीर्तिलालाई जीवन्त गरी दिएका छन ।

२०५४ सालबाट यस शक्ति पेठको संरक्ष्णका संम्पूर्ण दायित्व बहन गर्न श्रीकलंङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था बिधिवत दर्ता गरी जिम्मा लिएर संस्थाले मन्दिरको संरक्षण मात्र गरेका छैनन बल्खु खोलाको किनारममा एउटा आफ्नै भवन बनाई किरिया पुत्री बस्नेहरूका लागि कोथाको व्यव्स्था गरी संस्थाको नाम अनुसार काम पनि गरी सर्हानीय काम गरेका छन । श्रीकलङ्की मातालाई श्रर्द्वालु भक्तजनहरूले चढाएका बहुमूल्य गरगहणाहरूको छुट्टै लगत बनाई पारदसि र सु व्यवस्थित गरेका छन ।

अष्टमातृका लगायत शक्ति पीठसँग अति संम्बब्ध रहेको यस श्रीकलंकी मन्दिरकै गहनाकौ रुपमा रहिआई श्रध्दालु भक्तजनहरूले पुज्दै आइरहेको अनि कलङ्की माताको किम्बदन्तीसँग समेत जोडिएको देव वृक्ष पिपल बोट काटी मासी सडक बिस्तारको कार्ययोजना गरी भक्तजनहर्को आस्था र विश्वासमामाथि चोट पुर्याउने कार्ययोजना बनाइएको अवस्थामा त्यस्ता योजनाहरू पुनरावलोकन गरी सनातन धर्म, संस्कृति, मठ, मन्दिर लगायत धार्मिक आस्था र विश्वासको संरक्षण गर्नै पर्ने विषयमा राज्यलागायत आम नेपालीको दायित्व नै छ भन्ने तर्फ सबैले मन गर्नु उपयुक्त नै हुनेछ ।

- प्रकाश मानशिल्पकार
Last edited: 14-Feb-17 07:54 PM

 
Posted on 02-15-17 4:42 PM     [Snapshot: 3430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@xekin - Pictures are good , my 2 cents - you also have to hand some control factor to the end user. I cannot roll back to a nice looking picture and see it again, I just have to freaking stare at all the pictures being thrown at my face, and I closed the site in 4.5 sec, will never open again.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Tired of nepali attitude
"टी पी एस" अत्यन्त जरुरी
Nepal TPS action committee
DV banda hos ani student ley paos
Moving back to Nepal is a hard choice, and a very personal one
Anyone questioning vaccines are getting banned
Do nepalese really need TPS?
REQUEST TO NEPALESE RESIDENCE IN NORTHERN CALIFORNIA... UNITY4NEPAL
Why you can't trust the vaccines 100%
टि.पी.एस. को बारे खुशीको खबर
K diyo ta USA LE sathi haru hami lai ..
Amway Work and benefit
Do anyone know about this? Spouse case
Housing Recommendations: Silver Springs / Hyattsville / Lanham
गौतम बुद्ध अन्तराट्रीए रन्ङ्साला निजी कि सरकारी ?
Investing in Land in Nepal..worth it?
Affordable hotel in kathmandu????
37 lies Americans tell themselves to avoid confronting reality
What does established doctor say about vaccination?
Build the Wall-MAGA
Why you can't trust the vaccines 100%
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters