केही चर्चित मधेशी पहाडी जोडी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केही चर्चित मधेशी पहाडी जोडी सुरेशकुमार यादव       मधेस आन्दोलनपछि आएका परिवर्तनले मधेसी र पहाडीबीचको सम्बन्धमा केही तिक्तता ल्याएपनि मधेसका केही ‘टप लिडर’ हरूले मधेस आन्दोनलअघि नै पहाडी समुदायसँग विशेष सम्बन्ध स्थापित गरीसक्नु भएको थियो । मधेसमा भएको शान्तिपूर्ण र सशस्त्र आन्दोलनले मधेसबाट थुप्रै पहाडी समुदायहरू विस्थापित भएपनि त्यसले त्यो ‘विशेष सम्बन्ध’ अर्थात वैवाहिक सम्बन्धमा कुनै असर पारेको छैन् । मधेसवादी तथा अन्य दलका स्थापित नेताहरूले मधेसको राजनीति गरेपनि पहाडी समुदायकी महिलासँग विहे गरेर राष्ट्रिय एकता तथा विभेदपूर्ण राष्ट्रको सन्देश दिनुभएको छ । जतिजना मधेसी नेताहरूले पहाडी समुदायकी महिलासँग विहे गर्नुभएको छ ती सबैले मन पराएर नै गरेका छन् । मधेसको सँस्कृति अनुसार छोरा वा छोरी विवाह गर्न लायक भएपछि केटा पक्षबाट केटीको घरमा वा केटीको पक्षबाट केटाको घरमा अभिभावकहरूले हेर्न जान्छन् र विवाहका सबै कुराहरू मिलाएर अनुसार नै विहे हुन्छन् । केटी वा केटाले एकअर्कालाई हेर्ने आवश्यक पनि हुँदैन तर यी मधेसी नेताहरूले अभिभावकलाई जानकारी नै नदिइकन आफूले मन पराएर विहे गरेका छन् । यसरी पहाडी महिलासँग विहे गर्नेहरूमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश गुप्ता, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, महासचिव जितेन्द्र देव, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रृदयेश त्रिपाठी, अर्का उपाध्यक्ष बृषेशचन्द्र लाल र महामन्त्री सवेन्द्रनाथ शुक्ला, नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का अध्यक्ष सरिता गिरी रहनु भएको छ । ह्रदयेश त्रिपाठी बाहेक विवाह गर्नुअघि मधेसवादी दलमा कोही पनि सहभागि थिएन । त्यसैगरी एमाओवादीका पोलिट ब्यूरो सदस्य विश्वनाथ साह, केन्द्रीय सदस्यहरू रामकुमार शर्मा र एमालेका केन्द्रीय सदस्य वंशीधर मिश्र, माले (संयुक्त) गणेश साहले पनि पहाडी समुदायकी महिलासँग विहे गर्नुभएको छ । source: http://www.gorkhapatra.org.np/...  यी मधेसी नेताहरू मध्ये एकआध बाहेक सबैले पहाडी महिलासँग प्रेम विवाह नै गर्नुभएको छ । कतिले पार्टीको काममा खटिएको बेला भेटघाटको क्रममा प्रेम हुँदा, कतिले पढ्दा पढ्दै कोही पढाउँदा पढाउँदै, कतिले बाटोघाटोमा चिनजानले प्रेम गरेर विवाह गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट राजनीति सुरू गर्नुभएका मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश गुप्ताले मोरङ्ग उर्लावारीका सरस्वती पुरीसँग २०४५ सालमा विहे गर्नुभयो । काठमाडौमा नेविसङ्घको केन्द्रीय राजनीतिमा सक्रिय गुप्ताले राजनीतिकै क्रममा पुरीलाई मन पराउनु भएको थियो । मोरङबाट विद्यार्थी राजनीतिमा सक्रिय भएर राजधानीको पदम् कन्या क्याम्पसमा पढ्दा पनि पुरी विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो र सोही सक्रियताको कारण गुप्ताले पुरीलाई मन पराउनु भएको थियो । दुईजना बीचमा भएको प्रेमका चर्चा अरू साथीहरूमा पनि हुन थाल्यो र अन्ततः साथीहरूको सक्रियतामा नै गुप्ता र पुरी बीच विहे भयो । दुईजनाको विवाहप्रति गुप्ता परिवारका सदस्यहरू खुशी थिएन । हुनत गुप्ताका काकाका छोराले पनि पहाडी महिलासँग विहे गर्नुभएको कारणले परिवारमा त्यस कुरालाई मिसाउन धेरै समय लागेन ।   गुप्ता मधेसको राजनीतिमा लागेपछि पुरीले त्यसको बारेमा कहिले कुनै गुनासो गरिनन् । बरू यस प्रकारको अधिकारको लडाईका कारण अरू समुदायहरू अधिकारबाट बन्चित रहनु हुँदैन भने उहाँको ठम्याई छ ।   वामपन्थी आन्दोलनबाट राजनीति शुरू गर्नुभएका लोकतान्त्रिक फोरमका महासचिव जितेन्द्र देव नेवार थरकी सन्ध्यासँग विवाह गर्नुभएको छ । दुवैजना विद्यार्थीकालमा वामपन्थी राजनीतिमा सक्रिय रहनु भएको बेला दुवैजनाबीच प्रेम भएको थियो । पुराना वामपन्थी नेता विष्णु मानन्धरका भान्जी सन्ध्यासँग २०४२ सालमा नयाँ वर्षको उपलक्ष्य पारेर भद्रकाली मन्दिरमा विहे गर्नुएको थियो । विहे भएको केहीदिनमै १० महिनाको लागि नेता देवलाई जेल बस्नु परेको थियो ।  देव जेलमा गएपछि नव विवाहिता सन्ध्यामा कुनै किसिमको विचलन आएन र उहाँ नियमित रूपमा जितेन्द्र देवलाई भेट्नका लागि जेलमा जानु हुन्थ्यो । विद्यार्थी जीवनमा राजनीति गर्नुभएका सन्ध्या समाजशास्त्र र अर्थशास्त्रमा एमए गर्नुभएको छ ।  काँग्रेसबाट राजनीति सुरू गर्नुभएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले युवा अवस्थामा नेवार समुदायकी निर्मलासँग विवाह गर्नुृभएको छ । प्रेमको अवस्थामा नै राजनीति बन्दीको रूपमा गच्छदार जेल पर्नुभएको थियो । गच्छदार जेल परेपछि प्रेममा लठिएका निर्मला निकै छट्पटिनु भएको थियो र गच्छदारलाई जेलसम्म पनि भेट्न जानु हुन्थ्यो । दुईजना बीच जेलमा निरन्तर भेटको बारेमा निर्मलाको परिवारले जानकारी पाइसकेका थिए र त्यसपछि निर्मलालाई भेटघाट गर्नका लागि बन्देज गराइएको थियो । त्यसकारणले गच्छदार पनि जेलमा निकै छटपटिनु भएको थियो । गच्छदार जेलबाट रिहाई हुने बित्तिकै निर्मलासँग विवाह गर्नुभएको थियो । काँग्रेस छाडेर मधेस आन्दोलनमा सक्रिय भएका गच्छदारबारे निर्मलाको कुनै प्रकारको गुनासो छैन ।   शुरूदेखि मधेस आन्दोलनमा सक्रिय तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि पहाडी समुदायकी शोभा कँडेलसँग विहे गर्नुभएको छ । राजनीतिकै क्रममा त्रिपाठीले आफ्नो सहकर्मीको डेरामा आउने जाने गर्दा शोभासँग चिनजान भएको थियो । उहाँ निकट एक नेताले भने शोभाको घरमा एक नेता बस्थे त्यही नेता कहाँ त्रिपाठी जी आउँदा जाँदा शोभासँग नजर मिलेको थियो र त्यो पछि गएर प्रेममा परिणत भएको थियो । त्यसबेला त्रिपाठी र शोभाको प्रेमको चर्चा पार्टी भित्र निकै चलेको थियो र चर्चै चर्चाको बीचमा सो प्रेम २०४२ सालमा विवाहमा परिणत भएको थियो ।   नेपाल सद्भावना पार्टी (आ.) कि अध्यक्ष सरिता गिरीले पहाडी समुदायका लक्ष्मण गिरीसँग विहे गर्नुभएको छ । भारतकी सरिता गिरीले तुलसी गिरीको भतिजो लक्ष्मणसँग मागि विवाह गर्नुभएको छ ।   एमाओवादीका पोलिट ब्यूरो सदस्य एवं शान्ति तथा पुनः निर्माणमन्त्री विश्वनाथ साहले पनि तनहुँकी सीता पोखरेलसँग प्रगतिशील विवाह गर्नुभएको छ । तत्कालिन जनमोर्चाको पार्टी कार्यक्रममा हिँड्दा सीतासँग चिनजान भएको थियो । त्यो चिनजान प्रेममा परिणत भएपछि यसको चर्चा पार्टीमा चल्न थालेको थियो । सविधानसभाका सदस्य रहेकी सीता पोखरेलसँग विश्वनाथ साहको विवाह नेता लिलामणि पोखरेल र वामपन्थी लेखक श्याम श्रेष्ठको उपस्थितिमा भएको थियो । माओवादीबाट मधेसको राजनीतिमा र पछि पुनः माओवादीमा फर्किनु भएका नेता रामकुमार शर्मा पनि पहाडी समुदायकी इन्दुसँग विहे गर्नुभएको छ । नेता शर्मा जागिरमै हुँदा इन्दुको घरमा आउने जाने काम गर्नुहुन्थ्यो र त्यही आउने जाने क्रममा इन्दुसँग उहाँको चिनजान भयो । रामकुमारलाई पहिलादेखि नै जातिय र वर्गीय आन्दोलनमा सहयोग पुग्ला भनेर अन्तरजातीय विवाह गर्ने सोच बनाएका थिए । इन्दुसँग चिनजान भएपछि नेता शर्माले विहे गर्नुभएको थियो । नेता शर्माले इन्दुसँग विहे गर्दा घरमा आमाबुवाले त्यसलाई स्वीकार गर्नुभएको थिएन पछि सहज हुँदै गएपछि घरका मान्छेले स्वीकार गरे त्यसपछि राजनीति अवस्थाका कारण भारतको प्रवासमा बस्ने अवस्था सृजना भयो ।   अर्का एमाओवादी नेता एवं पत्रकार रामरिझन यादव पनि पहाडी समुदायकी महिलासँग विहे गर्नुभएको छ । नेता रामरिझन यादवले मोरङ्को महेन्द्र मोरङ्ग क्याम्पसमा अध्यापन गराउँदा सोही क्याम्पसमा पढ्दै गरेकी लक्ष्मी अधिकारीसँग यादवको प्रेम भएको थियो र पछि सोही प्रेम विवाहमा परिणत भयो ।   एमालेका नेता वंशीधर मिश्रले पनि पहाडी समुदायकी दुर्गा खड्कासँग विवाह गर्नुभएको छ । नेता मिश्र शिक्षण अस्पतालमा एमविविएस पढ्दा त्यही स्टाफ नर्स पढिरहनु भएकी दुर्गसँग मिश्रको चिनजान भएको थियो । सो प्रेमलाई दुबैजनामध्ये कसैको परिवारले पनि स्वीकार गरेको थिएन  । प्रेमको बाधक उहाँहरूको परिवार भएपछि मिश्रले दुर्गासँग २०४४ सालमा विहे गर्नुभएको थियो । विहे गरेपछि उहाँहरूले छ महिनासम्म परिवारबाट टाढा बस्नुभएको थियो ।   नेपाल कम्यूनिष्ट पार्टी (संयुक्त) का नेता गणेश साह पनि पहाडी समुदायकी महिला कल्याणी साह (शर्मा) सँग विवाह गर्नुभएको छ । नेता गणेश साहले अस्कल क्याम्पसबाट साइन्स र कल्याणीले त्रि–चन्द्रबाट आइकम पढी थप अध्ययनका लागि मास्को विश्वविद्यालयमा पढ्न जानु भएको थियो । काठमाडाँैमा पढ्दा दुवैजना बीचमा चिनजान थिएन । मास्कोमा अध्ययनरत रहँदा कार्यक्रमहरूमा भेट्घाट हुँदा दुुवैजनामा प्रेम भएको थियो । प्रेमपछि दुवैजनाले विवाह गर्नुभयो । विवाह भएपछि पनि उहाँहरूको घरपरिवारले स्वीकार गरेका थिएन, पछि उतै कल्याणीले बच्चा जन्मिएपछि बल्ल उहाँका परिवारको मन पग्लियो र उहाँहरूलाई स्विकार गर्न बाध्य भएको थियो ।

_____ · Jun 28, 2011 11:30 AM · 9,050 views

4 Replies

Lau aba...madhesi chicks haru le Vote nahalne bhaye Madhesi leader haru lai......Goro chaala dekhe pachi kaalo madhise ko pani raal chuiyecha....lol ...Madhes ko lagi bhanera jatisukai politics gare pani....goro maal dhekhi pachi....sabai birsya jasto cha ploitics...madhesi daju bhai haru le.... Ki chai...sojha sajha madishe haru lai pahade lai pittna pathaune...aafu chai ramra ramra pahade keti sanga ...lop garne....lol ..Sayad....Dead madishe le living pahede lai becha bhaneko yehi hola... lol Last edited: 28-Jun-11 12:48 PM

sidster · Jun 28, 2011 12:40 PM

Last edited: 28-Jun-11 07:44 PM

kainlabaje · Jun 28, 2011 7:43 PM

Last edited: 30-Jun-11 07:41 PM

bhainkiri · Jun 30, 2011 7:34 PM

माओवादीमा विवाह समाज विदीर्ण बनाउँदै मोदनाथ प्रश्रित                                    नेकपा (माले)को भूमिगत सङ्गठनकाल (२०३५-०४६)मा पार्टीकै व्यवस्थापनमा थुप्रै नेता-कार्यकर्ताको जनवादी विवाह भएको सम्झ्ना मेरो मानसपटलमा ताजै छ। ती विवाह सजातीय, अन्तरजातीय र असमान वर्गबीच भएका थिए। पार्टीको केन्द्रीय नेतृत्वमै सीपी मैनाली-सीता खड्का, झ्लनाथ खनाल-रवि चित्रकार, ईश्वर पोखरेल-मीरा ध्वजु, केपी ली-राधा शाक्य, अमृत बोहोरा-अष्टलक्ष्मी शाक्य, वामदेव गौतम-तुलसा मगर, अशोक राई-सुशीला श्रेष्ठ, शङ्कर पोखरेल-सुजिता शाक्य, गोपाल शाक्य-शारदा कोइराला, रणध्वज लिम्बू-सीता पुन मगर आदिको अन्तरजातीय विवाह भएको थियो। अञ्चल र जिल्लास्तरमा पनि भूमिगत र खुला रूपमा यस्ता थुप्रै विवाह भए, अहिले पनि हुँदै छन्। एकाध अपवादबाहेक ती सबै विवाह सफल र मर्यादित बनेका छन्। मनमोहन अधिकारी र साधना प्रधानबाट शुरु भएको अन्तर्जातीय विवाह परम्परालाई एमालेले सफलतासाथ अघि बढायो। यसरी खुला वा भूमिगत रूपमा माले, एमालेसहित अरू कम्युनिष्ट पार्टीका अन्तरजातीय र असमान वर्गीय विवाहहरू सार्थक हुँदै आएको पृष्ठभूमिमा आफूलाई अझ् क्रान्तिकारी ठान्ने नेकपा माओवादी पार्टीभित्र युद्धकालका क्रान्तिकारी विवाह भने विवाहको नाममा कलङ्क हुँदैछन्। यस्तो किन भयो? यसका वस्तुगत, मनोगत र व्यावहारिक कारणहरूको विवेचनाले हाम्रो समाजको जातीय र सांस्कृतिक विभेदमा द्वन्द्वको राजनीतिक पाठ बुझन-बुझाउन सहयोग पुग्नेछ। विलासी मनोवृत्तिको परिणाम नेकपा माले र एमालेको नेतृत्वले भूमिगत र खुला दुवै अवस्थामा आफ्ना नेता-कार्यकर्ताको विवाह गराउँदा सकभर परिवारसँग समेत छलफल गरेर सबै दृष्टिबाट परिपक्व सहमति बनाउथ्यो, बनाउछ। समान मानवीय मर्यादाको आधारमा यसखालका अनेक विवाह (दलित-गैरदलित जोडीका समेत)को संयोजन, परिचालन र विकासमा मैले पनि केही पहल गरेको छु। किनभने, हाम्रो बहुजातीय, वर्णवादी र विषम समाजका रुढी तथा अन्धविश्वास घटाउन यस्तो अभियान आवश्यक थियो, छ। माओवादीको समयमा आइपुग्दा भने पार्टीले गराएका धेरैजसो विवाह सम्बन्धबिच्छेदको मुद्दामा पुगेर अड्किएको देख्न थालिएको छ। पुरुष कार्यकर्ताहरूमा गुपचुप वा खुला रूपमै दोस्रो विवाह गर्ने फेसन चलेको छ। माओवादीको चिन्तनमा रहेको उग्रवाद, व्यवहारमा रहेको अराजकता, सैद्धान्तिक प्रशिक्षणमा रहेको न्यूनता र बहुजातीय नेपाली समाजको जटिलतालाई बल प्रयोगबाट समाधान गर्न खोज्ने मनोविज्ञान यसो हुनुका प्रमुख कारणहरू हुन्। दक्षिणएसियाको बहुजातीय जटिलता, हजारौं वर्षदेखि त्यसले निर्माण गर्दै आएको वर्णवादी सङ्कीर्ण संस्कार (छुवाछूत प्रथा) संसारका अरू महादेशमा नभएको नितान्त भिन्न सांस्कृतिक समस्या हो। आर्य, मङ्गोल, आष्ट्रिक र द्रविड समुदायका रुप, रंग, रीति, थिति, चिन्तन, संस्कार र परम्पराको लामो द्वन्द्व छ, एसियामा। शिक्षा, ज्ञान, चेतना, जागरण आदिको माध्यमबाट समाज परिवर्तन गर्ने महावीर जैन र बुद्धका समयदेखिको अभियान विश्वभरि छरिँदासम्म पनि दक्षिणएसियामा यो जटिलता उस्तै छ। खुर्पा, खुकुरी, बम, बन्दूक र सैन्य बलबाट यो समस्याको समाधान खोज्नु मूर्खता सिवाय केही होइन। तर, माओवादीले यो जटिलतालाई चिर्न जनै-टुप्पीमा कैंची चलायो, पण्डित-पुरोहितको मुखमा जाँड-मासु कोचिदियो। मन्दिर-मूर्ति भत्कायो, संस्कृतका शिक्षकमाथि गोली चलायो। सैनिक आदेशबाट दलित-गैर-दलित, धनी-गरिब र भौगोलिक रूपमा टाढाका किशोर-किशोरीबीच बिहेबारी गरायो। पार्टीको सेना र बन्दूकको हैकम चलेका बेला यी कृत्यहरूलाई सबैले स्वीकारे जस्तो पनि देखियो। तर, समस्या समाधानका लागि अपनाइएका ती मूर्खतापूर्ण हर्कतहरूले त्योभन्दा डरलाग्दा जटिलता पैदा गरेका छन्, जसबाट माओवादी मात्र हैन पूरा नेपाली समाज विदीर्ण हुनुपर्नेछ। संसारमा जहाँ पनि सैनिक र कैदीहरूको यौन समस्या स्वभावतः निकै जटिल विषय रहँदै आएको छ। त्यसले जन्माएका बलात्कार र समलिङ्गी सम्बन्धका घटना चर्चामा आइरहन्छन्। पश्चिमी सभ्यताका कतिपय देशले सैनिकहरूलाई सुरक्षित वेश्यागमनको छुट दिएका छन्। चीन, कोरिया अतिक्रमण र त्यसपछि दोस्रो विश्वयुद्धताका पनि जापानी सेनाले चीन, कोरिया तथा दक्षिणपूर्वी एसियाली देशहरूका लाखौं महिलालाई यौनदासी बनाएकोमा जापानले अहिले पनि औपचारिक क्षमायाचना गरिरहनुपरेको छ। सेनामा मात्र हैन, यो समस्या साधु, महन्त, पादरी र भिक्षुहरूमा पनि रहेको बेला-बेला सार्वजनिक हुने यौन काण्डहरूले देखाउँछन्। माओवादी पार्टी र त्यसको सैनिक संरचना भूमिगत रहेको बेला नेता र तिनका छोराछोरीहरूले सङ्गठनभित्रै विवाह गर्न थाले। पुरुष र महिला सैनिकलाई नजिक पारेर राखेको र खासखास अगुवालाई सुरक्षित यौन सम्बन्धको छुट दिइएको चर्चा उतिबेलै पनि चल्ने गरेको थियो। र, आफूलाई अनुकूल नहुँदाका बेला वा नभएका व्यक्तिसँग रिसइबी साँध्नका लागि नेतृत्वले तीसँग सम्बन्धित यौनकाण्ड उचालेर कारबाहीहरू पनि भएका छन्। जनयुद्धको अवधि लम्बिँदै गएपछि कतिपयलाई पार्टीले विवाह गरिदियो। कतिले आफूलाई मनपरेकी महिला सहकर्मीलाई विवाह गर्न पार्टीमा निवेदन हालेर अनुमति लिए। विवाहलाई विलासको रूपमा बुझेकाले हुनसक्छ, पार्टी नेतृत्वले दलित र गैर-दलितबीच पनि हतपते विवाह चलाउँदै गयो। यसरी दोहोरो हार्दिकता र सुविचारित योजना विना बनेका परिवारहरूमा पार्टी खुला हुनासाथ असन्तुष्टि बढ्नु अस्वाभाविक भएन। सङ्गठन र सङ्घर्षको क्रममा सर्वहारा वर्गको भनिएको पार्टी खुला भएपछि भूमिगतकालमा सञ्चित गरेको राशी र सत्तासीन भएर कमाएको धनले एमाओवादीभित्रै वर्गीय असमानता चुलिएको छ। नाइके-नेता र गैर-जिम्मेवार मनोवृत्तिका कार्यकर्ताहरू भूमिगतकालमा स्वार्थवश गरेको विवाह बन्धन तोडेर रुप, धन, कुल, वर्ग समेत मिलाएर पुनर्विवाह गर्न उद्यत भएका छन्। त्यसबाट आमा बनेका माओवादी महिलाहरूलाई बिचल्लीमा पारिएको छ। यस्तो धोकाघडी र अभावका बीच संभवतः तिनीहरूको आक्रोश बढ्दो छ। एमाओवादीमा जातीय भन्दा वर्गीय र वर्णगत (जातभात-छुवाछूत) समस्याले बढी विवाह भत्केको हुनुपर्छ। भूमिगतकालमा धन बटुलेका तलका कतिपय कार्यकर्ताको चुरीफुरी र खुला भएपछि मन्त्री, सभासद् भएका वा अन्य राजनीतिक नियुक्ति पाएकाहरूको विलासी जीवन अहिलेको एमाओवादीमा हेर्नलायक छ। यस्तो स्थितिमा विवाह सम्बन्ध तोडिएर आँसुमा डुब्नेहरूको सङ्ख्या बढ्छ नै। एमाओवादी नेताहरूको जीवनशैली अत्यन्त विलासपूर्ण बनेको सबैले देखेकै छौं। राजधानी बाहिर हवाईजहाज नबस्ने जिल्ला जानुपर्‍यो भने हेलिकोप्टर भन्दा तलको यात्रा कम हुँदै गएको छ। सर्वहारा पार्टीको बैठकलाई रिसोर्टबाट तारे होटलतिर सार्न थालिएको छ। एमाओवादीको अस्थिर, चालबाज र विलासी नेतृत्वले पार्टीभित्र विवाह विघटन जस्तै अरू के-के समस्या उत्पादन गर्छ, देख्न धेरै पर्खनुपर्ने छैन। खुला वा भूमिगत रूपमा माले, एमालेसहित अरू कम्युनिष्ट पार्टीका अन्तरजातीय र असमान वर्गीय विवाहहरू सार्थक हुँदै आएको पृष्ठभूमिमा आफूलाई अझ क्रान्तिकारी ठान्ने नेकपा माओवादी पार्टीभित्र युद्धकालका क्रान्तिकारी विवाह भने विवाहको नाममा कलंक हुँदैछन्।

_____ · Jul 1, 2011 10:23 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion